Wednesday, May 6सत्यम खबर
Shadow

दक्षिण पश्चिम पाकिस्तानको निर्वाचन कार्यालयमा बिस्फोट हुँदा ८ जनाको मृत्यु

काठमाण्डौ, २६ माघ – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बिस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र सरकारी अधिकारीहरूले बताएका छन् । प्रान्तको पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै बिष्फोट भएको जिल्लाका उपायुक्त पिसिन जुमादाद खान मण्डुखेलले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भयो ।

बिस्फोटलगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो । बिस्फोटको कारण अझै खुल्न सकेको छैन । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *