नेपालगन्ज, १३ माघ – बहु विवाह मुद्दामा फरार रहेको प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । बाँके खजुरा गाउँपालिका २ उदरापुर बस्ने वर्ष २१ की बिनाकुमारी खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालतबाट बहु विवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय तोकिएको र हाल सम्म फरार रहेको प्रतिवादी खटिकलाई आज पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।
यस्तै चोरी मुद्दामा फरार एकजना प्रतिबादिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
बाँके जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँ बस्ने वर्ष ५१ को मातादिन काँदुलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो ।
२०७७÷०७÷२२ गते जिल्ला अदालत बाँकेबाट १ वर्ष ११ महिना ०३ दिन कैद र रु.२०,०००।– जरिवाना तोकिएको चोरी मुद्दामा उनी फरार थिए ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।
यो संगै फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तरगत हाल सम्म ५ सय १२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको छन् भने केही अभियुक्त स्वयम् अदालतमा हाजिर भएको प्रहरीले जनाएको छ ।