जानकी, २४ माघ – सामान्य सरसफाईकाे विषयमा भएकाे कुटपिटबाट बाँकेको जानकी गाउँपालिका वडा नं. १ बढैयाका २२ वर्षीय युवक मुनिर खाँको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुनिर खाँको उपचारका क्रममा आज बुधबार बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।
गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिर खाँलाई कुटपिट गरी घाइते बनाएका थिए । उनकाे टाउकाेमा गम्भीर चाेट लागेकाे हुँदा ब्रेन डेट भएकाे तथा उनलाई आईसियुमा भेन्टीलेटरमा राखिएकाे उनकै गाउँलेहरूकाे भनाई रहेकाे छ ।
यता उक्त घटनामा घाईते भई पीडित उपचाररत भएदेखि नै पीडक पक्षका सबै घरपरिवार सम्पर्क बिहिन भएकाे स्राेतकाे भनाई रहेकाे छ ।
मृतक मुनिरको शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई बुझाइएको छ ।
मुनिरलाई कुटपिट गर्ने उक्त व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।