Sunday, April 12सत्यम खबर
Shadow

अन्तरपाटीद्वारा खेद प्रकट गर्दै ज्ञापनपत्र

नेपालगन्ज, २९ माघ – बैतडी जिल्ला दोगसुडाकेदार गाउँपालिका वडा नं.७ चडेपानी निवासी १२ कक्षामा अध्ययनरत १७ कि किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको घटनाप्रति अन्तरपार्टी महिला संजाल बाँकेले खेद प्रकट गर्दै ज्ञापन पत्र बुझाएको छ ।
अन्तरपाटी महिल संजाल बाँकेका सचिव अछरी पोखरेलद्वारा उक्त ज्ञापन पत्र पढेर सुनाइयो भने अध्यक्ष अम्बीका काफ्लेद्वारा सहायक प्रमुख जिल्ला अधिकारी दिर्गराज उपाध्यायलाइ हस्तान्तरण गरीयो ।


उक्त ज्ञापन पत्रमा माघ २१ गते बुधबार बिहान विद्यालय गएकी भट्ट भोली पल्ट मृत फेला परेको र घटनाको ८ दिन वितिसक्दा पनि दोषीलाई कारवाहि नगरिएको उल्लेख छ । प्रहरीले समेत बलात्कार पछि हत्या भएको भनिरहेको अवस्थामा दोषी पक्राउ गर्न नसक्नु प्रति अन्तरपाटी महिला संजाल बाँकेद्वारा खेद प्रकट गरेको उल्लेख छ । यस घटनाको सत्य तथ्य छानविन गरी अपराधि पत्ता लगाई अपराधिलाई कानुन बमोजिमको कारवाही होस् भनि संजाल जोडदार माग गर्दछ ।


साथै आगामी दिनमा यस प्रकारका घटना नदोहोरीन तर्फ सचेत रहदै निष्पक्ष र प्रभावकारी अनुसन्धान मार्फत घटनाको सत्य, तथ्य उजागर गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । दोषीमाथि कानुन बमोजिमको कारवाहि गर्न र पीडित परिवारको सुरक्षा तथा हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउ ज्यानको सुरक्षा र मानबअधिकारको गम्भीर उलंघन भएको ठम्याइ छ । आगामी दिनमा यस्ता खालका घटना दोहोरीन नदिन तर्फ अन्तरपाटी महिला संजाल बाँके सरकारसंग जोडदार माग गर्दछौं भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
अन्तरपाटी महिला संजाल बाँकेका पदाधिकारी अम्बीका काफ्ले, गीता राना, अछरी पोखरेल, दुर्गा बाल्मीकि, निवर्तमान अध्यक्ष रेखा गुप्ता र सदस्यहरु रत्न राणा, इता शर्मा, दिक्षा कोइराला, सायरा दर्जी लगायतको सहभागिता रहेका थियो ।
यसैगरी महिला मानवअधिकार रक्षक संजालका उपाध्यक्ष आसा केसी, सदस्य निर्मला विसी, द्धन्द्धपीडित तथा एकल महिला संजालका अध्यक्ष जयन्तीकेसी, हिरा खराल, भुमा पाडे, भागवति वराल, शान्ति भट्ट रहेका थिए ।
यसैगरी सम्माननिय राष्ट्रपति विद्या भण्डारीलाई अपहेलित शब्द बोल्नेलाई गाली वेइज्जति ऐन अन्तर्गत कारवाही होस् र किशोरी भागरथीका हत्यारालाई कानुन बमोजिमको कारवाही होस् भनि अखिल नेपाल महिला संघ (अनेमसंघ) बाँकेले पनि ज्ञापन पत्र बुझाएको छ । अनेमसंघको ज्ञापन पत्र उपाध्यक्ष इता शर्माद्वारा हस्तान्तरण गरिएको थियो भने सदस्य उषा भण्डारीले पढेर सुनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *