ग्रीन सिटीको पाइलट प्रोजेक्ट : किसानलाई तालिम शुरु
खजुरा, १० चैत – बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम शुरु भएको छ । कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तरगत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो । थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दीगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ ।व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपति वीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको छ भने खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिकलगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको छ ।
त्यसपश्चात पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानला...









