Sunday, June 28सत्यम खबर
Shadow

अपराध

चीनले लगायो १० गजा मै बार

चीनले लगायो १० गजा मै बार

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार
गोरखा, १३ असार – गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै। गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएकाबारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्। भन्छिन्, ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजाभन्दा पर तारबार गरिए...
लागूऔषध अपराधमा १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

लागूऔषध अपराधमा १८ हजारभन्दा बढी चिनियाँ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार –लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजारभन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनामा उनीहरूलाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो ।यो वर्षको पहिलो पाँच महिनामा देशभरबाट सात टनभन्दा बढी लागूऔषध बरामद गरिएको जनाउँदै उक्त मन्त्रालयले लागूऔषधविरुद्ध कठोर नीति अवलम्बन गरिएको बताएको छ । लागूपदार्थविरुद्धको देशव्यापी अभियान पनि जारी रहने उक्त मन्त्रालयले जनाएको छ । लागूऔषध नियन्त्रण विभागका अनुसार बितेका पाँच वर्षमा चार लाख ५१ हजार लागूऔषधसम्बन्धी अपराध पदाफार भएका छन्, भने पाँच लाख ८८ हजार अभियुक्तलाई हिरासतमा लिइएको छ । सोही अवधिमा तीन सय पाँच टन लागूऔषध बरामद भएको छ ।देशको लागूऔषधविरुद्धको अवस्थामा निरन्तर सुधार भइरहेको जनाउँदै सार्वजनिक सुरक्षा मन्त्रालयले लागूऔषध नियन्त्रण प्रणाली र क्षमतालाई पनि आधुनिकीकरण गर्ने थप प्र...
मलद्वारमा लुकाएरकाे २ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

मलद्वारमा लुकाएरकाे २ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असार - नेपालगन्जको सीमानाका जमुनाहबाट चेकजाँच गर्दा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौसलीया नगर बस्ने ३० वर्षीय प्रकाश रोकाय तथा मुगु छ्यानाथ रारा नगरपालिका वडा ३बस्ने ३० वर्षीय श्रीबहादुर खडका रहेका छन् । सीमानाका जमुनाहमा सुरक्षार्थ खटेका प्रहरी जवानलाई शंका लागेर चेकजाँच गर्दा लागू औषध बरामद भएकाे थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाशको मलद्वारमा लुकाएर राखेकाे आन्दजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो । पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
‘मोहम्मदको अपमानको बदला’ : आईएस

‘मोहम्मदको अपमानको बदला’ : आईएस

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ असार – धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ । शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए। साथै सात जना घाइते भएका थिए।उक्त आक्रमणको केही घण्टापछि इस्लामिक स्टेटले भारतमा सत्तारुढ दलका नेताले इस्लामिक धर्मगुरुमाथि अपमान गरेको भन्दै त्यसको बदलास्वरुप हमला गरेको जनाएको छ।यस क्रममा आईएसआईएसले आफ्ना एक कार्यकर्तामार्फत् आत्मघाती हमला गरेको जनाएको छ। (पूर्वपश्चिम अनलाईन)...
“नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप“

“नेपालको मदरसामा आतंकवादी लुकेको भारतको आरोप“

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कंचनपुर, ७ असार – भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारत विरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल–भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप (जेडब्लजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो । नेपाल–भारत सीमा व्यवस्थापनको १२ औँ बैठकमा भारतीय पक्षले सीमा सम्बन्धी विविध पक्षलाई पन्छाउँदै धार्मिक गतिविधिका नाममा नेपालका मदरसाबाट भारत विरोधी आतङ्कवादी काम भइरहेको आरोप लगाएपछि नेपाली पक्षले प्रतिवाद गरेको थियो ।बैठक बुधबार र बिहीबार नयाँ दिल्लीमा बसेको थियो । वार्तामा नेपाली टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव एवं शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले गरेका थिए । भारतीय टोलीको नेतृत्व त्यहाँको गृह मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन विभागका प्रमुख सहसचिव आशीष कुमारले गरेका थिए । (नागरिक दैनिकबाट)...
धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

धार्मिक भावना भड्काउनेलाई कडा कारवाहीको माग गर्दै ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको धार्मिक सद्भाव बिथोल्ने तत्व सक्रिय रहेको अवस्थामा धार्मिक, सामाजिक तथा नागरिक समाजको अगुवाहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बा“केका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।शोसल मिडिया लगायत साधनबाट धार्मिक आस्था माथि अपशब्द बोल्ने, लेख्ने, शेयर गर्ने धार्मिक भावना भड्काउने जो सुकै धर्मका व्यक्तिहरू विरूद्ध कडा कार्यवाहीको मांग गर्दै जिल्ला प्रशासन कार्यालय बा“केमा ज्ञापनपत्र बुझाईएको नागरिक अगुवा दिपक लोधले बताए । राष्ट्र धर्मगुरू महन्त चन्दननाथ योगी, इस्लाम धर्मगुरू मौलाना जब्बार, क्रिश्चियन धर्मगुरू, बौध्दीष्ट धर्मगुरू, राधे–राधे धर्मगुरू, भरत गुरू कथा वाचक, धार्मिक अगुवा कृष्णबहादुर यादव, नेपाल शिवसेना उपाध्यक्ष किशोर लामा, नेपाली का“ग्रेसका युवा नेता सुधांसु कोइराला, नागरिक अगुवा दिपक लोध राजपुत, मुस्लिम अगुवा मे...
सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

सत्यतथ्य छानबिनको माग गर्दै सिंह र रौनियारद्वारा प्रजिअलाई ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ असार – नेपालगन्जको सदभावलाई बिथोल्न केही तत्वहरु लागि परेको हाल अभाष भईरहेको नेपालगन्जबासीहरुको भनाई रहेको छ । केही दिन अगाडी भारतीय मिडियाको एउटा च्यानेलमा भारतीय जनता दलकी प्रवक्ता नूपुर शर्माले डिबेडका क्रममा मुस्लिम धर्मावलम्बीहरुको अन्तिम सन्देष्टबारे अभद्र टिप्पणी गरेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । सोही विषयलाई लिएर नेपालगन्जमा बसोबास गर्ने मुस्लिम धर्मावलम्बीहरुले गत शुक्रबार प्रवक्ता नूपुर शर्मा तथा नेपालगन्ज निवासी राजेश जलान ‘विद्रोही’लाई कानुनी कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । त्यस लगत्तै सार्वजनिक सञ्चालमा नूपुर शर्मा र राजेश जलान ‘विद्रोही’ को स्पोर्टमा स्टाटसहरु जारी हुन शुरु भयो । सो प्रक्रिया रोक्न, सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा सार्वजनिक सूचना नै जारी गरिएको छ । सोही विषयलाई लिएर बुधबार विश्व हिन्दु पर...
“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् । ...
मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ - राजेश जालान "विद्राेही" नामकाे फेसबुक एकाउण्टबाट इस्लाम धर्मका विरुद्ध सार्वजनिक सञ्जालमा अभिव्यक्तिप्रति आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । इस्लाम धर्म विरुद्ध सार्वजनिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएकाे विषय सार्वजनिक भएदेखि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन् । जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतकाे विवादलाई नेपालमा गराउने खालकाे स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै युथटुडेका सम्पादक आलम खानद्वारा ज्ञापनपत्र बुझाइएको हो । कुनै पनि व्यक्तिले सद्भाव बिग्रिने खालकाे अभिव्यक्ति दिन नहुने बताउँदै नेपालगन्जकाे सद्भाव बिग्रिन सक्ने भएकाे हुँदा विवादास्पद धार्मिक अभिव्यक्ति दिने जालानमाथि तत्काल कारवाही गर्न प्रमुख जिल्ल...
शेखमाथी भएको हातपातको घटनाप्रति युनियन बाँकेकाे गम्भिर ध्यानाकर्षण

शेखमाथी भएको हातपातको घटनाप्रति युनियन बाँकेकाे गम्भिर ध्यानाकर्षण

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका प्रभात घोषणा राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत सञ्चारकर्मी सलामत अलि शेखमाथी भएको हातपात एवम् दुर्ब्यबहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सेवाग्राहीलाई लामो समयदेखी सिफारिस रोकेको भन्दै बिहीबार बिहान वडा नम्बर १८ का स्थानीय बासिन्दाहरु वडा कार्यालयमा पुगेका बेला विवाद उत्पन्न भएको थियो । वडाअध्यक्षको कार्यकक्षमा उत्पन्न भएको विवाद सम्बन्धी भिडियो खिच्ने क्रममा वडा नम्बर १८ का वडाअध्यक्ष दीपककुमार बर्माले एक्कासी आएर आफ्नो घाँटी समात्दै मोबाईल खोस्ने प्रयास गरेको र वडाअध्यक्षकै निर्देशनमा त्यहाँ पुगेका प्रहरीले आफुलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएको पीडित शेखले बताएका छन् ।  युनियन बाँकेका सचिव विजय मल्लले बिहीबार एक विज्ञप्ती ज...