
बाँकेको सडक दुर्घटनामा मृतक र घाईते सबैको सनाखत
सत्यम खबर
बाँके,२० असोज । बाँकेको राप्ती सोनारी गाउँपालिका ९ मुगु खोला नजिकै शनिवार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने सबै जनाको सनाखत भएको छ ।
दाङबाट नेपालगञ्ज आईरहेको रा १ ज १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किँदा ६ जनाको मृत्यु भएको हो भने १७ जना घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा बिहान ९ बजे भएको दुर्घटनामा हायसमा सवार २३ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २ जनाको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।
घटनामा पश्चिम दाङकी ३० वर्षीया तुल्सी रावत, तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने २८ बर्षीया बसन्ती चौधरी, सोही ठाँउ बस्ने ५० बर्षीया नारायणी श्रीष, तुलसीपुर ६ का हायस चालक ३८ बर्षीय सुवन च...