Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

एमाले नेता ठगुन्ना चिनबाट करोडौं पैसा लिएर नेपालमा चिनको माहोल बनाउन, कार्यक्रम गराउदै

एमाले नेता ठगुन्ना चिनबाट करोडौं पैसा लिएर नेपालमा चिनको माहोल बनाउन, कार्यक्रम गराउदै

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २ साउन – चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् । काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् ।ठगुना एमाले अध्यक्ष ओलिका बिश्वासका पात्र र चिनसंग निकट सम्बन्ध भएको नेताको रुपमा चिनिएका छन् । बेला बेला उहाँले भारत बिरोधि गतिविधि गराउन चिनियाँ लगानिमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् । श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् ।नेपालको सत्ताला...
चिनियाँ ऋणको पासोमा फसेको श्रीलंकामा आपतकाल, रास्ट्रपति फरार

चिनियाँ ऋणको पासोमा फसेको श्रीलंकामा आपतकाल, रास्ट्रपति फरार

अपराध, आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ साउन –चिनियाँ ऋणको पासोमा परी चरम आर्थिक मन्दीको सामना गरिरहेको राष्ट्रपति गोटाबाया राजपक्षे बुधवार बिहान देशबाट भागेपछि जनताको धैर्यको बाँध टुटेको छ। रूष्ट मानिसहरू प्रधानमन्त्री रानिल विक्रमसिंघेको सरकारी आवासतिर बढ़िरहेका छन्। देशमा बिग्रन्दो स्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्रीले पश्चिमी प्रान्तमा कर्फ्यू लगाउने र पूरा टापुमा आपातकाल लागू गर्ने आदेश दिएका छन्। यो जानकारी श्रीलंकाको समाचार पत्र डेली मिररले दिएको हो। यस समाचार पत्रका अनुसार, प्रधानमन्त्रीले सुरक्षा बलहरूलाई दंगा भड्काउनेहरूलाई पक्राउ गर्ने आदेश पनि दिएका छन्। यसैबीच संसदका स्पीकरले उनले अहिलेसम्म राजपक्षेको त्यागपत्र नपाएको बताए। आर्थिक संकटसित जुझिरहेको श्रीलंकामा लामो समयदेखि प्रदर्शन गरिरहेको जनताले राष्ट्रपति गोटाबाया राजपक्षेको राजीनामाको माग गरिरहेको छ।...
चीनको सांघाईमा लकडाउनको त्रास

चीनको सांघाईमा लकडाउनको त्रास

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ साउन – चीनमा BA.5 कोरोनाभाइरस भेरियन्टको आगमनले सांघाई लगायत देशभरि आर्थिक रूपमा लकडाउन लाग्ने त्रास बढेको छ। त्यहाका धेरै बासिन्दाहरू भर्खरै मात्र उनीहरूको घरमा दुई महिनाको कडा बन्दीबाट बाहिर आएका थिए। सप्ताहन्तमा, देशको सबैभन्दा जनसंख्या भएको शहरले पुष्टि गर्‍यो कि ओमिक्रोनको बढ्दो प्रभावशाली सबवेरिएन्ट अधिकारीहरूले शहरव्यापी लकडाउन पछि कोरोनाभाइरस विरुद्ध विजय घोषणा गरेको एक हप्ता मात्रै आएको थियो। धेरै अन्य देशहरूको तुलनामा चीनमा कुल सङ्क्रमणको सङ्ख्या कम भए पनि – राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार 352 स्थानीय रूपमा प्रसारित घटनाहरू रिपोर्ट गरेको छ – बेइजिङ गहिरो चिन्तित छ कि अत्यधिक ट्रान्समिसिबल सबभेरियन्टको आगमनले ठूलो प्रकोप र मृत्युको लहर निम्त्याउँछ। वुहानमा प्रारम्भिक प्रकोप पछि चीनको सबैभन्दा विघटनकारी कोरोनाभाइरस प्रतिबन्धले सहज रूपमा चल्ने अन्तर्राष्ट...
श्रीलंकाले हारगुहार गर्दा पनि चीनले दिएन साथ

श्रीलंकाले हारगुहार गर्दा पनि चीनले दिएन साथ

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ साउन –चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । चर्को ब्याजदरमा ऋणको प्रलोभनमा पारेर बन्दरगाह नै कब्जा गरेको चीन अहिले श्रीलंका संकटमा पर्दा भागेको हो । चीन श्रीलंकाबाट विस्तारै पछि हटिरहेको छ । लगानी फिर्ता लैजान प्रयत्न गरिरहेको छ । आर्थिक रुपमा समृद्ध हुँदा चर्को ब्यादरसहितको ऋण बोकेर श्रीलंका पसेको चीन अहिले संकटलाई नजरअन्दाज गर्दै टाउको लुकाएर बसेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋणको बारेमा अर्थशास्त्रीहरू र विश्वव्यापी नेताहरूको चेतावनी सुनेको भए चलिरहेको आर्थिक संकटलाई टार्न सक्थ्यो । अहिले श्रीलंकाले बढ्दो वैदेशिक ऋण र घट्दै गएको विदेशी मुद्रा सञ्चितिको कारण अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । देशलाई कंगाल...
नगर प्रमुख विष्ट अटो रिक्सामा…..

नगर प्रमुख विष्ट अटो रिक्सामा…..

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ साउन – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय अटो रिक्सामा फर्कनुभयो ।आईतबार उहाँ कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र र पैदलै पुग्नुभयो । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्देश्यले नगर प्रमुख विष्ट आईतबार विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुग्नुभयो । नगर प्रमुख विष्टले एक दिन भए पनि इन्धन खर्चमा कमी ल्याउने उद्देश्यले हरेक महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्न सम्पूर्ण नगरबासीमा समेत आग्रह गर्नुभएको छ ।नेपालगन्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिने छैन भन्ने उल्लेख छ । नगरसभाको निर्णयपछि पहिलो १ गते आईतबार सो निर्णय कार्यान्वयन गर्दै नगर प्रम...
घण्टेश्वर माविको भवन भारतको सहयोगमा निर्माण

घण्टेश्वर माविको भवन भारतको सहयोगमा निर्माण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३२ असार –भारतको अनुदान सहयोगमा डोटीको जोरायल गाउँपालिका–४ कुण्डीकोटमा अवस्थित श्री घण्टेश्वर माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन तथा छात्रावास उद्घाटन भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति, डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले संयुक्त रुपमा विद्यालय भवन तथा छात्रावासको उद्घाटन गरेका हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ९६ लाख ९ हजारको लागतमा परियोजनाको निर्माण भएको जनाइएको छ । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो । ६५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत विद्यालय डोटी जिल्लाकै प्रतिष्ठि...
गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

गहुँ र चिनी लगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइनः भारतीय राजदूत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ असार –भारत सरकारले गहुँ र चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भएको छ । नेपालका लागि नवनियुक्त राजदूत नवीन श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघसँग कुरा गर्दै भारतले निर्यातमा लगाएको प्रतिबन्ध नेपालका लागि लागू नहुने बताएका हुन् । नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज कार्यक्रममा बोल्दै यस्तो बताए । राजदूत श्रीवास्तवको भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिवन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताए । ‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईँहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,’ राजदूत श्रीवास्तवले भने, ‘हामी दुवैै देश ज्वाइन्ट भेन्चर जसरी नै...
नेपालका बाढीपहिरो पीडितलाई भारतले दियो राहत सामग्री, राजदूत श्रीवास्तवले गृहमन्त्रीलाई हस्तान्तरण गरे

नेपालका बाढीपहिरो पीडितलाई भारतले दियो राहत सामग्री, राजदूत श्रीवास्तवले गृहमन्त्रीलाई हस्तान्तरण गरे

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३२ असार –भारतले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री सहयोग गरेको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा भारतीय जनता र भारत सरकारकोतर्फबाट राहत सामाग्री हस्तान्तरण गरे । भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान 'रबर बोट' उपलब्ध गराएको हो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूलाई भारतीय जनता र भारत सरकारको तर्फबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । नेपाल र भारतबीच जनस्तरसम्मै भएको सम्बन्ध अझै प्रगाढ बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाणले बताएका छन् । नेपाल बाढी, पहिरो, डुवानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सहयोग भइरहने विश्...
भारतले अनुभवी राजदूत पठाएको भन्दै राष्ट्रियसभा अध्यक्षले गरे प्रशंसा

भारतले अनुभवी राजदूत पठाएको भन्दै राष्ट्रियसभा अध्यक्षले गरे प्रशंसा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ असार – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उनीहरुबीच शिष्टाचार भेट भएको हो। भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल-भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गरे । अध्यक्ष तिमिल्सनाले नेपाल-भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भने, ‘नेपाल-भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’ छिमेकी देश...
प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

प्रकोप प्रभावितका लागि भारतद्वारा राहत सामग्री सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३२ असार –भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताए । गृहमन्त्री खाणले नेपाल धेरै प्रकारका विपद्को उच्च जोखिममा रहेको स्मरण गराउँदै विपद्को घडीमा भारत सरकारले सहयोग गर्दै आएको र आगामी दि...