Sunday, June 28सत्यम खबर
Shadow

अपराध

महिला हिंसा बन्द गर माँगसहित कशाैंधन समाजले गर्याे बिराेध प्रदर्शन

महिला हिंसा बन्द गर माँगसहित कशाैंधन समाजले गर्याे बिराेध प्रदर्शन

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १२ फागुन - महिला हिंसा बन्द गर मांगसहित आज बुधबार नेपालगन्जकाे मुटु त्रिभुवन चाैकमा कशाैंधन वैश्य समाजले बिराेध प्रदर्शन गरेकाे छ । कशाैंधन वैश्य समाज महिला मञ्च र मूल समिति युवा समाजकाे आयाेजनामा किन्नुराम काशीराम पञ्चायती धर्मशालाबाट कैण्डिल मर्च निकाल्दै त्रिभुवन चाैक पुगि बिराेध प्रदर्शन गरेकाे छ । बिराेध प्रदर्शनमा बाेल्दै मानव अधिकारवादी तथा अधिवक्ता प्रहलादबहादुर कार्कीले भने- "देशमा कानुन छ तर कानुनी राज्य छैन, जसकाे कारण महिला वर्ग दैनिक बलात्कृत भई रहेकी छन् । उनीमाथि हिंसा भएकाे छ, यस्ताे कार्य अहिले असाहनीय बनेपछि हामी बिराेधमा उत्रन बाध्य भएकाेकाे बताए । हामी ५ दिनदेखि यस्ताे कार्यक्रमकाे आयाेजना गर्दै आईरहेका छाैं बताउँदै कशाैंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले भने महिला माथि याैन दुव्यर्वहार गर्ने व्यक्तिकाे कुनै जाति धर्म हुँदैन, उनी काेही पनि हुन स...
शुल्क असुलीमा नं. १ को तकमा सिद्धार्थ विद्या सदनलाई !

शुल्क असुलीमा नं. १ को तकमा सिद्धार्थ विद्या सदनलाई !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० फागुन – नेपालगन्ज उपमहानगरपालिका भित्र हाल बोर्डिंंङ्ग स्कूलहरुमा चर्को शुल्क उठाउनमा ‘कोभन्दा को कम’ भन्दै जुहारी नै चलेको पाईन्छ । जस मध्ये धेरै जसो घटनाहरु विद्यालयको हाता भित्रै मिलाउने गरिन्छ भने छिटपुट घटनाहरु बाहिर आउने गरेका छन् ।विगत केही दिन अगाडी यस्तै एउटा घटना फुल्टेक्रा स्थित हडियाबाबा आश्रम मार्ग नजिक रहेको क्रिशटल ईग्लिस बोर्डिङ्गमा मिलाईएको थियो । जसमा अभिभावकको गुनासो थियो बच्चा पढ्न नगएपनि विद्यालयबाट वार्षिक शुल्क, परीक्षा शुल्क, ट्युशन शुल्क लगायत गरी मोटो रकमको बिल अभिभावक कहाँ पठाएर शुल्क लिने प्रयास गरेको हुँदा वडाअध्यक्ष समिरप्रताप सिंह मार्फत मिलाइएको थियो । त्यस बेला पनि शिक्षा नियमावली र उपमहानगरपालिका शिक्षा शाखा मार्फत जारी निर्देशन बमोजिम शुल्क उठाउने गरेको भनाई सम्बन्धित विद्यालयका जिम्मेवार पक्षहरुले राखेका थिए ।यसगरी, सिद्धार्थ विद्या ...
छालासहित तीन पक्राउ, भारु १० लाख नगदसहित १ पक्राउ, ९ जुवाडे पक्राउ

छालासहित तीन पक्राउ, भारु १० लाख नगदसहित १ पक्राउ, ९ जुवाडे पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० फागुन – बाँकेमा चितवाको छालासहित ३ जना पक्राउ परेका छन् । सल्यान बाघचौर नगरपालिका ३ वस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ वस्ने कमल डि सी र सोही ठाउँ बस्ने हिमेन्द्र वली पक्राउ परेको बाँकेका एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हँुदै चितुवाको छालाको ओसारपोसार भईरहेको भन्ने सूचना प्राप्त भएको आधारमा कुसुम स्थित सडक खण्डमा शंकास्पद देखिएपछि उनीहरुलाई चेकजाँच क्रममा पक्राउ गरिएको थियो । त्यही क्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान बाघको छाला बरामद भएको तथा उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख रानाले बताउनुभयो । शुरुवातको अनुसन्धानबाट पक्राउ गरिएकाहरु कारोबारी रहेको खुलेको जनाइए छ ।राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर...
न्यायको पर्खाइमा बलात्कारको प्रयासमा सांघातिक आक्रमणमा परेकी बालिका…

न्यायको पर्खाइमा बलात्कारको प्रयासमा सांघातिक आक्रमणमा परेकी बालिका…

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ फागुन – गत माघ १६ गते कक्षा ९ मा अध्ययनरत नाबालक रेखा (नाम परिवर्तन) एस.ई.ई. परीक्षा फारम भर्ना विद्यालय गएको बेला नेपालगन्ज वडा नं. ४ घोसी टोल बस्ने असलम हलवाईका छोरा वर्ष २० का जुनेद हलवाईले चाकुको डरमा उठाई लगेको पीडितकी आमाले रुंदै बताईन् ।पीडक जुनेद हलवाईले १६ वर्षीया किशोरीलाई बसपार्क स्थिति रहेको अछामी होटल कोठामा चाकु देखाई डर–धाक लगाई जबरजस्ती करणी गर्न खोज्द निज पीडितले प्रतिकार गरेकी थिईन । पीडित किशोरीले प्रतिकार गरेपछि पीडक जुनेद हलवाईले ज्यानै मार्ने उद्देश्यका साथ किशोरीलाई  डोरीले घाँटी कसी बेहोस हुँदासम्म लात्ती, मुक्का, जुत्ताले पिडाई गरेको पीडितकी आमाले बताईन् । पीडितकी आमाका अनुसार छोरी होसमा आएर होटल कै रुमबाट चिच्याएपछि होटलवालाले थाहा पाएर उद्धार गरी अस्पताल पु¥याएका थिए । केही समयको आकस्मिक उपचारपछि उनलाई नेपालगन्जको एक संस्थामा राखिएको छ ।घटना ज...
दुई अभियुक्त पक्राउ

दुई अभियुक्त पक्राउ

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, २ फागुन – बाँकेमा बहु बिवाह मुद्दामा कैद सजाय भई फरार रहेका २ अभियुक्त पक्राउ परेका छन् ।बहु बिवाह मुद्दामा कैद सजाय भई फरार कोहलपुर नगरपालिका–४ निवासी ३४ वर्षीय जयबहादुर गिरी र ३३ वर्षीय छायाँ गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरेका छ । बहु बिवाह मुद्दामा जिल्ला अदालत बाँकेबाट २०६८ असोज ३० गते फैसला भई २ वर्ष सजाय भएको र फरार रहेका दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट गरी जम्मा ५ सय २९ जना फरार अभियुक्त पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
अन्तरपाटीद्वारा खेद प्रकट गर्दै ज्ञापनपत्र

अन्तरपाटीद्वारा खेद प्रकट गर्दै ज्ञापनपत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २९ माघ – बैतडी जिल्ला दोगसुडाकेदार गाउँपालिका वडा नं.७ चडेपानी निवासी १२ कक्षामा अध्ययनरत १७ कि किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाप्रति अन्तरपार्टी महिला संजाल बाँकेले खेद प्रकट गर्दै ज्ञापन पत्र बुझाएको छ ।अन्तरपाटी महिल संजाल बाँकेका सचिव अछरी पोखरेलद्वारा उक्त ज्ञापन पत्र पढेर सुनाइयो भने अध्यक्ष अम्बीका काफ्लेद्वारा सहायक प्रमुख जिल्ला अधिकारी दिर्गराज उपाध्यायलाइ हस्तान्तरण गरीयो । उक्त ज्ञापन पत्रमा माघ २१ गते बुधबार बिहान विद्यालय गएकी भट्ट भोली पल्ट मृत फेला परेको र घटनाको ८ दिन वितिसक्दा पनि दोषीलाई कारवाहि नगरिएको उल्लेख छ । प्रहरीले समेत बलात्कार पछि हत्या भएको भनिरहेको अवस्थामा दोषी पक्राउ गर्न नसक्नु प्रति अन्तरपाटी महिला संजाल बाँकेद्वारा खेद प्रकट गरेको उल्लेख छ । यस घटनाको सत्य तथ्य छानविन गरी अपराधि पत्ता लगाई अपराधिलाई कानुन बमोजिमको कारवा...
मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ, ६ जना हिरासतमा

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ, ६ जना हिरासतमा

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २८ माघ – पहिल्लो समयमा बाँके जिल्लाको विभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी हुने क्रम बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट सो गिरोहलाई निस्तेज गर्ने सोच राखी टीम गठन गरी कार्य प्रगतितर्फ लागेको केही समय मै सफलता हाल लागेको छ । आज बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट मोटरसाईकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी ओमबहादुर रानाले पक्राउ परेका विभिन्न अभियुक्तहरु बारे जानकारी गराउनुभयो । प्रहरी प्रमुख एसपी रानाका अनुसार नेपालगंजको यातायात कार्यालय अगाडी, मालपोत कार्यालय अगाडी, भेरी अस्पताल अगाडी, नर्सिङ होम अगाडी, नेपालगन्ज–१८ कारकाँदो स्थित रेष्ट्रो एण्ड डान्स बारको पार्कि·लगायतको क्षेत्रबाट मोटरसाईकल चोरी भएको सूचनाको आधारमा यस कार्यालयबाट मोटरसाईकल चोरी गर्ने व्यक्तिको पहिचान एवं पक्राउ गर्न विशेष टोली...
ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २७ माघ - नेपालगन्जको जमुनाह प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढुवा गाउँपालिका ६ बस्ने बर्ष २२ आशिष पाण्डे र लमही नगरपालिका निवासी बर्ष ३० को दाम बहादुर पाण्डे रहेको जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले बताउनुभयो । उनीहरुलाई नेपालगन्ज १५ माछामण्डी नजिकैबाट पक्राउ गरिएको छ । पाण्डेको साथबाट साढे पाँच ग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरु भारतबाट आउदै थिए । शंकास्पद गतिविधि देखिएपछि उनीहरुलाई चेकजाँच गर्दा बायाँ जुत्तामा लुकाएर ल्याएको अबस्थामा ब्राउन सुगर फेला परेको हो । नाकाबाट मानिसहरुको ओहोरदोहोर सुरु भएपछि लागु औषध प्रयोगकर्ता तथा कारोवारीहरु पनि सक्रिय हुन थालेका छन् । नाकाबाट हुने अवैध तस्करी तथा आपराधिक घटना नियन्त्रणमा जमुनाह प्रहरीले पनि सक्रियता देखाउँदै आएको छ ।...
सहायक सूचक प्रविन थापाको हत्यामा संलग्न ७ जना अभियुक्तहरु सार्वजनिक

सहायक सूचक प्रविन थापाको हत्यामा संलग्न ७ जना अभियुक्तहरु सार्वजनिक

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ माघ – जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा जिम्मेवारी वहन गरेदेखि नै बाँकेमा रहेका अपराधीहरुले आफूलाई जोगाउन विभिन्न पैतरा अपनाउँदै आएको भएपनि प्रहरी प्रमुख एस.एस.पी. रामबहादुर रानाको नेटवार्कबाट उन्मुक्ति नपाउने भएका छन् । सोही अनुसार जिल्लाको चर्चित हत्या प्रविन थापा मगरको मुद्दामा समेत जिल्ला प्रहरी कार्यालयलाई सफलता हात लागी आज पत्रकार सम्मेलन मार्फत प्रहरी प्रमुख एस.एस.पी. रानाले हत्या घटनामा संलग्न ७ अभियुक्तहरुलाई बुधबार सार्वजनिक गरेका छन् । राष्ट्रिय अनुसन्धान विभागको जिल्ला कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको माघ २ गते नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ सुर्जीगाउँका रामसेवक खटिकको तोरीबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी रानाका अनुसार घटनामा संलग्न नेपालगन्ज वडा नं...
नगरप्रहरी बाेगटीसहित १० जनालाई जेल, जनप्रतिनिधिलाई छुट, ट्रान्सपोर्ट सञ्चालकहरूलाई सफाई

नगरप्रहरी बाेगटीसहित १० जनालाई जेल, जनप्रतिनिधिलाई छुट, ट्रान्सपोर्ट सञ्चालकहरूलाई सफाई

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - गौवध मुद्दामा सुर्खेत जिल्ला अदालतले बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षकसहित १० जनालाई जेल सजायको फैसला सुनाएकोे छ । मुद्दामा प्रतिवादी बनाइएका ट्रान्सपोर्ट सञ्चालकसहित ७ जनाले भने सफाइ पाएका छन् । जिल्ला न्यायाधीश डाक्टर राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको २८९ अनुसार न्यूनतम ३ महिनादेखि डेढ वर्षसम्म जेल सजाय तोकेको हो । सबैभन्दा बढी सजाय नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीलाई डेढ वर्ष तोकिएको छ । नगर प्रहरी सहायक निरीक्षक विकास गौतमलाई १ वर्ष कैद तोकिएको छ । नगर प्रहरी जवानहरु कमल बयक, सुवर्ण तारामी मगर, सुशान्त शाही र चन्द्रबहादुर रानालाई ६-६ महिना जेल सजाय तोकिएको छ । नगर प्रहरी जवान पवनकुमार कनोजियालाई ५ महिना, नगर प्रहरी जवानद्वय राकेश भारती, धर्मेन्द नेपाली र फायरम्यान कमल थापा मगरलाई ३-३ महिना जेल तोकिएक...