चीनकी ‘ब्युटिफुल गभर्नर’ लाई १३ बर्षको जेल सजाय
काठमाण्डौ, ६ असोज – चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ । ५२ वर्षीय झोङ याङ ७१ करोड रुपैयाँ घुस लिएको र उनीसँग काम गर्ने ५८ जनासँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी छन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी छन् । उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन् । जनवरी २०२३ मा, चीनको गुइझोउ रेडियोले आफ्नो रिपोर्टमा झोङसँग सम्बन्धित विवादहरू उल्लेख गरेको थियो । सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो । एउटा मामलामा, झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएकी तिहीं । यस व्यापा...









