Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

निलसागर आश्रमले पितृमुक्तिका लागि महायज्ञ आयोजना गर्ने

निलसागर आश्रमले पितृमुक्तिका लागि महायज्ञ आयोजना गर्ने

CoVid19, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र – मानव सेवामा समर्पित निलसागर आश्रमले कोभिड–१९ का बेला मृतकहरुको लागि पितृमुक्ति महायज्ञको आयोजना गर्ने भएको छ ।नेपालगन्जको रामलिला मैदानमा आयोजना गरिने उक्त महायज्ञ निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एवम् कोभिड पितृमुक्ति, श्रीमद्भागवत, धनबृर्दि, ज्ञानविज्ञान महायज्ञको आयोजना हुने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निलसागरद्वारा जनाईएको छ । नेपालगन्ज बुलबुलिया स्थिति निलसागर सेवा आश्रमको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ यही चैत २७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने ह“ुदा सम्पूर्णलाई सहभागी भई कथा श्रावण गरिदिनु हुन आश्रम संस्थापक सञ्चालक सरिता खनालले आग्रह गर्नुभयो । महायज्ञले विशेष गरी कोभिड–१९ बाट मृतकको परिवारका लागि पितृमुक्ति १ हजार ८ कोटि होवन गरी विशेष पुजा ग...
क्यूएफएक्स फिल्म हलको मिलेमतोमा मोटरसाईकल चोरी !

क्यूएफएक्स फिल्म हलको मिलेमतोमा मोटरसाईकल चोरी !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ चैत्र – क्यूएफएक्स फिल्म हलको मिलेमतोमा मोटरसाईकल चोरीको घटनामा बढोत्तरी भएको छ । चैत्र १४ गतेका दिन भारत रुपैडिहा मालगोदाम रोड बस्ने रमजान अली न्यूरोड, सहिद सेतुविक चोक नजिक सञ्चालित रहेको फिल्म हलमा आरआर फिल्म हेर्न पुगेका थिए । त्यस बेला अलीले क्यूएफएक्समा सञ्चालित मोटरसाईकल पार्किङलाई ३० रुपैया शुल्क जमा गरेका थिए । मधु भण्डारीबाट सञ्चालित पार्किङ सञ्चालनमा रहेको टिकटमा सि नम्बर ७२६८ रहेको छ । उक्त सिबि होण्डा साईन १२५ सिसिको कालो रंगको मोटरसाईकल पार्किङ स्थलबाट नै चोरी भयो ।मोटरसाईकल पार्किङमा कार्यरत कर्मचारीले हामी पार्किङ शुल्क बुझेकोले तपाईको मोटरसाईकल सुरक्षित छ केही हानीनोक्सानी भएको खण्डमा क्षतिपूर्ति व्यहोर्ने छौ भने तर अहिले मोटरसाईकल चोरी भएपछि भण्डारीबाट सञ्चालित पार्किङ स्टैण्ड यस चोरी घटनाबाट पन्छिएको छ ।यसरी यो चोरीको घटना क्यूएफएक्स फिल्म हलको मिलेम...
भारतद्वारा श्रीलंकालाई स्वास्थ्यमा सहयोग

भारतद्वारा श्रीलंकालाई स्वास्थ्यमा सहयोग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नयाँ दिल्ली । गहिरिदो आर्थिक संकटका बीच श्रीलंकामा औषधि अभाव भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार औषधिको अभावमा पूर्वनिर्धारित शल्यक्रियाहरू प्रभावित भएका छन् । श्रीलंकामा ठूला सामुदायीक अस्पतालमध्येको एक पेरादेनिया शिक्षण अस्पतालले औषधि अभावका कारण आकस्मिक शल्यक्रियाहरूमात्रै गर्ने निर्णय गरेको छ । अन्य अस्पतालमा पनि औषधिको अभाव देखिएका बेला भारतले सहयोगको हात अगाडि बढाएको छ । श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन् । उनले औषधि अभावमा कसरी सहयोग गर्न सकिन्छ भनेर कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेसँग परामर्श गरेका छन् । कोभिड १९ महामारीमा पनि दक्षिण एसियाली मुलुकमा खोप सहयोग गरेको भारतले अहिले श्रीलंकामा चिनियाँ ऋणले अर्थतन्त्रमा प्रभाव पर्दा आएको संकटको सामना गर्न मानवीयता...
खजुरामा समूहले महिलामा ल्याएको परिवर्तन

खजुरामा समूहले महिलामा ल्याएको परिवर्तन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ११ चैत्र – एक वर्ष अघिसम्म खजुरा ६ की बालकुमार विक आफ्नो घरायसी काम गर्थिन । गाउँमा हुने कार्यक्रममा जाँदा एउटा गृहणी महिलाको प्रतिनिधित्व गरेर जाने गर्थिन तर, अहिले भने उनको पहिचान फरक बनेको छ । गत वर्ष खजुरा गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन समूहमा आवद्ध गदाराउँदा उनको पहिचान मात्र बदलिएन आँट अठोस र भरोसा पनि बढेको छ । पहिला कसैसंग बोल्न पनि लाज मान्ने उनी अहिले निर्धक्क आफ्ना र समुदायका महिलाका कुरा राख्न त सक्छिन नै विभिन्न कार्यक्रममा मञ्चमा गएर भाषण पनि मज्जाले गर्छिन । शुक्रबार खजुरा ६ मा आयोजित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सहकारी सदस्यता अभिवृद्धि अभियानमा उनले समूहको तर्फबाट आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भनिन् समूहमा बसेपछि बचत गर्ने बानी, अरुलाई सहयोग गर्ने नयाँ तथा सकारात्मक सोच र जाँगर बढेर आएको छ । खजुरा गाउँपालिकाद्व...
चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित, कन्टेनर व्यवसायी मारमा

चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित, कन्टेनर व्यवसायी मारमा

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
रसुवा, ११ चैत्र – २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफनै गाडीमा सामान ल्याइदिने गरेको छ । दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्थ्यौ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन्, बैकको किस्ता पनि तिर्न नसक्ने अवस्था छ, ऋण खोजेर तिर्नुपरेको छ,’ उनले भने, ‘अहिले त ड्राइभरलाई तलब दिन नसक्ने अवस्था छ, किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैकले तानेको छ ।’ रसुवागढी न...
श्रीलंकालाई ऋणमा डुबाएर निर्मम बन्यो चीन

श्रीलंकालाई ऋणमा डुबाएर निर्मम बन्यो चीन

आर्थिक, प्रदेश ५, विदेश, समाचार
काठमाण्डौ, ११ चैत्र – चिनियाँ ऋणले अर्थतन्त्र नै टाट पल्टिने अवस्थामा पुगेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । सुरुमा अनुदान दिएजस्तो गरेर ऋणको चंगुलमा पार्ने र पछि गएर सामान्य सहयोग पनि नगरेर अहसयोग गर्ने नीति श्रीलंकामा देखिएको छ । नेपालमा पनि एमसीसी अनुदान रोकेर बीआरआईका नाममा ऋणको भारी बोकाउन प्रयासरत रहेका बेला श्रीलंकाको बेहाल अवस्था बाहिर आएको हो । श्रीलंकाले कोरोना महामारीले अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न चीनलाई आग्रह गरेको थियो । श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेका थिए । तर यसलाई अस्वीकार गरेको हङ्कङ पोष्टले जनाएको छ । यद्यपि चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई ...
चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’

चीनले निर्यातमा गरेको प्रतिबन्धबारे नेपाल बोल्न सक्नुपर्छ’ ‘ऋण लिँदा प्राथमिकता निर्धारण गर्नुपर्छ’

आर्थिक, प्रदेश ५, राजनीति
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विजयकान्त कर्ण डेनमार्कका लागि पूर्वनेपाली राजदूत हुन्। राजनीति र कूटनीति क्षेत्रमा खरो विश्लेषण गर्ने कर्णसँग आसन्न चिनियाँ विदेश मन्त्रीको भ्रमण, नेपाल-चीन सम्बन्ध र नेपालले उठाउँनुपर्ने विषयमा गरिएको कुराकानी। सहकर्मी लक्ष्मण फुयालले गरेको कुराकानीको सम्पादित अंश : चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणलाई कसरी हेर्नुभएको छ ? भ्रमणलाई मैलै सकारात्मक रुपमा हेरेको छु। नेपाल र चीन छिमेकी देश हुन। यस सन्दर्भमा त्यहाँ वरिष्ठ नेताको र मन्त्रीको भ्रमण नेपालको लागि राम्रो हो। यो भ्रमण जुन सन्दर्भ र अवस्था हुन गइरहेको छ त्यो आफैमा महत्वपूर्ण छ। केही दिनदेखि नेपाल र चीनको सम्बन्धमा केही समस्या देखिएका छन्। नेपालले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको बारेमा चिनियाँ नेताहरू र चिनिया...
चीनका कारण वीर अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा

चीनका कारण वीर अस्पताल बनाउन सकिएन : मन्त्री खतिवडा

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ चैत्र –स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण भक्तपुरमा हालसम्म पनि वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलबार चाँगुनारायण नगरपालिका–१ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागिपरेको भएपनि विभिन्न कारणले चीन सरकारको सहयोग नपाएका कारण हालसम्म अस्पताल निर्माण हुन नसकेको बताएका हुन् । फोटोः गुगल चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणका बेलामा यो विषयलाई एजेण्डामा राखेर छलफल हुने र निर्माणका लागि चिनियाँ सरकारलाई सहमति गराउने प्रयास गर्ने पनि उनले बताए । उनले भने, ‘चीनले गर्छु भनेको आँटमा हामीले यो अगाडि सारेका हौँ । सत्य कुरो के हो भन्दा चीनले दिन्छ भन्ने आँट र आशमा हामीले यसलाई अगाडि बढायौँ । विभिन्न कारणले डिस्टर्ब भयो । कोरोना आएर डिस्टर्...
नेपाल–भारत तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न

नेपाल–भारत तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ चैत्र – नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा तेस्रो उद्यमशीलता सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत चैत ९ गते सो सम्मेलन आयोजना गरेको थियो । भारत र नेपालका उद्यमशील प्रतिभाहरूलाई जोड्ने उद्देश्यबाट यो सम्मेलनको आयोजना गरिएको दूतावासद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरू र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न कार्य यो सम्मेलनले गरेको विज्ञप्त...
इन्द्रपुर स्थित शुक्ला जर्नल स्टोरमा चोरी

इन्द्रपुर स्थित शुक्ला जर्नल स्टोरमा चोरी

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, ११ चैत्र - जानकी गाउँपालिकाको वडा नं ३ इन्द्रपुर स्थित शुक्ला जर्नल स्टोर विहिबार राति चोरी भएको छ । स्टाेर सञ्चालक शुक्लाका अनुसार आज विहिबार राति करिब १२ बजेदेखि ४ बजेबीच टिनको सटर काटेर चोरहरुले चोरी गरेको शंका रहेकाे बताएका छन् । दुकानमा रहेका विभिन्न सामग्रीहरू तोड फोड गरी १ लाख भन्दा बढिको सामान चोरी गरेर लागेका छन् । आज बिहान उठेर राजेशकुमार शुक्लाले दुकान खोल्ने क्रममा दुकानको हालत देखेर चकित भएकाे बताउँदै चाेरी घटना बारे स्थानिय प्रहरीलाई जानकारी गराइएकाे जनाए ।...