बागेश्वरी मन्दिर परिसरमा अदालतको आदेश अनुसार नै बाल पार्क निर्माण
नेपालगन्ज, २४ साउन – बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले अदालतको आदेश अनुसार नै निर्माण कार्य अघि बढाइएको दावी गरेको छ ।नगर प्रमुख प्रशान्त विष्टले अदालतको आदेश अनुसार बाल पार्क निर्माणसँगै अन्य संरचनाको निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो । बागेश्वरी मन्दिरको पुर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।
आईतबार नगर प्रमुख विष्टले शिलान्यास गरेको ५ कठ्ठा ९ धुर जमिनमा बाल पार्क निर्माण हुने छ । यसैगरी बाँकी रहेको ४ कठ्ठा ३ धुर जग्गामा पार्किंग र शाकाहारी भोजनालय(रेष्टुरेन्ट)को काम अघि बढाइने भएको छ । नगर प्रमुख विष्टले यहाँ निर्माण गर्न लागिएको भोजनालय ब्यावस...









