नेपालमा आइएसआइएसका मतियार रहेको आशंका, डिएसपी पनि मुछिए
काठमाण्डौ, २५ भाद्र – आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आइएसआइएससँग आर्थिक कारोबारमा जोडिएका व्यक्तिसँग नेपाल प्रहरीका डिएसपीको सम्पर्क देखिएपछि नेपालमै उक्त संगठनका एजेन्ट (मतियार) रहेको आशंका गरिएको छ। इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरले अतिवादी संगठनका मतियारहरू नेपालमा पनि हुन सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धानका लागि आग्रह गरेको छ।
इन्टरपोल अन्तरदेशीय रूपमा हुने अपराधविरुद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो। इन्टरपोलले संकेत गरेको अतिवादी संगठन आइएसआइएस (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) हो। यसलाई आइएसको इस्लामिक स्टेट भनेर पनि चिनिन्छ। इराक र सिरियासँगै खाडीका र अफ्रिकी मुलुकमा आइएसआइएसको ठुलो सञ्जाल रहेको प्रहरीको दाबी छ। ‘नेपाल प्रहरीका एक डिएसपीको आइएसआइएससँग जोडिएका व्यक्तिसँग सम्पर्क देखिएको विषयमा आन्तरिक रूपमा अनुसन्धान भइरहेको छ...









