
विद्रोही
नेपालगन्ज, ९ भाद्र – जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको अनियमिततापूर्ण कार्यबाट सर्वसाधारण अनाहक रुपमा दुःख पाउने गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका ८ नं. वडा रानी तलाउ तरकारी मण्डी बस्ने जाबिर शेष शनिबार बर्दियामा लसुन खरीद गर्न भाडामा आफ्नो गाडी त्यहाँ लगेका थिए । आईतबार नेपालगन्जबाट भाडाको गाडी लैजाने क्रममा नजानेर गाडीको अगाडी सीटमा ३ जना व्यक्ति बसि दिए । बर्दियाको भादा पुलमा गाडी पुग्दा त्यहाँ तैनाथ ट्राफिक प्रहरी कार्यालयले गाडी चालकसँग ५००।– रु. जरिवाना र पकेट खर्च १००।– रु असुली गरेको कुरा जानकारीमा आएको छ ।
भे. १८ २०७६ नं. को जिपसँग अतिरिक्त १०० रुपैया असुली ट्राफिक प्रहरीले गरेको तर सो दिन मंगलबार रहेपनि मिति ६ गते आईतबार काटिएको जरिवाना रसीदमा देखिएको छ ।
ट्राफिक प्रहरी कार्यालय बर्दियाले ३ जना व्यक्ति गाडीको सिट अगाडी बसेकोमा जरिवाना ५ सय लिनु वैद्य छ तर अगाडीको सीटमा २ जना भन्दा बढी व्यक्ति बस्न मिल्दैन भन्ने किसिमको जानकारी कहिल्यै कसैलाई गराएको देखिंदैन । यसरी निहुँ राखी सर्वसाधारणहरुसँग जि. ट्राफिक प्रहरी कार्यालय बर्दियाले रकम असुली गरी रहेको देखिन्छ । मंगलबार बर्दिया सीमामा नेपालगन्जबाट जीप प्रवेश गरेको इन्ट्री छ तर जरिवाना रसीद आईतबारको मितिमा काट्नु पर्ने रहस्य बारे सर्वसाधारणले बुझ्न भने सकेको छैन ।
ट्राफिक प्रहरी कार्यालयको नियम अनुसार एक पटक जरिवाना तिरी सकेपछि सो सवारी साधन दिनभरी ट्राफिक नियमको उल्लघंन गरी कहि पनि डुल्न पाउँछ । यसकारण एक पटक सवारी साधनको जरिवाना कटाए पछि विभिन्न सवारी साधनहरु जानी–जानी २ जनाभन्दा बढी व्यक्ति बस्न लगाउने र जरिवाना तिरी सकेपछि ५÷५, ६÷६ जना सवारीलाई बोक्ने प्रचलन बढ्दै गएको छ । दिनभरी त्यो सवारी साधन चलेपनि दोस्रो पटक जरिवाना तिर्नु पर्ने प्रावधान भने छैन ।