
घाँटी रेटी हत्या आरोपमा एक पक्राउ
बारा : घाँटी रेटी महिलाको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा बारामा एकजना पक्राउ परेका छन्। असोज ६ गते बारा कलैया उपमहानगरपालिका १३ वलिरामपुरकी ४५ की सियापित देवी धोबिनको हत्या आरोपमा प्रहरीले स्थानीय २८ वर्षीय रबिन महतो धानुकलाई पक्राउ परेकाे हो।
उनलाई कलैया १० मटिअर्वास्थित सीमावर्ती क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला परी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले भने,‘ ‘गाउँदेखि करिव एक किलाेमिटर दक्षिण-पूर्व पसाह खोला किनारमा रहेको आफ्नै खेतमा खर काट्न गएकी सियापित देवीलाई रबिनले हत्या गरेका रहेछन्।
पत्नीकाे सहयाेगमा सयापित देवी एक्लै भएको अवस्थामा हँसियाले घाटी रेटी हत्या गरेका थिए।’ हत्यापछि रबिन फरार थिए। हत्यामा संलग्न रहेकी रबिनकी पत्नी भने अझै फरार छन्। मृतक सियापति देवी र पक्राउ परेका रविनको ब...