सरकारी निर्णय सर्वोच्चद्वारा बदरः काउन्सिल स्वायत्ततामाथिको हस्तक्षेपको सर्वत्र विरोध
काठमाडौ, ४ भाद्र– प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबारे सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगर्न र नगराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको छ । सरकारले साउन २६ गते काउन्सिलको ऐनविपरित हुने गरी नियमावली परिवर्तन गर्दै भदौ १ गते दुर्गा भण्डारीलाई नयाँ कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो ।
सरकारको हस्तक्षेप विरुद्ध काउन्सिल बोर्डले सर्वोच्चमा भदौ १ गते नै रिट दायर गरेकोमा बुधबार सुनुवाई गर्दै कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै नियमित कामकाज गर्ने गरी सर्वोच्चले अन्तरिम आदेश दिएको छ । साथै, सर्वोच्चले सरकारलाई नियमावली संशोधन गर्नुको कारण देखाउ आदेश दिएको छ । यहि बैशाख १७ गतेदेखि काउन्सिलका कार्यसमिति सदस्य शुभेच्छाबिन्दु तुलाधर र गोविन्दप्रसाद चौलागाईंको कार्यकाल सकिएपछि सोही स्थानमा सरकारले साउन ३२ गते दुर्गा भण्डारी र दीपक पाण्डेलाई नियुक्त गरेकोमा लगत्तै भदौ १ गते सरकार...









