Monday, April 13सत्यम खबर
Shadow

दुई अभियुक्त पक्राउ

नेपालगन्ज, २ फागुन – बाँकेमा बहु बिवाह मुद्दामा कैद सजाय भई फरार रहेका २ अभियुक्त पक्राउ परेका छन् ।
बहु बिवाह मुद्दामा कैद सजाय भई फरार कोहलपुर नगरपालिका–४ निवासी ३४ वर्षीय जयबहादुर गिरी र ३३ वर्षीय छायाँ गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलिले पक्राउ गरेका छ ।


बहु बिवाह मुद्दामा जिल्ला अदालत बाँकेबाट २०६८ असोज ३० गते फैसला भई २ वर्ष सजाय भएको र फरार रहेका दुबै जनालाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी कार्यालयबाट गरी जम्मा ५ सय २९ जना फरार अभियुक्त पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *