
नेपालगन्ज, १३ माघ – ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. ५ रझेना बस्ने वर्ष २२ को होमबहादुर सार्कीलाई जमुनाहको प्रहरी टोलीले पक्रेको इन्चार्ज बिष्णु गिरिले जानकारी दिनुभएको छ ।
जमुनाहमा शंकास्पद रुपमा उभिएको अबस्थामा चेकजाँच गर्दा सार्की पक्राउ परेका हुन । सार्कीलाई तलासी लिने क्रममा रातो प्लाष्टिकको पुडिया बनाई राखेको ब्राउन सुगर जस्तो धुलो १ पुडिया तौल १ ग्राम बरामद गरी आवश्यक अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।


