Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

कम्दिमा जैबिक चौतारी

कम्दिमा जैबिक चौतारी

आर्थिक, आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० चैत्र – बास नेपालले जैबिक चौतारी कार्यक्रम चैत्र २९ गते सम्पन्न गरेको छ । डिभिजन बन कार्यालयको सहयोगमा बास नेपालले सो कार्यक्रम कम्दिमा सम्पन्न गरेको हो ।कार्यक्रममा जैबिक बिबिधता, सवाल, बन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा डिभिजन बन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेशबहादुर खड्काले बन संरक्षणका सवालमा नेपाल बिश्वमै अगाडी रहेको उल्लेख गर्दै बन संरक्षणका सवालमा स्थानीयहरुको अग्रसरता महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिति कम्दिका अध्यक्ष लबराज खरेलले सामुदायिक बनहरुमा चोरी तस्करी, शिकारी व्यापक रुपमा हुने गरेको, बन हेरालुहरु जोखिममा रहेको, आगलागीका घटनाहरु बढेर गएको बताएका थिए ।कार्यक्रममा ईलम परियोजनाकी लक्ष्मी चौधरीले परियोजना बारे जानकारी गराएकि थिईन् । ...
महायज्ञको तयारी अन्तिम चरणमा

महायज्ञको तयारी अन्तिम चरणमा

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ चैत्र - बाँके नेपालगन्जको रामलिला मैदानमा कोभिड-१९ पितृमुक्ति श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यश महायज्ञ सम्पन्न आवश्यक पर्ने मन्डप निर्माण, प्रचार प्रसारलगायतका कामहरु करिव ६० प्रतिशत सकिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ । महायज्ञ र तयारीका बारेमा केही दिन अगाडि आयोजक निलसागरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त महायज्ञबाट उठेको रकमले सडक आश्रित बुवा आमा तथा बालबालिका लागि निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एव कोभिड पितृमुक्ति, श्रीमद्भागवत , धनबृर्दि, ज्ञानविज्ञान महायज्ञ नेपालगन्जको रामलिला मैदानमा यहि चैत २७ गतेदखखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने भएको छ । महायज्ञले विशेषगरी कोभिड १९ बाट मृतकको पितृमुक्तिको १ हजार ८ कोटि होवनगरी विशेष पुजागरि प्र...
डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

डुडुवाका सबै नागरिकको स्वास्थ्य विमा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २५ चैत्र – बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य विमा गर्न शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत हरेक नागरिकको विमा गरि बढीमा दुई लाखसम्मको उपचार सेवा प्रदान गरिने छ ।प्रति परिवार रु ७०० का दरले परिवारिक संख्याका आधारमा विमा गरिनेछ । गाउँपालिकाले लिएको लक्ष्य अनुसार हाल ५० प्रतिशत गाउँपालिकाले सहयोग गर्ने र ५० प्रतिशत रकम स्वयम् विमाकर्तालाई बुझाउनु पर्ने डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । प्रति परिवारले एक वर्षमा रु २० हजार बराबरको निशुल्क औषधी उपचार सेवा पाउनेछ । विमाका लागि डुडुवा वार्ड नं १ देखि ६ वडासम्म ६ जनालाई विमा सहायकमार्फत नागरिकहरुको विवरण संकलन गरि विमा गर्नका लागि ति कर्मचारीलाई इन्ड्रोवइट मोबाइल सेट, झोला तथा स्टेश्नरीका सामाग्री हस्तान्तरण गरिएको छ ।सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अ...
भारत सरकारको आर्थिक अनुदान सहयोगमा विद्यालय भवनको शिलान्यास

भारत सरकारको आर्थिक अनुदान सहयोगमा विद्यालय भवनको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
उदयपुर, २५ चैत्र – भारत सरकारको आर्थिक अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ। सो विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेरु ३ करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो । त्यस्तै श्री बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ भने विद्यालयमा हाल ११०० विद्यार्थीहरु अध्ययनरत छन् जसमा करिब ७०% छात्राहरु रहेका छन् । भारत र नेपा...
“रु पे” ले नेपाल–भारत बीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कको आँकलन

“रु पे” ले नेपाल–भारत बीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कको आँकलन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ चैत्र – भारतको विश्वव्यापी कार्ड प्रणाली “रु पे” लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र ब्याङ्कका एक अधिकारीले बताएका छन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा ‘रु पे’ नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन्। भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने ‘रु पे’ विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको ब्याङ्किङ कार्ड हो। भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन्।नेपालमा ” रु पे” कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ,” मोदीले ट्विट गर्दै भनेका छन्। सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करि...
नेपालमा बिजुलीको बजार व्यवस्थापन सहज पार्न भारतसँग सहकार्य

नेपालमा बिजुलीको बजार व्यवस्थापन सहज पार्न भारतसँग सहकार्य

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ चैत्र – हिउँदयाममा बिजुलीको आन्तरिक उत्पादन घटेका बेला यसपटक नेपालले भारतबाट प्रतियुनिट ३८ रुपैयाँसम्म महँगोमा बिजुली किन्ने निर्णय लियो । रुस–युक्रेन युद्धको कारण कोइलाको अभाव हुँदा भारतमा बिजुलीको अभाव चर्किएर एक्कासी मूल्य बढेको थियो । प्रतियुनिट ३८ रुपैयाँ तिर्न तयार हुँदा पनि बिजुली नपाएको भन्दै प्राधिकरणले उद्योगहरुमा ‘फोर्स लोडसेडिङ’ गर्‍यो । हिउँ पग्लिएर नदीमा पानीको सतह बढेपछि आन्तरिक उत्पादन बढेकाले उद्योगमा लोडसेडिङ नगरिएको दावी गरेको छ । तर, उद्योगीहरु भने प्राधिकरणको कुरा मान्न तयार छैनन्, विजुली कटौतीले उत्पादनमै असर गरेको भन्दै उनीहरुले प्राधिकरणसँग लोडसेडिङको तालिका मागेका छन् । यही बेला ३८ रुपैयाँसम्म महंगोमा भारतबाट बिजुली किनेको भन्दै प्रतिपक्षी दलका नेताले प्राधिकरणको कार्यशैली र नियतमाथि प्रश्न उठाइरहेका छन् । (हाम्रो पाना)...
चिनियाँ टोली नफर्किए पछि दैलेख मा पेट्रोलियम अन्वेषण को काम अलपत्र

चिनियाँ टोली नफर्किए पछि दैलेख मा पेट्रोलियम अन्वेषण को काम अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दैलेख, २५ चैत्र – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण काम सक्ने गरी चिनियाँ टोली नेपाल आउन ढिलाइ भएको छ । कोरोना महामहारीका कारण चीन सरकारले विदेश भ्रमणमा गरेको कडाइका कारण चिनियाँ प्राविधिक नेपाल आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बास्कोटा अब निर्धारित कार्यतालिका संशोधन हुने बताउँछन् । ‘अप्रिल सम्म चिनियाँ प्राविधिक अन्वेषणको काम सक्न आइपुग्छन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘कार्यतालिका केही विस्तार गरेर काम सकाउँछौं ।’ २०७७ चैत १९ मा चिनियाँ प्राविधिक तथा विज्ञ टोली आउने तय भएको थियो । तर, कोरोना महामारीको कारण चिनियाँ टोली नेपाल फर्किन सकेन ।अब चिनियाँ टोली आएर गर्ने अन्तिम चरणको अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन सम्भावनाको टुंगो लाग्ने हो । अन्तिम चरणमा हुने ड्रिलिङ लगायतको कामपछि स्थानीय क्षेत्रमा कति पेट्रोलियम भण...
भारतको सहयोग श्रीलंकाको आर्थिक संकटमा

भारतको सहयोग श्रीलंकाको आर्थिक संकटमा

आर्थिक, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ चैत्र – आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ । भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् । श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।...
प्रधानमन्त्रीको भारत भ्रमणका यी हुन् उपलब्धी र भरोसा

प्रधानमन्त्रीको भारत भ्रमणका यी हुन् उपलब्धी र भरोसा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ चैत्र – वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत-नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रु’ का रुपमा पनि व्याख्या गरेका छन् । यदि कार्यान्वयनमा आउन सक्यो भने यो सहमति हाम्रा लागि सार्क फ्रेमवर्क र बिम्स्टेकको घोषणाभन्दा पनि माथिल्लोस्तरको छ । नेपालले अब बजार केन्द्रित भई निर्धक्क रुपमा बिजुली उत्पादन गर्न सक्नेछ भने बिजुली व्यापारका लागि नेपाललाई यसले मार्ग प्रशस्त गरेबाट यस क्षेत्रमा लगानीक...
चौतर्फी असहयोग भएपछी मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन धर्मशालामा ताला लगाउन साथ

चौतर्फी असहयोग भएपछी मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन धर्मशालामा ताला लगाउन साथ

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौं, २५ चैत्र – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपाल भारत मैत्री पशुपति धर्मशालामा ताला लगाउन गरेको अर्को प्रयास समेत असफल हुने भएको छ । मन्त्रीले २५ गते शुक्रबार धर्मशालामा ताला लगाउन आफुलाई सहयोग गरिदिन धर्मशाला रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ८ लाई गरेको अनुरोधमा वडा ले साथ नदिने भएपछी उनको योजना अप्ठयारोमा परेको हो । शुक्रबार विहान १० बजे पशुपति धर्मशालामा सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि पशुपति क्षेत्र विकास को ष मार्फत वडा कार्यालयलाई पत्र लेखिएको छ । उक्त पत्रमा भनिएको छ, ‘होटल आनन्द प्रालि र कोषबीचको करार रद्द र भंग भइसकेको अबस्थामा आफ्नो स्वातित्वमा रहेको भवन, लिगल गापात र सो स्थानमा रहेका सामानहरु कोषको नियन्त्रणमा धर्मशाला निरन्तर सञ्चालन गर्न पर्ने भइ देहायको मिति समय र स्थानमा समानहरु...