Tuesday, April 21सत्यम खबर
Shadow

हराएकाे फेला पारेर चाैधरीकाे जिम्मा

सकिल अहमद राई
नेपालगन्ज २५ जेष्ठ – बाँकेको जानकी गाउँपालिका वडा नं.३ बेलभार स्थित हराएको पैसा फेला पारेर बाँके प्रहरीले सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।

उक्त स्थानमा मंगलबार राप्तिसोनारी गाउँपालिका ३ घर भई हाल नेपालगन्ज बस्दै आएकी रमिला चौधरीको ४२ हजार ५ सय रुपैँया हराएको थियो । जस पश्चात चौधरीले प्रहरी चौकी साईगाउँमा जानकारी गराएकी थिइन ।

प्रहरी चौकी साईगाउँबाट खटिएको प्रहरी टोलिले जानकी गाँउपालिका वडा नं.३ शिवपुरी स्थितबाट उक्त रकम फेला पारी निज रमिला चौधरीलाई बुझाईएको प्रहरी चौकी साईगाँउका इन्चार्ज पुष्कर राज जोशीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *