
नेपालगन्ज, ७ असार – नेपालगन्जको सीमानाका जमुनाहबाट चेकजाँच गर्दा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौसलीया नगर बस्ने ३० वर्षीय प्रकाश रोकाय तथा मुगु छ्यानाथ रारा नगरपालिका वडा ३बस्ने ३० वर्षीय श्रीबहादुर खडका रहेका छन् ।
सीमानाका जमुनाहमा सुरक्षार्थ खटेका प्रहरी जवानलाई शंका लागेर चेकजाँच गर्दा लागू औषध बरामद भएकाे थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाशको मलद्वारमा लुकाएर राखेकाे आन्दजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
