मापदण्ड अनुसार बाटो निर्माण हुनुपर्ने वडाबासीको अडान
नेपालगन्ज, २४ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न निर्माण स्थानको विवादित स्थान मध्ये एक फुल्टेक्रा चोक पनि रहेको विगतदेखि सबैलाई सर्वविदितै रहेको छ । विगत वर्षमा एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा बाटो, नाली, नाला निर्माण कार्यसगै फुल्टेक्रा चोकको वरिपरि समेत निर्माण कार्य सम्पन्न गरिएको थियो ।तर चोकसम्म पुग्दा केही विवाद उत्पन्न हुदा सो स्थानमा निर्माण कार्यलाई थाती राखी विवाद समाधानपछि निर्माण कार्य गरिने एडिबिले सार्वजनिक गरिसकेको सबैलाई जानकारी भएको कुरा हो । वर्तमान अवस्थामा पुनः सोही विवादित स्थानमा एडिबिले निर्माण कार्य सञ्चालन गर्दा पुनः विवाद उत्पन्न भएको पाईन्छ । विवाद हेर्दा सामान्य जस्तै देखिएको हो तर कानुनी रुपमा कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने भएको हुँदा स्थानीय वडाबासीहरुले सबैलाई एउटै मापदण्ड अनुसार निर्माण कार्यमा सहयोग गर्नु पर्न...









