Sunday, November 24सत्यम खबर
Shadow

भारत-चीन सीमामा चीनले रच्दैछ ठूलो षडयन्त्र, एलएसीमा निर्माण गर्दैछ सेल्टर

काठमाण्डौ, २५ मंसिर – भारत–चीन सीमामा हाल फेरि एकपल्ट ठूलो हलचल उत्पन्न भएको छ। गुप्त रिपोर्टहरूका अनुसार यस अवधिमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीचको स्थिति सन् २०२० भन्दा बढी तनावपूर्ण हुने भएको छ। उक्त तनावको कारण स्पष्ट छ, यसपटक चीनले लद्दाख क्षेत्रमा गलवानभन्दा ठूलो षड्यन्त्र गर्न खोजिरहेको छ। स्थिति कस्तो छ भने चिनियाँ सेनाले एलएसीको धेरै विवादित क्षेत्रमा सेल्टर निर्माण गरेका छन् र त्यसमा डटिरहेका छन्। अब चिनियाँ सैनिकले भारतीय सेनामाथि दबाब दिनका लागि एकजुट भइरहेका छन्।

चीनले यस पटक सबैभन्दा बढी अतिक्रमण उत्तरी लद्दाख क्षेत्रमा गरेको छ, यहाँको देपसाङ क्षेत्रमा चिनियाँ सैनिकले २०० भन्दा अधिक सेल्टर बनाएका छन्। चिनियाँ सैनिकहरू अहिले यी सेल्टरहरूमा खडा छन्। अब चिनियाँ सेना कुनै पनि हालतमा यी क्षेत्रबाट पछि हट्न चाहँदैनन्, जबकि जुन ठाउँहरूमा सेल्टरहरू बनेका छन्, तीमध्ये धेरै ठाउँ विवादित क्षेत्रका अंश हुन्। यसअघि पनि भारतीय सैनिकले ती क्षेत्रमा गस्ती गर्दै आएका थिए। तर अहिले चिनियाँ सैनिकको उपस्थितिका कारण भारतीय सेना ती क्षेत्रमा गस्ती गर्न जान सकेका छैनन्। जसका कारण दुई सेनाबीच तनाव बढ्दै गइरहेको छ।

चिनियाँ सेनाले २०२० मा लद्दाखका ५ वटा क्षेत्रमा अतिक्रमण गरेको थियो, जहाँबाट उनीहरू फर्किसकेका छन्, तर देप्साङ र दमचोकमा पहिलेकै अतिक्रमण कायमै छ। देप्साङमा चिनियाँ सैनिकको उपस्थितिका कारण भारतीय सेनाले परम्परागत गस्ती केन्द्र (पीपी) १०, ११, १२, १३, १४ माथि जान सकिरहेका छैनन्। वरिष्ठ कमाण्डर तहको वार्तामा भारतले देप्साङ र दमचोकमा आपत्ति जनाउँदै आएको छ। देप्साङमा नयाँ सेल्टरको निर्माणबाट चिनियाँ जनमुक्ति सेनाको निकट भविष्यमा त्यहाँबाट हट्ने कुनै उद्देश्य नरहेको स्पष्ट हुन्छ । कुस दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *