मालपोत कार्यालयका हाकिम होटलबाट पक्राउ
नेपालगन्ज, १९ पौष – जिल्ला मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमकुमार दौल्याललाई प्रहरीले लिएर गएको छ । उनले राम्रो काम गरेर उनको सुरक्षा दिइएको भने होइन ।मालपोत कार्यालयका हाकिम केटिसहित होटलमा गएको र केटीसँग कुरो नमिलेपछि परेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।उनी मालपोत कार्यालयमा कार्यरत एक जना महिला सहित नेपालगन्ज स्थित एक होटेलमा भेटिएका थिए । तिनै महिलाले प्रहरीलाई फोन गरेर बताएपछि प्रहरी सक्रिय भएको हो । पहिले महिला राजिखुशी मै मालपोतका हाकिमसँग गइन् या घटनाको सुरुवात कसरी भयो भन्ने अनुसन्धान कै क्रममा रहेको छ ।
सांकेतिक तस्वीर
महिलाले मौखिक उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट कानुनी सहायता कक्षका इन्चार्ज प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले मालपोत अधिकृत दौल्याल पक्राउ गरेको थियो ।यसपछि उनको स्वास्थ्य जाँच गराएर जमुनाह स्थित इलाका प्रहरी कार्यालयको ...









