Saturday, May 30सत्यम खबर
Shadow

बाँकेका अनुसन्धानका जवानको हत्या !

नेपालगन्ज, २ माघ – राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको छ । प्रहरीले प्रविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ ।


बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् ।
‘शव पोष्टमार्टमका लागि अस्पताल लगेका छौं,’ डिएसपी खड्काले भने, ‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं ।’ खेतमा शव रहेको जानकारी प्रहरीले आज शुक्रबार बिहान मात्रै पाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *