स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट
डुडुवा, २४ पौष – बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा जिल्ला मै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा स्वास्थ्य सूचकहरुको आधारमा प्राप्त कुल७९.३६ अंकका साथ डुडुवा सर्वोत्कृष्ट भएको हो ।
प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाण पत्रसंगै सम्मान गर्नुभयो । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘स्वास्थ्य सेवा तथा कार्यक्रमहरुको प्रथम चौमासिक अवधिको समिक्षा तथा कार्ययोजना गोष्ठी’ मा उत्कृष्ट पालिकाहरुलाई सम्मान गरिएको हो ।
स्वास्थ्य सेवा तथा कार्यक्रमहरु...









