
नेपालगन्ज, ४ चैत्र – गत माघ १६ गते कक्षा ९ मा अध्ययनरत नाबालक रेखा (नाम परिवर्तन) एस.ई.ई. परीक्षा फारम भर्ना विद्यालय गएको बेला नेपालगन्ज वडा नं. ४ घोसी टोल बस्ने असलम हलवाईका छोरा वर्ष २० का जुनेद हलवाईले चाकुको डरमा उठाई लगेको अपराधीलाई मंगलबार राती पक्राउ गरिएको छ ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौ, उत्तरप्रदेश पुलिसको एसटिएफ र जिल्ला प्रहरी बाँकेका प्रवक्ता सुभाष खड्काको नेतृत्वमा मंगलबार राती फरार अपराधी जुनेद हलवाईलाई पक्राउ गरिएको स्रोतले बताएको छ ।
फागुन २ गतेदेखि निरन्तर रुपमा फरार अपराधीको दैनिक चिनचर्याको निगरानी गर्दै आईरहेको जानकारी गराउ“दै स्रोतले भन्यो– ‘लखनऊबाट प्रहरी सुरक्षा निकायका एसटिएफलाई समन्वय गरी, प्रहरी प्रधान कार्यालय काठमाण्डौ, एसटिएफका सुरक्षाकर्मी र बाँके प्रहरी प्रवक्ता डिएसपी खड्काको कमाण्डमा मंगलबार अपराधी जुनेद हलवाईलाई पक्राउ गर्न सफल भएको बताए ।’
पक्राउ परेका अपराधी जुनेद हलवाई जमुनहा बजारमा एक हप्तादेखि मामा मोहम्मद हासिमको घरमा बस्दै आएको झुठो समाचार “सबसे तेज खबर सराबस्ती” नामक भारतीय सञ्चार संस्थाले जनाएको छ ।
भारतीय सञ्चार संस्थाका अनुसार ३ वटा मोटरसाईकलमा सवार ६ जनाले अपहरण गरी लगेको जनाउँदै स्थानीय पुलिस तथा एसएसबीको कार्यालय घटनाको केही दुरीमा भएर समेत अपहरणकारीहरुलाई पक्राउ गर्न नसकेको झुठो खबर फैलाएको सार्वजनिक सञ्चालको स्टाटलबाट समेत प्रष्ट भएको पाईन्छ । अपराधीको नेटवर्क कतिसम्म बलियो थियो भन्ने कुरा यस घटनाबाट प्रष्ट बुझ्न सकिन्छ । यस खबरमार्फत अपराधीलाई पैसा र राजनीतिक दबावमा जोगाउन खोजिएको प्रष्ट देखिन्छ ।
स्मरण रहोस् पीडक जुनेद हलवाईले १६ वर्षीया किशोरीलाई बसपार्क स्थिति रहेको अछामी होटल कोठामा चाकु देखाई डर–धाक लगाई जबरजस्ती करणी गर्न खोज्द निज पीडितले प्रतिकार गरेकी थिईन । पीडित किशोरीले प्रतिकार गरेपछि पीडक जुनेद हलवाईले ज्यानै मार्ने उद्देश्यका साथ किशोरीलाई डोरीले घाँटी कसी बेहोस हुँदासम्म लात्ती, मुक्का, जुत्ताले पिडाई गरेको पीडितकी आमाले बताएकी थिईन ।
पीडितकी आमाका अनुसार छोरी होसमा आएर होटल कै रुमबाट चिच्याएपछि होटलवालाले थाहा पाएर उद्दार गरी अस्पताल पु¥याएका थिए । केही समयको आकस्मिक उपचारपछि उनलाई नेपालगन्जको एक सेल्टर होम संस्था मार्फत हालसम्म राखिएको छ ।
घटना जानकारी भएलगत्तै पीडितकी आमाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्न गएको जानकारी गराउँदै माघ २५ गतेका दिन प्रहरीद्वारा किटानी जाहेरी दर्ता गराएकी थिईन ।
‘बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि घाँटी च्यापी, डोरीले बाँधेर, लात्ती–मुक्काले हानेर बेहोस बनाए,’ पीडितकी आमाले भनिन्,– ‘मुख, नाक, कान, घाँटी, आँखा लगायत शरीरको अंगहरुमा गहिरो चोट लागेको र रगत निस्केको घटना स्मरण गर्दै रुंदै बताईन् ।’
पीडितकी आमाका अनुसार छोरीसित भएको एक थान मोबाईल, आठ आना बराबर कानमा लगाएको सुनको झुम्का, ४ तोला बराबर हातमा लगाउने चाँदीको ब्रासलेटलगायतका सामान समेत पीडक जुनेद हलवाईले लगेको बताईन् ।
सोही घटना बारे विगतदेखि हालसम्म विभिन्न संघसंस्थाहरुले सम्बन्धित प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानालाई भेटन डेलिगेशन गएको थियो भने नेपालगन्जको मुटु त्रिभुवन चौकमा हप्तौदिनसम्म कैण्डिल मार्च समेत गरिएको थियो । त्यतिसम्म गर्दा समेत अपराधी पक्राउ नपरेपछि सामाजिक संघ संस्थाहरुले जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसलगत्तै विभिन्न विद्यालयहरुबाट अपराधी पक्राउ गर्न सडक नाटक, महिला हिंसा बन्द गरौं, जस्तो कार्यहरु गर्दै आएका थिए ।


