Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

ठग धन्दामा निगम सपिङ्ग पैलेस ! सम्बन्धित पक्ष मौन ?

ठग धन्दामा निगम सपिङ्ग पैलेस ! सम्बन्धित पक्ष मौन ?

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ साउन – कोरोना कालको पीडाबाट थल परेका सर्वसाधारण जनतालाई हाल जताबाट पनि ठगिने र लुटिने कार्य हुँदा समेत सम्बन्धित पक्ष मौन बसिरहेको पाईएको छ ।नेपालगन्ज वडा नं. ४ सदरलाईन स्थित रहेको निगम सपिङ्ग पैलेसबाट सर्वसाधारण जनता ठगिएको जानकारी प्राप्त भएको छ । आज शनिबार बिहान २ जना लेडिजहरु घरमा प्रयोग हुने चप्पल, सैण्डिल खरीद गर्न उक्त पसलमा जाँदा अन्य पसलमा ३५० रुपैयाँमा पाउने सामान उक्त पसलमा १३५० मा बिक्री गरिरहेको बताएका छन् । नाम नलेख्ने सर्तमा उनले भने यस्तो ठग धन्दा नेपालगन्जको मुटु सदरलाईनमा हुँदा समेत प्रहरी प्रशासन मौन भएर बसिरहेका छन् । हामीले सोही सैण्डिल न्यूरोड फुटपातको एउटा पसलबाट खरीद गर्दा जम्मा ३५० रु. मात्र तिर्नु परेको बताए । यसैगरी निगम सपिङ्ग पैलेस कै आसपास बसेका व्यापारीहरु स्वयं निगम सपिङ्गका सञ्चालकले ग्रहकलाई गर्ने व्यावहार समेत रुखो भएको बताए । स...
डेढ दशकअघि चीन घुसेपछि यसरी भयो श्रीलंकाको पतन

डेढ दशकअघि चीन घुसेपछि यसरी भयो श्रीलंकाको पतन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ साउन –श्रीलंकामा भएको विद्रोहले टापु राष्ट्रका राष्ट्रपति गोटाबाया राजापाक्षे कोलम्बोबाट अज्ञात गन्तव्यमा भागेर बस्ने अवस्थामा पुगेका छन् । राष्ट्रपतिको र प्रधानमन्त्री निवासमा सर्वसाधारणले गरेका छन् । यो चीनसँग घमण्डको खतराको ज्वलन्त उदाहरण बनेको छ भने बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत चिनियाँ सहयोग नलिन अन्य साना राष्ट्रहरूलाई गम्भीर चेतावनी हो । डेढ दशकअघि श्रीलंका सरकारले लिबरेशन टाइगर्स अफ तमिल इलम(एलटीटीई)सँग जुधिरहेको बेला चीनले श्रीलंकामा प्रवेश गरेको थियो ।विद्रोहीहरूसँग हारेको युद्ध लड्दै ती दिनहरूमा अमेरिकाले श्रीलंकालाई सिधा सैन्य सहायता बन्द गरेको थियो किनभने श्रीलंका सरकारको मानव अधिकारको रेकर्ड बिग्रिएको थियो र नयाँ दिल्लीले कोलम्बोलाई आपत्तिजनक हतियारहरू बेच्न अस्वीकार गरेको थियो । प्रधानमन्त्री महिन्दा राजापाक्षेको हतियार किन्ने क्रममा त्यो शून्यत...
राजापाक्षे परिवारले यसरी चीनको चंगुलमा पारे श्रीलंकालाई, जसको मूल्य पूरा देशले चुकाइरहेको छ

राजापाक्षे परिवारले यसरी चीनको चंगुलमा पारे श्रीलंकालाई, जसको मूल्य पूरा देशले चुकाइरहेको छ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ५ साउन – श्रीलंकामा आर्थिक संकटपछि जनआक्रोश र राष्ट्रपति गोटाबाया राजापाक्षे भाग्नुपर्ने अवस्था चीनकै कारण उत्पन्न भएको छ । यो घटनाले चीनले आर्थिक उपनिवेश विस्तारको षडयन्त्रलाई उजागर गरेको छ भने साना राष्ट्र चीनको बेल्ट एण्ड रोडअन्तर्गतका चिनियाँ सहयोगको विरुद्धमा उभिन बाध्य भएका छन् । कतै श्रीलंकाकै हालत हुने होइन भनेर साना राष्ट्र संशकित र सतर्क बनेका छन् । श्रीलंकामा आजको अवस्था आउनुमा डेढ दशकअघि चीनको रणनीतिक प्रवेश नै हो । तमिल विद्रोहीविरुद्ध कारवाहीमा सघाउने बहानामा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षे सरकार चीनलाई श्रीलंका पस्ने मौका दिए । चीनबाट हतियार किन्दै विद्रोहीलाई मारेर रगतको बलमा राजापाक्षेले आफ्नो सत्ता यात्रा लामो बनाए पनि चीनलाई प्रवेश गराएर देशलाई भने कंगाल बनाए । चीनलाई भित्र्याएर श्रीलंकाली नागरिकको रगतको खोलो बगाएर उदाएका राजापाक्षे अहिले आ...
‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानी

‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ साउन – चिनियाँ लगानीको कार्यक्रममा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको पक्षमा अभिव्यक्ति दिएका छन् । काठमाडौंमा चिनियाँ लगानीको संस्था ‘नेपाल–चीन हिमालयन मैत्री समाजका उपाध्यक्ष दार्चुला सांसद गणेश सिंह ठगुन्नाको पहलमा चिनियाँ लगानीमा भएको कार्यक्रममा एमालेका अध्यक्ष ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरूलाई आग्रह गरेका हुन् । ठगुना एमाले अध्यक्ष ओलिका बिश्वासका पात्र र चिनसंग निकट सम्बन्ध भएको नेताको रुपमा चिनिएका छन् ।बेला बेला उहाँले भारत बिरोधि गतिविधि गराउन चिनियाँ लगानिमा कार्यक्रम आयोजना गर्ने गरेका छन् माओवादी केन्द्रका नेता श्रेष्ठले अमेरिकाले नेपालको कम्युनिस्ट वामपन्थी आन्दोलनलाई क्षत–विक्षत गर्न चाहेको बताएका छन् । श्रेष्ठले अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहेको बताएका हुन् । नेपालको स...
अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय

अर्थतन्त्र जोगाउन देउवा सरकारले लियो कठोर निर्णय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ साउन – देशमा अर्थमन्त्री जनार्दन शर्मा छानविनमा तानिएको, गभर्नरमाथि प्रश्न उठेको र नेपाल श्रीलंका बन्ने चिन्ता भइरहेका बेला शेरबहादुर देउवा सरकारले अर्थतन्त्र बलियो बनाउन कठोर निर्णय लिएको छ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास आयात प्रतिबन्धलाई निरन्तरता दिए...
चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार

चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ५ साउन – चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । चर्को ब्याजदरमा ऋणको प्रलोभनमा पारेर बन्दरगाह नै कब्जा गरेको चीन अहिले श्रीलंका संकटमा पर्दा भागेको हो । चीन श्रीलंकाबाट विस्तारै पछि हटिरहेको छ । लगानी फिर्ता लैजान प्रयत्न गरिरहेको छ । आर्थिक रुपमा समृद्ध हुँदा चर्को ब्यादरसहितको ऋण बोकेर श्रीलंका पसेको चीन अहिले संकटलाई नजरअन्दाज गर्दै टाउको लुकाएर बसेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकाले बेल्ट रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माणका लागि अनियन्त्रित र जोखिमपूर्ण विदेशी ऋणको बारेमा अर्थशास्त्रीहरू र विश्वव्यापी नेताहरूको चेतावनी सुनेको भए चलिरहेको आर्थिक संकटलाई टार्न सक्थ्यो । अहिले श्रीलंकाले बढ्दो वैदेशिक ऋण र घट्दै गएको विदेशी मुद्रा सञ्चितिको कारण अभूतपूर्व आर्थिक संकटको सामना गरिरहेको छ । देशलाई कंगा...
नेपालकाे यार्चागुम्बा, कम भाउ तोकेर हेप्ने चिनियाँ व्यापारी प्रवृति

नेपालकाे यार्चागुम्बा, कम भाउ तोकेर हेप्ने चिनियाँ व्यापारी प्रवृति

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
कर्णाली, ५ साउन – जुम्लाका जडीबुटी व्यवसायी भीमबहादुर भण्डारीले ०४८ सालदेखि विभिन्न पाटनबाट यार्चागुम्बा संकलन गर्न थाले । सुरुको वर्ष ९ सय रुपैयाँमा किनेर काठमाडौंका व्यापारीलाई १६ सय रुपैयाँ प्रतिकिलोमा यार्चा बेचे । ०५६ सालदेखि भने उनले संकलन गरेको यार्चा चिनियाँ व्यापारीले खरिद गर्न थाले । उनीबाट पहिलोपल्ट चिनियाँ व्यापारीले प्रतिकिलो ५ लाख रुपैयाँमा यार्चा किनेका हुन् । ‘यार्चाको मूल्य प्रतिकिलो १५ लाख रुपैयाँ हुँदासम्म व्यापार गरें,’ उनले भने, ‘कहिले बिक्री नहुने, बिक्री भए पनि उनीहरूले भनेकै मूल्यमा यार्चा बेच्नुपर्ने, घाटा लाग्न थालेपछि जडीबुटी व्यवसाय छोडेर अहिले कृषि फार्म चलाइरहेको छु ।’ जुम्लाकै अर्का जडीबुटी व्यवसायी मीनबहादुर कठायतले पनि ५ वर्षयता यार्चा संकलन गर्न छाडेका छन् । ‘पाटनमा दुःख गरेर सरकारलाई चर्को कर तिरेर गयो, स्थानीयले भनेकै मूल्यमा किरा किन्यो,’ उनले...
भारतको सहयोगमा निर्माण टेक्निकल इन्स्टिच्यूट भवनको उद्घाटन

भारतको सहयोगमा निर्माण टेक्निकल इन्स्टिच्यूट भवनको उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ साउन – भारतको अनुदान सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको उद्घाटन भएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख नेपाली रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको हो । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यव...
१६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण

१६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ साउन – नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई बुधबार सिसिटिभी क्यामरा हस्तान्तरण गर्नुभयो । नेपालगन्जका मुख्य चोकहरुमा जडानका लागि नेपालगन्ज उपमहानगरपालिकाले १६ वटा अत्याधुनिक सिसिटिभी खरिद गरी जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । सो अवसरमा नगर प्रमुख विष्टले शहरमा अपराध नियन्त्रणका लागि सिसिटिभी आवश्यक रहेको भन्दै यसलाई नियमित सञ्चालनका लागि उपमहानगरपालिकाबाट पनि नियमित सहयोग प्रदान गरिने बताउनुभयो ।नेपालगन्जका विभिन्न स्थानमा यसअघि ५४ वटा सिसिटिभी क्यामरा जडान भएकोमा नियमित मर्मत सम्भारको अभावमा हाल अध...
भारतले घटाएर पठायो इन्धनको मूल्य

भारतले घटाएर पठायो इन्धनको मूल्य

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ साउन –भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। आईओसीले आइतबार (जुलाई १७)मा निगमलाई पत्र पठाउँदै पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाइने जानकारी गराएको हो। भारतले नयाँ मूल्यसूची पठाएसँगै अब एक लिटर पेट्रोल किन्न निगमको लागत १९५.१९ पैसा पर्ने भएको छ। प्रतिलिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ छ। यस्तै १ लिटर डिजेलको लागत १९३.९२ रुपैयाँ पुगेको छ भने मट्टितेलको लागत १६८.९७ रुपैयाँ पुगेको छ। यी दुवै पेट्रोलियम इन्धनको मूल्य १७२ तोकिएको छ। यसैगरी आन्तरिक हवाइ इन्धनको लागत १५९.४४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १३५.८ रुपैयाँ पुगेको छ। आन्तरिक हवाइ इन्धनमा १९० मा विक्री गर्दा निगमले १.६४५ डलरमा विक्री गरिरहेको छ। खाना पकाउने ग्यासको लागत २३८२.४२ रुपैयाँ पुग्दा विक्री मूल्य १८ सय छ। ...