Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत

सेतीको जिम्मा भारतलाई, समझदारीपत्र स्वीकृत

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौं, २७ सावन – सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ। लगानी बोर्डको सोमवार बसेको बैठकले सातसय ५० मेगावाट क्षमताको पश्चिम सेती र चारसय ५० मेगावाट क्षमताको सेती नदी –६९एसआर ६० संयुक्त जलविद्युत् परियोजनाको विकासका लागि थप अध्ययन गर्न विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो। सरकारले सार्वजनिक निजी साझेदारी अवधारणाका आधारमा सो आयोजना अगाडि बढाउन भारतीय कम्पनी एनएचपिसीलाई जिम्मा दिएको हो। लामो समयसम्म अष्ट्रलियाको स्मेक कम्पनी र पछिल्लो पटक चिनियाँ कम्पनीले जिम्मा लिए पनि पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढ्न सकेको थिएन। सो आयोजना पश्चिम नेपालको आर्थिक समृद्धि र विकासको आधारका रुपमा लिइएको छ । बोर्डका प्रवक्ता एवं सहसचिव अमृत लम्सालका अनुसार...
चीनद्वारा नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा

चीनद्वारा नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा

आर्थिक, आस्था, प्रदेश ५, समाचार
काठमाण्डौं, २७ सावन –तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ। येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा रसुवागढी–केरुङ सीमापार रेलमार्ग विस्तार लगायत पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण सहमति भएको हो।प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति र जनस्तरको अन्तरक्रिया लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ। विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन्।भेटवार्तामा न...
चीनले बन्द गरयो तातोपानी र रसुवागढी नाका

चीनले बन्द गरयो तातोपानी र रसुवागढी नाका

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौं, २७ सावन –चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड–१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको त्यहाँका भन्सार प्रमुखहरुले बताए । केही दिन अघिसम्म एक दुई वटा कन्टेनर आइरहेकामा बुधबार चिनियाँहरुले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले बताए ।‘औपचारिक कुनै जानकारी छैन, कोभिड–१९ बढेको मात्रै भनेका छन् । बुधबारदेखि नाका बन्द भएको छ,’ गौतमले भने, ‘सोमबार÷मंगलबारसम्म यो नाका भएर २/३ वटा मालबहाक सवारी साधन आए पनि त्यो अहिले ठप्प छ ।’तिब्बतमा कोरोना संक्रमण बढेका कारण ल्हासाबाट खासातर्फ कुनै पनि सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको उनले बताए । तर...
सार्वजनिक सम्पत्ती बचाउनै मुश्किल

सार्वजनिक सम्पत्ती बचाउनै मुश्किल

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७९ सावन २७ गते, शुक्रबार–अधिवक्ता राम कुमार दीक्षित मृत्यूलोकमा जे दान दिईन्छ, पंचतंत्रमा बिलीन भएपछि स्वर्गलोकमा सोही दान दिइएको बस्तु प्राप्त हुने सनातनी दर्शनले समाजमा गहिराईसम्म जरा गाडेको अवस्थामा पुर्खाहरुले सोही दर्शन, सिद्धान्तलाई आत्मसात गर्दै धार्मिक आस्थाको केन्द्रमा रहेको मन्दिरको निर्माण गरी दीर्घकाल सम्म आफूले स्थापना गरेको मन्दिरको पूजा आजा एवं संरक्षणमा सहयोग हुने उद्देश्यका साथ तत्कालीन अवस्थामा आफू संग प्रशस्त मात्रामा रहेको “भूमि” सो मन्दिरलाई दान दिने प्रचलन रहेको पाईन्छ । मन्दिर निर्माण गर्न र भूमि दानको छुट्टै धार्मिक महत्व रहेको र भूमिदान गरेपछि जीवन काल सम्म नाम चल्ने र जीवन पश्चात दीर्घकाल सम्म नाम अमर रहने आकाँक्षा समेत भूमिदानमा पुर्खाहरुको रहेको देखिन्छ । पुर्खाहरुको उक्त बिश्वासको आधारमा गरिएका कार्यले धार्मिक स्थलको ब्यवस्थापन राम्रो संग हुनुका ...
भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने

भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ साउन – पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि भारतीय कम्पनी एनएसपीसी लिमिटेडसँग लगानी बोर्डले प्रारम्भिक सम्झौता गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको बोर्ड बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत् परियोजना विकासका लागि एनएचपीसीसँग प्रारम्भिक सम्झौता गर्ने निर्णय गरेको हो । ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बाेर्डले जनाएको छ । लगानी बोर्डका सहसचिव अमृत लम्सालले ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको बताए । त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय गरेको छ । लम्सालले भन...
एसियाकै धनी महिलाले चीनको सम्पत्ति संकटमा आधा सम्पत्ति गुमाइन्

एसियाकै धनी महिलाले चीनको सम्पत्ति संकटमा आधा सम्पत्ति गुमाइन्

आर्थिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २५ साउन – चीनको सम्पत्ति संकट बढ्दै जाँदा एसियाकै धनी महिलाको सम्पत्ति यस वर्ष झण्डै २४ अर्ब अमेरिकी डलरबाट घटेर ११ अर्ब अमेरिकी डलर पुगेको एक सञ्चारमाध्यमले जनाएको छ।४१ वर्षीय याङ हुइयानले चीनको सबैभन्दा ठूलो घर जग्गा विकासकर्ता कन्ट्री गार्डेन होल्डिङ्सलाई सञ्चालन गर्छिन्। याङको हिस्सेदारी धेरै हदसम्म उनका बुबा याङ गुओकियाङबाट हस्तान्तरण गरिएको थियो जसले सन् १९९० को दशकमा गुआंगडोङ प्रान्तको फोशानमा कम्पनी स्थापना गरेका थिए। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार चिनियाँ रियल इस्टेट क्षेत्रमा घरको मूल्यमा गिरावट, क्रेताको मागमा गिरावट र ऋण पूर्वनिर्धारित संकटसँग संघर्ष गरेको कारण यस वर्ष गार्डनको स्टकले आफ्नो आधाभन्दा बढी मूल्य गुमाएको छ। सीएनएनका अनुसार आधाभन्दा बढी सम्पत्ति गुमाए पनि याङ एसियाकै धनी महिला नै हुन् । तर उनका अन्य महिला प्रतिस्पर्धि महिलाहरु र उनी बिचको दुरी...
भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ साउन – भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको सिफारिस अनिवार्य नहुने भएको छ । सिफारिसले लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने अवस्था देखिएपछि सिफारिस हटाइएको अस्पतालले जनाएको छ । तर उक्त सेवा लिन केही आवश्यक कागजात र प्रक्रिया भने पुरा गर्नु पर्नेछ । ‘यस्ता कार्यक्रमहरूको निम्ति आर्थिक अवस्थाको जानकारी दिने स्थानिय तहको सिफारिस पत्र अनिवार्य जस्तै रहिआएको थियो । तर यथार्थमा त्यस्तो सिफारिस जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिहरूले पनि लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो । यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने गरेको पाइएकोले भाद्र १ गते देखि भेरी अस्पतालमा...
बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – केही दिन अगाडी बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्ने गरी बालपार्क निर्माण सुरु गरिएको कार्य आज नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राईको निर्देशनमा रोकिएको छ ।उक्त खाली जग्गा संरक्षण गर्न निर्माण हुन लागेको बालपार्क, रेष्टुरेन्टलगायतको कार्य उद्घाटन गरिएकै दिनदेखि लगातार रुपमा त्यसको विरोध हुँदै आईरहेको विषयमा आज दिउँसो नागरिक समाजका अगुवा, कानुन विदहरु, नेपाल शिवसेनाका प्रतिनिधि, विश्व हिन्दु परिषदका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागितामा बैठक बसी निर्माण कार्य रोकिएको छ । बागेश्वरी मन्दिरको पुर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।गत आईतबार नगर प्रमुख विष्टले शिलान्यास गरेका ५ कठ्ठा ९ धुर ज...
अमेरिकी प्रतिबन्धका कारण चिनियाँ कपडा निर्यातमा गिरावट

अमेरिकी प्रतिबन्धका कारण चिनियाँ कपडा निर्यातमा गिरावट

आर्थिक, प्रदेश ५, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ साउन –अमेरिकी प्रतिबन्धको कारण चिनियाँ कपडाको निर्यातमा निकै गिरावट आएको छ । खास गरेर अमेरिकाले चिनियाँ कपडा माथि लगाएको प्रतिबन्धको कारण विश्व बजारमा चिनियाँ कपडाको निर्यातमा निकै गिरावट आएपछि चिनमा आर्थिक मन्दी छाएका छन् ।निर्यातमा आएको गिरावट र अमेरिकाको प्रतिबन्धले चीनको कुनै समय फस्टाएको कपडा उद्योगलाई समस्यामा पारेको छ। विश्वको सबैभन्दा ठूलो र देशको कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगट्ने चीनको कपडा उत्पादन उद्योग खस्किएको फाइनान्सियल पोस्टले रिपोर्ट गरेको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धिसँगै माग घट्नुको प्रमुख कारण कोभिड–१९ को महामारीले देखाएको छ। चीनले भियतनाम र भारतजस्ता अन्य एसियाली देशहरूमा कपडा निर्यातमा आफ्नो स्थान गुमाउँदै गएकोले अब उदास दिनहरू छन्। यद्यपि, चीनको सिनजियाङमा जबरजस्ती श्रमको आरोपको बीचमा बेलायत र अमेरिकाले कपास आयातमा प्रतिब...
ताइवानका कम्पनीलाई डर देखाई ‘मेड इन चाइना’ फ्खे दबाव

ताइवानका कम्पनीलाई डर देखाई ‘मेड इन चाइना’ फ्खे दबाव

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन –एप्पलले ताइवानमा आधारित आपूर्तिकर्ताहरूलाई आफ्ना उत्पादनहरूमा चीनमा उत्पादन भएको लेबल लगाउन आग्रह गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणको परिणामस्वरूप कडा चिनियाँ भन्सार निरीक्षणको अवरोधबाट जोगिनका लागि एप्पलले ताइवानमा बनेका सामानमा चीनमा उत्पादन भएको लेबल लगाउन आग्रह गरेको रिपोर्टमा जनाइएकाे छ । कम्पनीले टापुका निर्माताहरूलाई ‘चाइनिज ताइपेई’ वा ‘ताइवान, चाइना’मा बनेको लेबल गर्न आग्रह गरेको हो। ताइवानमा बनेका सामानहरु आयात गर्न ताइवान चीनकै हिस्सा हो भन्ने कुरा झल्काउने लेबल आवश्यक पर्ने यसअघिकै कानून अब कडाइका साथ लागू हुनसक्ने भएपछि एप्पलले आपूर्तिमा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो आग्रह गरेको हो । ‘ताइवानमा निर्मित’ वाक्यांशले आपूर्तिमा ढिलाइ, जरिवाना र नियम अन्तर्गत सम्पूर्ण ढुवानीलाई नै अस्वीकार गर्न सक्छ । तर रोचक कुरा के छ भन...