
नेपालगन्ज, १८ चैत्र – क्यूएफएक्स फिल्म हलको मिलेमतोमा मोटरसाईकल चोरीको घटनामा बढोत्तरी भएको छ । चैत्र १४ गतेका दिन भारत रुपैडिहा मालगोदाम रोड बस्ने रमजान अली न्यूरोड, सहिद सेतुविक चोक नजिक सञ्चालित रहेको फिल्म हलमा आरआर फिल्म हेर्न पुगेका थिए ।

त्यस बेला अलीले क्यूएफएक्समा सञ्चालित मोटरसाईकल पार्किङलाई ३० रुपैया शुल्क जमा गरेका थिए । मधु भण्डारीबाट सञ्चालित पार्किङ सञ्चालनमा रहेको टिकटमा सि नम्बर ७२६८ रहेको छ । उक्त सिबि होण्डा साईन १२५ सिसिको कालो रंगको मोटरसाईकल पार्किङ स्थलबाट नै चोरी भयो ।
मोटरसाईकल पार्किङमा कार्यरत कर्मचारीले हामी पार्किङ शुल्क बुझेकोले तपाईको मोटरसाईकल सुरक्षित छ केही हानीनोक्सानी भएको खण्डमा क्षतिपूर्ति व्यहोर्ने छौ भने तर अहिले मोटरसाईकल चोरी भएपछि भण्डारीबाट सञ्चालित पार्किङ स्टैण्ड यस चोरी घटनाबाट पन्छिएको छ ।
यसरी यो चोरीको घटना क्यूएफएक्स फिल्म हलको मिलेमतोमा भएको प्रमाणित रहेको देखिन्छ ।

मोटरसाईकल चोरी भएपछि अलीले छानबिनका लागि प्रहरीमा निवेदन दर्ता गराएका छन् । तर प्रहरीले मोटरसाईकल चोरी बारे कुनै छानबिन र अनुसन्धान चलाएको देखिंदैन ।
यसर्थ फिल्म हलको पार्किङ सञ्चालन गर्नेहरुको माथि कडा कार्यवाही हुनुपर्ने जरुरी छ । यो यसकारणले पनि चोरीको घटनाले फिल्म हलको विश्वासनियता गुमेको छ ।
