
झुट्टा अफवाह फैलाउने महिला पक्राउ
नेपालगन्ज, २८ भाद्र –अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ परेकी छिन् ।बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ०४ मैनवा घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०६ फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा भाडामा बस्ने बर्ष ३३ की आशिककुमारी चौधरी पक्राउ परेकी हुन् ।
उनले सानु दहितको नामबाट अर्कै केटीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासी जिल्ला बस्ने एक जनालाई उक्त आईडीबाट फेसबुक साथी बनाई फोन सम्पर्क गर्ने गरेको खुलेको छ ।भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी चौधरीले भदौ २५ गते ती पुरुषलाई आफ्नो घर पोखरा पनि भएको भन्दै म नेपालगंजबाट आफ्नै गाडीमा हिडेको बताइकी थिइन् । तर बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेपछि प्रहरीले अ...