विज्ञापन बोर्डद्वारा कोकिला मिडियालाई दश हजार जरिबाना
नेपालगन्ज, २९ माघ – ‘विज्ञापन बोर्डले कोकिल मिडिया, अनामनगर, काठमाडौंलाई दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय गरेको छ । नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०।०६।१२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको हो । उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारण वापतप्रति स्पट रु.१०६।६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु.११।११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८।५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो ।’ विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमद...








