Thursday, November 21सत्यम खबर
Shadow

विपत प्रभावित क्षेत्रमा राजदुत केडीद्धारा अवलोकन

बाँके, १९ असोज । युरोपियन युनियनकी राजदुत भेरोडिना केडीले बाँकेको डुडुवा गाउँपालिका अन्र्तगत बाढी र डुबानबाट प्रभावित क्षेत्रको अवलोकन तथा बाढी पिडितसंग भेटघाट गरेकि छन ।
उनले विपत प्रभावित क्षेत्र गाउँपालिकाको होलिया आसपास राप्ती नदीको कटानको अवलोकन गरिन । अवलोकनपछि गाउँमा आयोजित स्थानीयसंगको भेटघाट क्रममा उनले बाढी डुबानको समस्याले चिन्तित भएको बताउदै विपत व्यवस्थापनका लागि गाउँपालिकाले बनाएको योजना राम्रो रहेको बताईन ।
केडीले विपत आएको अवस्थाका बारेमा स्थानीयहरुको अनुभव सुन्दै महिला, गर्भवती, बालबालिका र बृद्धलाई विपतबाट कसरी जोगाउने सो सम्वन्धी कार्यक्रमका बारेमा जानकारी लिईन ।
त्यसक्रममा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका क्षेत्रमा विपत व्यवस्थापनको अवस्थाका बारेमा जानकारी गराउदै जिल्लाकै अति प्रभावित क्षेत्र रहेकाले पञ्चबर्षिय योजना निमार्ण गरि कार्य गरिरहेको बताए ।
उनले विपतबाट जोगाउन नदी कटानको नियन्त्रण, आश्रय स्थल निमार्ण नागरिक पुर्नस्थापना गर्नु रहेको बताउदै त्यसका लागि दातृ निकायको ध्यानकषर्ण गराएका थिए । प्रमुख चौधरीले गाउँपालिकाले आश्रयस्थलको निमार्ण, रबर बोटको व्यवस्थापन गरिरहेको भन्दै गत बर्ष प्रभावित क्षेत्रमा ३ वटा आश्रय स्थल निमार्ण गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी बाँकेको पहलमा राजदुत बाढी प्रभावित क्षेत्रको अवलोकन तथा स्थानीयसंग भेटघाट गरेकि हुन । कार्यक्रममा रेडक्रस बाँके सभापति गोर्बद्धनसिंह सम्झना, गाउँपालिका उपाध्यक्ष साहिदा बानौ, लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच राजदुत केडीले बिहीवार राप्ती सोनारी गाउँपालिका वडा नं. ३, ५ र ६ मा “बाढी प्रभावित बालबालिका तथा तिनीहरुको परिवारका लागि विपद पुनर्लाभ परियोजना” हस्तान्तरण गर्न पुगेकि थिईन ।
कार्यक्रमकी प्रमुख अतिथि एवम् राजदुत केडीले विपद पुनर्लाभ परियोजना मार्फत प्रत्यक्ष ९०० जना बाढी प्रभावितहरुलाई फाईदा पुगेको हुनाले आफू आउने दिनमा स्थानीय, प्रदेश र केन्द्रिय सरकारसित समेत सहकार्य गरी थप सहयोग गर्न तयार भएको बताएकी थिईन ।
त्यसैगरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले पुरोपियन युनियनको सहयोगमा निर्माण गरिएको भवनलाई थप गति दिन वडा नं. ५ र वडा नं. ६ का बाढी प्रभावितहरुका लागि भवन निर्माण गर्ने बताए । वडा नं. ५ र ६ का बासिन्दाले विपदको सामना गर्दै आइरहेको स्मरण गराउँदै यसै आ.व. मा भवन निर्माण गर्ने तयारी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *