नेपालगन्ज, २५ चैत – मंगलबार अपरान्ह साढे पाँच बजेतिर कालपृष्ठ दैनिकको कार्यालयमा एकजना ख्याउटे शरीर भएका मानिस रुन्चे अनुहारसहित आइपुगे । उनले काँधमा एक कालो झोला बोकेका थिए । शरीर फतक्क गलेको जस्तो देखिन्थ्यो ।
परिचय सोध्दा उनले आफ्नो नामसमेत अनकनाएर भन्न सके । आमाबुबाको नाम र ठेगाना उनले बिर्सिसकेका छन् ।
उनले आफ्नो गाउँको ठेगानाबारे सानोमा सुनेको बताउँदै भने,ॅखोटाङको चिसापानी गाविस हो भन्ने सुकेको,थिएँ ?’
नाम विज्ञान कोइराला बताउने ती व्यक्ति आफू करिब १० वर्षको उमेरमा अपहरणमा परेको र त्यसपछिका २४ वर्ष बन्धक बनाएर यौन शोषण गरिएको बताउँछन् । त्यसरी यौन शोषण गर्नेहरु विदेशीहरु हुनसक्ने उनको भनाईबाट आशंका हुन्छ ।
सुन्दा कुनै कहालीलाग्दो चलचित्रको कथाजस्तोजीवन आफूले भोगेको ती व्यक्ति बताउँछन् । उनका खुट्टामा चुरोटले डामेका दागहरु छन् । पेटमा तलदेखि छातिसम्म चिरिएको दाग देख्न सकिन्छ ।
………..
करिब ९ वर्षको उमेरमा खोटाङबाट आमाबुवासहित काठमाडौंको सानेपापुगेका विज्ञानएकदिन केही सामान किन्न गल्लीमा निस्केका बेला उनको अघि एक कालो गाडी आएर रोकियो । उक्त गाडीबाट तीनजना मानिसहरु निस्किए ।अचानक उनीमाथिकम्बलले ढाकियो र गाडीभित्र कोचियो ।
गाडीमा उनका आँखा र मुखमा पट्टि बाँधियो ।आँखा खुल्दा उनी आलिसान महलजस्तो लाग्ने कुनै घरमा पुगेका थिए ।ॅत्यहाँ पुगिसकेपछि म चिच्याएँ । कराएँ । यसरी किन ल्याएको भनेँ? आमाबुवाकहाँ पुर्याइदिनुस् भनेँ । कसैले मेरो आवाज सुनेन,’यसो भनिरहँदा विज्ञानका ओठ कामिरहेका थिए । आँखामा आँशु भने देखिएन । सायद आँशु सुकिसकेका छन् ।
घरमा पुग्दा उनले दुईजना महिला र एकजना पुरुष देखेको बताउँछन् । ॅउनीहरु मसँग कुरा गर्दा नेपालीमै बोल्थे । तर आफू-आफू बोल्दा भने अर्कै भाषामा बोल्थे,’ उनले भने ।
एक भर्खरको बालक उनलेत्यतिबेला आफूमाथि के भइरहेको छ ? भन्ने समेत ठम्याउन सकेनन् । उक्त आलिसान महलको एक कोठामा आफूलाई बन्धक बनाएर राखिएको विज्ञान बताउँछन् । ॅमलाई २४ वर्षसम्म एक कोठामा बन्धक बनाएर राखियो । अनि यौन शोषण गरियो । यौन सम्पर्क गर्न नमाने बिलेडले चिर्थे र त्यसमाथि चुरोटले डाम्थे…,’विज्ञान थप बोल्न सकेनन् । उनका खुट्टामा ठाउँ-ठाउँमा काला दागहरु देखिन्छन् ।
विज्ञानका अनुसार उनलाई अपहरण गर्ने महिलासहित अरु महिलाहरु पनि उक्त घरमा पुग्थे । उनको यौन शोषण गर्थे । विज्ञानले भने, ॅकालो छाला भएका, घुम्रे कपाल भएका महिलाहरु पनि कहिलेकाहीँ आउँथे । सबैले मैमाथी हमला गर्थे ।’
उनलाई घरबाट बाहिर निस्कन नदिन अनेक इन्तजाम गरिएको थियो । बाहिर केही पनि नदेखिने कोठामा राखिएको थियो । घर कतितले थियो ? भन्नेसमेत उनलाई याद छैन । घरमा १५-२० वटा कोठा हुनसक्ने उनको अनुमान छ ।बाहिर तीन चारवटा च्यानल गेट राखिएको थियो । अपहरण गर्ने पुरुष कहिलेकाहीँ आउँथ्यो । दुईजना महिलाहरु पालो मिलाएर घरबाहिर निस्कन्थे । त्यसैमाथी प्रायः उनलाई बेहोस हुने सुई लगाएर राखिन्थ्यो । भक्कानिँदै विज्ञानले भने,ॅ२४ वर्षसम्म मैले घाम कस्तो हुन्छ ?आकाश कस्तो हुन्छ? तारा कस्तो हुन्छ ?जून कस्तो हुन्छ ? बाहिरका मान्छे कस्ता हुन्छन् ? थाहा पाइँन ।’
एकदिन घरमा एकजना महिलामात्रै भएको मौकामा उनले भाग्ने उदेश्यले महिलासँग भिड्न खोजे । महिलाले उनको घुँडामूनि चक्कुले घोपिदिइन् । घुँडामुनि उक्त घाउको दाग अझै रहेको छ । त्यसपछि उनको भाग्ने हिम्मत र संजोग दुवै मिलेन ।
उनलाई सानो हुँदा कहिलेकाहीँ चिया र खाना बनाउन लगाउँथे । ठूलो भैसकेपछि उनको लगातार यौन शोषण मात्रै भइरह्यो ।
२४ वर्षमा उनले यति यातना पाए कि अहिले कोही महिला देख्यो कि डर लाग्ने गरेको बताउँछन् । ॅकोही मान्छेको पनि विश्वास लाग्न छोडिसक्यो,’उनले भने ।
विगत २४ वर्षमा उनकोसर्वस्व लुटियो । यतिसम्म कि उनले आफ्नै आमाबुवाको नामसमेत याद राख्न सकेनन् । साथीसँगी कसैको नाम उनलाई याद छैन । धेरै बेर सम्झिने कोसिस गरेर उनले भने, ॅत्यतिबेला एउटी बहिनी थिई । उसको नाम तुलसी हो की यस्तै थियो ।’
उनीसँग हाल बचेको चिज भनेको मात्र उनको नाम मात्र हो । ॅकहिलेकाहीँ त यही नाम पनि बिर्सिंन्छु कि भन्ने डर लागिरहन्छ । कहिलेकाहीँ आफैलाई चिन्दिनं कि भन्ने डर लाग्छ,’ लामो सुस्केरा तान्दै उनले भने ।
२४ वर्षसम्म विज्ञानको शोषण भयो । करिब चार वर्षअघि उनको पेटसमेत चिरियो । किन चिरियो ?उनी भन्न सक्दैनन् । ॅआजभोली अलिकति खाना बढी भयो, पानी बढी भयो भने घाँटीमा सिन्का हान्छ । पिसाब फेर्न गाह्रो हुन्छ । चिया पिउन भने तलतल लागिरहन्छ,’ विज्ञान भन्छन् ।
पेट चिरिएको घाउनिको हुनएक वर्ष लागेको उनी बताउँछन् । ॅडाक्टरहरु पनि घरमै आउँथे । अर्कै भाषा बोल्थे । सब चिज घरभित्रै हुन्थ्यो,’ उनले हातमा बनाइएको ट्याटु देखाउँदै भने, ॅयो पनि उनीहरुले आफै बनाइदिएका हुन् । मैले उनीहरुलाई मेरो नाम कहिल्यै भनिनं । त्यसकारण ट्याटुमा नाम दीपक लेखिदिए ।’
कसरी पुगे नेपालगन्ज ?
करिब ६ दिनअघि राति सुतेको समयमा एकाएक उठाएरविज्ञानलाई गाडीमा हालियो । ॅराति साढे दुईबजेतिर हुनुपर्छ । म त्यतिबेला बेहोस् थिएं कि जस्तो लाग्छ,’विज्ञानले भने, ॅगाडीमा हालेर करिब दुईघण्टाजति कुदाइयो । अनि एक घना जंगलको बिचमा छाडेर उनीहरु हिंडे,’ उनले भने ।
विज्ञानका अनुसार उनी कमजोर हुँदै गएको,उमेर ढल्किन लागेको, पेट चिरेको र निरन्तर बिरामी परिरहने भएका कारण उनीहरुले अन्तमा जंगलमा छाडेर गएका हुनसक्छन् । ॅपहिले मोटोघाटो र हृष्टपुष्ट थिएँ । पेट चिरिसकेपछि निरन्तर दुब्लाउँदै र कमजोर हुँदै गएँ,’ उनले भने ।
त्यो जंगल काठमाडौंको बल्खु आसपासको रहेको विज्ञान बताउँछन् । उनलाई जंगल काट्नै पाँच घण्टा लाग्यो । ॅअग्लो पहाड काटेर म एक मान्छे नै मान्छे भएको चोकमा आइपुगें । त्यहाँ यो कुन ठाउँ भनेर सोध्दा एकजनाले बल्खु हो भनेका थिए,’ उनले भने ।
न जाने गन्तव्य न होस्को ठेगान । गलेको शरीर, मतिष्कमा अनेक त्रास, आशंका र अविश्वास बोकेर शहरमा दुई घण्टा कता हो कता हिडे । त्यसपछि एउटा ट्रकको पछाडि झुण्डिएर उनी तराईं झरे । ॅट्रकबाट झर्दा अँध्यारो भइसकेको थियो। कुन ठाउँ हो थाहा भएन । सडकमा रुँदै हिडिरहेको थिएँ । एकजना दाई आएर सोध्नुभयो । सबैकुरा बताएँ । उहाँले मिडियामा जाउ भनेर भन्नुभयो । त्यो दिन पहिलोपटक ॅमिडिया’ शब्द सुनेको थिएँ,’उनले भने, ॅकहाँ हो ? के हो?मिडिया थाहा थिएन । उहाँले पाँच सय रुपैयाँ भारु दिनुभयो। त्यसैले खाना खाँदै दुईदिन हिँडेर यहाँ आइपुगें,’ विज्ञानले भने ।
नेपालगन्जमा पनि उनी करिब तीन दिन यताउता भौतारिए । नेपालगन्ज किन आउनुभयो ? भन्ने प्रश्नमा उनले भने, ॅमलाई थाहै छैन म कहाँ आइपुगेको छु । जता गाडी र खुट्टाले डोर्यायो त्यतै हिँड्दै आएँ,’ उनले भने,ॅयहाँ आइपुगेपछि आमा बुवाको अनुहार देखिहाल्छु कि भनेर पुरुषका अनुहार हेर्दै हिंडे । आमाको अनुहार देखिहाल्छु कि भनेर महिलाको अनुहार हेर्दै हिंडे । तर भेटिनं,’ उनले भने ।
अहिले त महिलाहरुलाई देख्यो भने आमा भेट्ने आशाभन्दा तीनै बन्धक बनाएर शोषण गर्ने महिलाको अनुहार आँखाअघि आउने गरेको विज्ञान बताउँछन् । मान्छेको विश्वास लाग्न छाडिसकेको उनी बताउँछन् । ॅएकदुई ठाउँमा पुलिसलाई आफ्नो पीडा सुनाएर सहयोग माग्न खोजें । तर, हामी के गर्न सक्छौँ र ? भने’ उनले भावुक हुँदै अनुभव सुनाए ।
मंगलबार साँझ सेतु विक चोकमा पुगेका उनले मिडिया कहाँ छ? भनेर एक प्रहरीलाई सोधे । चोकमा खटेका प्रहरीले कालपृष्ठको कार्यालय देखाईदिए । कालपृष्ठले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेलाई सुम्पिएको छ ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उनलाई बुधबार विस्तृत रुपमा सोधपुछ गरेर थप प्रकृया अघि बढाउने बताएका छन् । ॅती मान्छे अलि मानसिक रुपले डिस्टर्ब जस्तो पनि देखिन्छन् । आज आराम गर्न दिएर भोली सोधपुछ गर्ने योजना बनाएका छौँ,’ रानाले भने । (स्राेत मिडिय सेन्टर, फेसबुुक)