Monday, April 27सत्यम खबर
Shadow

फोहोर पानीतर्फ ध्यान कहिले जाने ? कालोबजारी गर्ने दुई तरकारी पसलेलाई कारवाही,

नेपालगन्ज १०, बैशाख बुधबार राती ८ बजेदेखि कोभिड–१९ को महामारीलाई नियन्त्रण गर्न स्थानीय प्रशासन र डिसिएमएमसिले बँँके जिल्लामा लकडाउन लगाउने निर्णय गरेसँगै यहाँका व्यापारीहरुले आफु अनुकूल खाद्याय सामाग्रीको मूल्य बृद्धि गर्दै आएका थिए । खासगरी हरियो तरकारीमा अत्याधिक मूल्य बृद्धिको समाचारलाई प्राथमिकता दिईएको थियो ।


सोही मूल्य बृद्धिको विषयलाई यहाँ रहेका सञ्चारगृहहरुले प्राथमिकताका साथ उठान गरेपछि स्थानीय प्रशासन र सम्बन्धित जनप्रतिनिधिहरुको आँखा नै खुलेको अभाव भयो । त्यसको परिणाम हो आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर सहित वाणिज्य वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंच बाँकेका अध्यक्ष बसन्त गौतम लगायतको बजार अनुगमन टोलिले नेपालगन्जको मुख्य तरकारी बजार रानीतलाऊ र बिपिचोक क्षेत्रमा अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा तरकारी लुकाई छिपाई भण्डारण गरि राखेको एक तरकारी पसल र बिल जारी नगर्ने, खरिद बिल नराख्ने र मुल्य सूची अद्यावधिक नगर्ने अर्को तरकारी पसललाई बीस÷बीस हजार रुपैंया तत्काल जरिवाना गरिएको उपमेयरको सचिवालयद्वारा जनाईएको छ ।
अनुगमनका क्रममा मुल्य वृद्धि नगर्न, कृत्रिम अभाव सृजना नगर्न, मुल्य सूची राख्न र अनुचित व्यावसायिक क्रियाकलाप नगर्न व्यवसायीलाई निर्देशन दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाईंले जानकारी गराउनुभयो ।


यसैगरी, त्रिभुवन चौक पूर्वलाईन तर्फ नेपाल खानेपानी संस्थानद्वारा पानी पाईपलाईनमा गन्धाउने पानी आएको जनगुनासो आएको छ । यो लकडाउनको बेला भनौ वा मानिसको जीवनमा नै महत्वपूर्ण स्थान राख्ने बहुमूल्य पदार्थको रुपमा रहेको पानीमा हिलो हुनु आफैमा दुर्भाग्यपूर्ण भएको अग्रज स्थानीय सञ्चारकर्मी अजयकुमार गुप्ता बताउँछन् ।
अग्रज पत्रकार गुप्ताका अनुसार आज बिहान पानीको धाराबाट गन्धाउने र फोहोर भएको पानी पाईपलाईनबाट आएको छ । त्यस्तो बेला जब बाँके जिल्लाको नेपालगन्ज नगरी कोरोनाको हटस्पोर्ट बनेको छ । त्यसमा पानीको पहुँचमा लापरवाही कदापि सहन सकिंदैन । यसतर्फ सम्बन्धित पक्षको ध्यान हालसम्म किन गएको छैन भनी प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *