Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

डुडुवामा जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

डुडुवामा जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १ फागुन - डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सम्पुर्ण जेष्ठ नागरिहरुलाई न्यानो सामाग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो । जेष्ठ नागरिकसंगै अपांगङ्ता भएकाहरुलाई पनि आज आईतबार सामाजिक सुरक्षा भत्ता र न्यानो सामाग्री वितरण गरिएको छ । वार्ड नं. २ र ३ का पुर्ण अशक्त र अति अशक्त अपांगता भएका (क) र (ख) वर्गका अपांङता भएका १ सय ७ जनालाई न्यानो सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले अहिलेसम्म दुई हजार ६ सय ३ जनालाई न्यानो सामाग्री वितरण गरिसकेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चोधरीले बताउनुभयो । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरिएको हो । गाउँ...
जानकीमा १५ शैय्या अस्पतालकाे शिलान्यास

जानकीमा १५ शैय्या अस्पतालकाे शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २८ माघ - बाँकेको जानकी गाउँपालिकामा १५ शैय्याको सुविधा सम्पन्न अस्पतालको आज शुक्रबार विशेष कार्यक्रम सहित शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतम र जानकी गाउँपालिकाका कार्यवहाक अध्यक्ष भुमिसरा धितालले संयुक्त रुपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी बोलकबोलमा हिम सगरमाथा र अनक निर्माण सेवाले संयुक्त रुपमा ११ करोड ४४ लाख १ हजार १३२ रुपैयामा सो भवन निर्माणको सम्झौता गरेका छन् । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ हालको गाउँपालिका रहेको स्थानमा सो भवन निर्माण गर्न लागिएको हो । हरेक नागरिकलाई सुलभ र निशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकोले यस अस्पताल निर्माण पश्चात यस क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा पाउने सभासद गौतमको भनाइ रहेको छ । जानकी गाउँपालिकामा अधिकांश मधेसी र मुस्लिम समुदायको ब...
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितको झटारोः “आफूलाई खुंखार कम्युनिस्ट भन्नेहरूले चाइनालाई कति तल गिराएको ?”

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितको झटारोः “आफूलाई खुंखार कम्युनिस्ट भन्नेहरूले चाइनालाई कति तल गिराएको ?”

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २१ माघ - नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले आफूलाई खुंखार कम्युनिस्ट देखाउनलाई एमसीसीको विरोध गरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अगुवा डा. दीक्षितले भने, “हाम्रो मुलुकको ढुकुटी टाट पल्टेको छ । कोभिडको खोप ल्याउन धौधौ परेको छ । अब तीन तहको चुनावमा कति खर्च हुने हो ? यस्तो अवस्थामा चाइनिज वा अमेरिकन ब्लकको कुरा गर्ने नै होइन ।” डा. दीक्षितले अमेरिकाले दिने भनेको ५ सय मिलियन डलर विशुद्ध अनुदान भएकाले त्यसमा नाइँनास्ति गर्न नहुने औंल्याए । उनले थपे, “यो कुनै ऋण होइन । चीनले बीआरआईका नाममा दिने भनेको चाहिँ बरु ऋण हो । आफूलाई खुंखार कम्युनिस्ट देखाउन चाहनेले यति कुरा बुझ्नुपर्दैन र ?” चाइनाले उठ् भने उठ्ने, बस् भने बस्ने हाम्रा नेताहरुको कस्तो सार्वभौमसत्ता हो भनेर उनले प्रश्न गरे । उन...
अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ माघ - नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा केयर नेपाल, एक्सन एड नेपाल, मर्सीकोर र बि–ग्रुपद्वारा सञ्चालित शीत लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा सामग्री वितरण गरिएको छ । आईतवारदेखि सुरु भएको सो खाद्यान्न तथा न्यानो कपडा वितरण कार्यक्रममा पहिलो दिन वडा नं. १, ४ र वडा नं. ११ का २५ जना अति विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । सो कार्यक्रम अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको शीत लहरबाट  प्रभावित अति विपन्न १ सय ७० धरधुरीले भौचर मार्फत रु १३,५०० बराबरको खाद्यान्न तथा न्यानो कपडा सामाग्री प्राप्त गर्ने छन् साथै ४० जना गर्भवती र सुत्केरी महिलाले रु.२००० बराबरको पोषण खाद्यान्न प्राप्त गर्ने छन् । नेपालगन्ज उपमहानगरपालिका भित्रका अति विपन्न परिवारहरुल...
अति विपन्न १५० जना बृद्धबृद्धालाई कम्मल वितरण

अति विपन्न १५० जना बृद्धबृद्धालाई कम्मल वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - चिसो र शितलहरबाट अत्याधिक प्रभावित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका १३३ र नेपालगन्जका १७ जना अति विपन्न परिवारका बृद्ध बृद्धालाई बाँके युनेस्को क्लबले कम्मल वितरण गरेको छ । नेपाल युनेस्को क्लबहरुको राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष दिपक सरकारको सहकार्यमा प्राप्त भएका कम्मलहरुलाई बाँके युनेस्को क्लबले गेरुवा गाउँपालिका र बर्दिया युनेस्को क्लब टपराको समन्वयमा वितरण गरिएको हो । गेरुवा गाउँपालिकामा ९० जना, राजापुर नगरपालिकामा ४३ जना र नेपालगन्जका १७ जना अतिविपन्न बृद्धबृद्धालाई कम्मल वितरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । शनिवार बर्दियाको गेरुवा र राजापुरमा आयोजित कार्यक्रममा युनेस्को आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारी, युनेस्को आयोगका सदस्य हरिबंश किरात, युनेस्को आयोगका सदस्य तथा युनेस्को क्लब महास...
नेपाल शिवसेनाबाट मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग

नेपाल शिवसेनाबाट मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ – नेपाल शिवसेना केन्द्रीय समितिले मधेश मिडिया मिसन नेपाललाई विभिन्न सर–सामान सहयोग गरेको छ ।शनिबार धम्बोझी कारका“दो स्थित आफ्नो कार्यालयमा नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारले एक कार्यक्रम बीच मधेश मिडिया मिसन नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठीलाई १ थान टेबुल र ५ थान प्लाष्टिकको कुर्ची हस्तान्तरण गरेका छन् ।सरसामान हस्तान्तरण गर्दै शिवसेना नेता राजकुमारले ‘मधेश मिडिया मिसन नेपाल विगत लामो समयदेखि मधेशको धर्म संस्कृति, भाषा, सभ्यताको संरक्षण गर्ने कार्य गर्दै आएकोले यो मधेशको हक हितमा कार्य गर्ने एक मात्र संस्था रहेको बुझेर हामीले केही सानो सर–सामान अहिले सहयोग गरेका छौं, यस्तो सहयोग अगामी दिनमा थप गर्दै जाने भन्नुभयो ।’ त्यस्तै शिवसेना नेता मदनराज शर्माले– ‘मधेश मिडिया मिसन विशेषकर अवधी भाषाको विकासको लागि उल्लेखनीय कार्य गरेको छ । ...
बिपन्नलाई सामुहिक आवास

बिपन्नलाई सामुहिक आवास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ माघ- खजुरा गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएका २१ घर सामूहिक आवासको उद्घाटन गरिएको छ । १ करोड ७६ लाख लागतमा निर्माण भएका सामूहिक आवासको नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मूख्य मन्त्री शंकर पोख्रेलले एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । खजुरा गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएका सामूहिक आवासमा खजुरा क्षेत्रकै अतिविपन्न परिवार बस्न थालेका छन् । २१ वटा घर मध्ये गत वर्ष निर्माण भएका १६ घरमा विपन्न परिवार बस्न थालेका हुन । सामूहिक आवासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिब पोखेरलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाउनु भएको छ । चुनाव टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताउदै पाँच दलिय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिचकिचाएको बताउनुभयो । जनताको वीचमा जान गठबन्धन सरकार डराइरहेकाले वर्तम...
डुडुवामा २२७० जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

डुडुवामा २२७० जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १४ माघ – डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत आज शुक्रबारसम्म २ हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको हो ।गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल (व्लान्केट), च्यवनप्राश र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो । आज शुक्रबार ६७ जना गरि कुल २ हजार २ सय ७० जनालाई वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताउनुभयो । गाउँपालिकाले गाउँ समुदायबाटै जेष्ठ नागरिकहरुलाई सवारी साधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । घरबाट ल्याएर नेपालगन्जका ज्योती विकास बैंक, एनसीसी बैंक र मेगा बैंकमार्फत दुई जना कर्मचारी खटाएर आर्थिक वर्ष २०७८÷०७९ को पहिलोे त्रेमासिक साउनदेखि असोजसम...
कोरोना संक्रमण फैलिन थालेपछि सन्त मनजीत सिंह खालसाबाट निर्माण भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य रुक्यो

कोरोना संक्रमण फैलिन थालेपछि सन्त मनजीत सिंह खालसाबाट निर्माण भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य रुक्यो

अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ९ माघ – विगत २ वर्षदेखि फैलिएको कोरोना संक्रमण अब तेस्रो पटक डेल्टा र ओमिक्रोन भेरियन्टको कोरोना फैलिन थालेपछि बाँकेको सिक्खनपुर्वामा अमेरिका बस्ने प्रख्यात सन्त मनजीत सिंहले निर्माण गराउनु भएको गुरुद्वारा र स्कूलको उद्घाटन कार्य केही महिनाको लागि रुकेको छ ।बाँकेको सिक्खनपुर्वामा अमेरिकाको क्यालिफोर्निया राज्य बस्ने सिख समुदायका सन्त बाबा मनजीत सिंह खालसाले करोडौं लागतमा गुरुद्वारा र स्कूल निर्माण गराउनु भएको छ । निर्माण भएको स्कूल हाइस्कूलसम्मको लागि निर्माण भएको छ तर केही महिनापछि ५ कक्षासम्मको स्कूल सञ्चालन हुनेछ यो स्कूल महाराजा रणजीत सिंहकी कान्छी श्रीमति महारानी जिन्द कौरको नाममा निर्माण गरिएको छ । महाराजा रणजीत सिंहको शासन वर्र्र्र्तमान पाकिस्तानको लाहौरसम्म थियो । उहाँले मुगलहरुसँग थुप्रै युद्ध गरी वैदिक सनातन धर्मको रक्षा गर्नु भएको थियो । भारतमा इष्ट इ...
युनियन इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

युनियन इन्स्योरेन्सद्वारा न्यानो कपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ माघ - पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सामाजिक सेवामा समेत अग्रसर हुँदै आएको पाइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का अतिविपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई न्यानो कपडा वितरण कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले सामाजिक सेवामा अग्रसर भएको देखिन्छ । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ मा रहेका अति विपन्न तथा प्राकृतिक प्रकोपबाट पिडितलाई जाडोमा न्यानो कपडा वितरण गरीएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक विमल ढकालले जानकारी गराए । इन्स्योरेन्स कम्पनीका बरिष्ठ गोल्ड स्टार एजेन्सि म्यानेजर एवं कार्यक्रम संयोजक ढकालका अनुसार नेपालगन्जमा न्यानो कपडा स्वरुप करिव ४७ जनालाई कम्बल वितरण गरीएको जनाकारी गराउँदै खजुरा तथा बर्दियामा समेत राहत वितरणको कार्यक्रम रहेको जानकारी दिए । २०७८ सालक...