Saturday, June 27सत्यम खबर
Shadow

अपराध

एक ग्राम ब्राउनसुगर सहित एक पक्राउ

एक ग्राम ब्राउनसुगर सहित एक पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ माघ – ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका वडा नं. ५ रझेना बस्ने वर्ष २२ को होमबहादुर सार्कीलाई जमुनाहको प्रहरी टोलीले पक्रेको इन्चार्ज बिष्णु गिरिले जानकारी दिनुभएको छ । जमुनाहमा शंकास्पद रुपमा उभिएको अबस्थामा चेकजाँच गर्दा सार्की पक्राउ परेका हुन । सार्कीलाई तलासी लिने क्रममा रातो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउन सुगर जस्तो धुलो १ पुडिया तौल १ ग्राम बरामद गरी आवश्यक अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।...
बाँके प्रहरीको फन्दामा दुई जना

बाँके प्रहरीको फन्दामा दुई जना

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ माघ – बहु विवाह मुद्दामा फरार रहेको प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बाँके खजुरा गाउँपालिका २ उदरापुर बस्ने वर्ष २१ की बिनाकुमारी खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला अदालतबाट बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको र हाल सम्म फरार रहेको प्रतिवादी खटिकलाई आज पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाईएको छ । यस्तै चोरी मुद्दामा फरार एकजना प्रतिबादिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।बाँके जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन काँदुलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।२०७७÷०७÷२२ गते जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।– जरिवाना तोकिएको चोरी मुद्दामा उनी फरार थिए । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।यो संगै फरार अभियुक्त पक्राउ ...
५० हजार घुस माग, ‘अब उपरान्त प्रमुख जिल्ला अधिकारीकाे निर्देशन के हुनेछ !’

५० हजार घुस माग, ‘अब उपरान्त प्रमुख जिल्ला अधिकारीकाे निर्देशन के हुनेछ !’

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ माघ – आजको दिनमा मालपोत कार्यालय भित्र घुस लिनु र दिनु कुनै ठूलो कुरा नभएको केही दिन अगाडी प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको निर्देशनबाट समेत प्रष्ट भईसकेको अवस्था रहेको पाईन्छ ।सोही लेनदेनको विषयमा आज मालपोत कार्यालय भित्रै आम सर्वसाधारण व्यक्तिहरुले कर्मचारी विरुद्ध नारा जुलुस लगाएपछि अब उपरान्त प्रमुख जिल्ला अधिकारी निर्देशन के हुनेछ भनी सोही विरोधमा नारा जुलुस गर्ने एक जनाले बताए ।घटना सोमबार बिहानदेखि कै हो । नेपालगन्ज–१७ निवासी मोहम्मद शेर बागवानले २०७१ सालमा १४ धुर जग्गा किने, जग्गा आफ्नो नाममा पास पनि गरे, जग्गाधनीका आप्mन्तले बाँकी रहेको जग्गा बिक्री वितरण बन्द गर्न माग गर्दै मालपोत कार्यालयमा निवेदन दिए । जग्गा रोक्का भयो । त्यही संगोलमा बागवानको जग्गा पनि रोेक्का भयो । बिक्री भइसकेको जग्गा रोक्का गर्ने जग्गाधनीका आफ्न्तको चाहना पनि थिएन । तर त्रुटिबस भयो ।बागव...
‘घटनाको वास्तविकता केही दिन मै अनुसन्धानबाट खुल्नेछ ।’

‘घटनाको वास्तविकता केही दिन मै अनुसन्धानबाट खुल्नेछ ।’

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३ माघ – बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सूचक प्रवीण थापा मगरको हत्यापछि थापाकी प्रेमीका लगायत साथीहरु माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।बाँके प्रहरीले भने, उनकी प्रेमीका लगायत साथीहरुको नाम भने सार्वजनीक गरेको छैन । प्रहरी श्रोतका अनुसार घटनास्थलबाट ड्रग्स खाने सामाग्री लगायतका विभिन्न सामग्री समेत बरामद भएको छ । बाँके प्रहरीे श्रोतले भन्यो, ‘घटना स्थलमा ड्रग्सका विभिन्न टुक्रा, ड्रग्स खान प्रयोग गरिने सामाग्री लगायतका वस्तु भेटिएको छ ।’ नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदो घर भएका २७ वर्षिय प्रविन शुक्रबार मृत भेटिएका थिए ।नेपालगन्ज लग्दहवास्थित तोरीबारीमा शव भेटिएको थियो । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक थापाको शव भेटिएपछि बाँके प्रहरीले कुकुरसमेत लिएर शवको अनुसन्धान गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्...
बाँकेका अनुसन्धानका जवानको हत्या !

बाँकेका अनुसन्धानका जवानको हत्या !

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, २ माघ – राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । सांकेतिक तस्वीर बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् ।‘शव पोष्टमार्टमका लागि अस्पताल लगेका छौं,’ डिएसपी खड्काले भने, ‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं ।’ खेतमा शव रहेको जानकारी प्रहरीले आज शुक्रबार बिहान मात्रै पाएको बताएको छ ।...
जसपाद्वारा कार्वाहीकाे माग

जसपाद्वारा कार्वाहीकाे माग

अपराध, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ माघ - जनता समाजवादी पार्टी बाँकेले नेपालगन्जमा पाैषा २७ गते आयोजना गरेको पार्टीको बिरोधसभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमती व्यक्त गरेको छ । जसपा पार्टीका जिल्ला अध्यक्ष कमरुदिन राईद्वारा जारी बिज्ञप्तीमा उक्त अभिव्यक्तिलाई लिएर नेताहरूको मानमर्दन गर्ने कार्य भएको भन्दै ती ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ । नेताहरूकाे मानमर्दन गर्नेहरुलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न जसपाले विज्ञप्ती मार्फत माग गरेको छ । नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरिएको बिरोधसभामा पुर्बमन्त्री मोहम्मद ईस्तियाक राइले राजाबादीहरु बारे टिप्पणी गर्नु भएको थियो । साेही विषयलाई लिएर राप्रपाका केही नेताहरूले पुर्वमन्त्री राईकाे बारेमा सार्वजनिक सञ्जाल फेसबुकलगायतमा टिकाटिप्पणी गरेका थिए ।...
पोर्नहबमा नेपाली किशोरी

पोर्नहबमा नेपाली किशोरी

अपराध, समाचार, समाज
काठमाडौं, २९ पौष – भायनेट कम्युनिकेसमा देशका अब्बल इन्जिनियरहरु कार्यरत छन् । तर, त्यही कम्पनीमा केही महिनाअघि ह्याकरले आक्रमण गरे । ह्याकरहरुले सो कम्पनीका सबै ग्राहकहरुको विवरण सामाजिक सञ्जालमै सार्र्वजनिक गरिदिए ।यसमा ठूला ह्याकर समूहको संलग्नताको आशंका गरिएको थियो । तर, प्रहरी अनुसन्धानमा फरक देखियो । बुटवलका एक १७ वर्षीय युवकले त्यसरी ह्याकिङ गरेको प्रहरीको साइबर ब्यूरोले आईतबार प्रष्ट पारेको छ । यो घटना मात्र होइन, नेपालमा धेरै जसो साइबर अपराधका घटनामा यस्तै कलिला उमेरका युवाहरु संलग्न हुने गरेका छन् । फुच्चे ह्याकरबाट प्रहरी हैरान भएको छ ।एक महिनाअघि विभिन्न सरकारी वेभसाइडमा आक्रमण गर्ने नवलपरासी पश्चिम सुनवल घर भई काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारीलाई पक्राउ गरेको थियो । सोही समूहका २५ वषिय विवेक महर्जन र १७ वर्षीय युवकलाई ह्याकर्स हन्ट अभियान चलाएर ब्यूरोले गत महिना पक्र...
प्रहरीको सक्रियताः चर्चित ज्यान मुद्दाका फरार दुई पक्राउ

प्रहरीको सक्रियताः चर्चित ज्यान मुद्दाका फरार दुई पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ पौष – नेपालगन्ज उपमहानगरपालिकाको चर्चित कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न सफल भएको छ ।वि.सं. २०७२ साल असार २८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ हाल नेपालगंज–१२ सुर्खेत रोड रहेका ऐ. नेपालगन्ज –८ का २८ वर्षीय चेतन मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । मानन्धर हत्यामा संलग्न दुई जना हरि वली र विवाद पाठक पक्राउ परेका छन् । उक्त घटनामा संलग्न नेपालगन्ज–१८, कारकाँदोका ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई बाँके प्रहरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार रहँदै आएका थिए । यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ ...
‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

‘घुस लिनु आमालाई बलात्कार गर्नु सरह’– प्रजिअ कुरुम्वाङ

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ पौष – मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको जनगुनासो आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले छड्के अनुगमन गरेका छन् ।सेवा प्रबाह प्रभावकारी नभएको जनगुनासोलाई मध्ये नजर गर्दै बुधबार दिउ“सो अनुगमनमा निस्केका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आजैदेखि मालपोत परिसरमा बिचौलिया प्रबेशमा रोक लगाएका छन् । बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानासहित छड्के अनुगमन गरेका उनले कार्यालय अस्तव्यस्त रहनुका साथै अधिकांश कर्मचारी पोशाक, परिचय पत्र बिना कार्यालयमा उपस्थित भएको, कार्यालय भित्र बिचौलियाहरुको बिगबिगि रहेको, बिचौलियहरु नै कार्यालय भित्र छिरेर कर्मचारी सरह काम गरिरहेको पाईएको बताएका छन् । सबै शाखाहरुमा छड्के अनुगमन गरिसकेपछि कार्यालय प्रमुख कार्यकक्षमा सबै कर्मचारीहरुलाई गुनासो आउन नदिन जिम्मेवारीपूर्ण कार्य गर्न उनले कडा निर्देशन दिएका छन् ।प्रमुख जिल्...
प्रहरीको सक्रियतामा ४ सय ७८ फरार अभियुक्तहरुलाई पक्राउ

प्रहरीको सक्रियतामा ४ सय ७८ फरार अभियुक्तहरुलाई पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ पौष – बाँके प्रहरीले विभिन्न अपराधका घटनामा संलग्नहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा संलग्न भएकाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले अवैध हतियारसहित बाँके डुडुवा गाउँपालिका १ स्थित दिपककुमार चौधरीलाई हतियारसहित पक्राउ गरेको छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले उनैले संचालन गरेको पसलबाट खानतलासी गर्द चौधरीले कम्मरको दायँ तर्फ बेल्टले च्यापेर राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको बाँकेका एसपी ओम रानाले जानकारी दिनुभयो ।यस्तै प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वररको मोटरसाइकल विपिनले चोरेको अभियोग छ । उनीमाथि थप अनुसन्...