सामग्री बीचबाटोमै रोकिए, रसुवागढी र तातोपानी नाका खुलाउनेबारे अन्योल
काठमाण्डौ, ३० सावन –नेपाल र चीनबीच सञ्चालनमा रहेका रसुवागढी र तातोपानी नाका हाल बन्द छन्। रसुवागढी नाका गत शनिबारदेखि बन्द भएको हो भने तातोपानी नाका बुधबारदेखि। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच गत बुधबार भेटवार्ता भएको थियो। परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किएपछि मन्त्रालयले विज्ञप्तीमार्फत दुवै नाका सञ्चालन गर्ने सहमति भएको जनाएको थियो। तर उनी त्यहाँ रहँदा नै दुवै नाका बन्द भइसकेको थियो । तर, उनी फर्किएपछि नाका सञ्चालन बारे कुनै पहल भएको छैन।चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि दुवै नाका बन्द गरिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले कोरोनाको कारण नाका बन्द भएको बताए। ‘नाका बन्द बारे हामीलाई आधिकारिक पत्र पठाएका छैनन्। चिनियाँ अधिकारीले कोरोना बढेकाले एक साता नाका सञ्चालन नगर्ने बताएका थिए’, उनले भने।
उनका अन...









