तातोपानीमा सीमा सुरक्षा बैठक : ९ वर्षपछि चरिचरन क्षेत्र खुला, दसैंका सामान भित्रने
नेपाल र चिनियाँ अधिकारीहरूबीच सीमा सुरक्षा बैठक
काठमाण्डौ, ९ असोज – नेपाल र चीनका प्रशासनका अधिकारीबीच चरिचरन क्षेत्र खोल्ने र दसैं लक्षित कन्टेनर छोड्नेजस्ता महत्त्वपूर्ण सहमति भएको छ ।
जिल्लाको भोटेकोसी गाँउपालिका वडा नम्बर २ तातोपानीबाट चीन जोड्ने नाकाको लिपिङपारी झाङ्मुमा शनिबार नेपाल-चीनका स्थानीय प्रशासन र सुरक्षा अधिकारीबीच अनौपचारिक बैठक तथा छलफलमा सहमति भएको हो।
प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार लिपिङ पारी चिनियाँ बजार झाङ्मुको प्रशासनिक भवनमा भएको छलफल तथा बैठकमा चिनियाँ पक्ष यहाँ उठेका समस्या समाधान गर्न सकरात्मक छन् । चीनले खासा बजार पुनर्निर्माण गरिरहँदा केही समयदेखि चिनियाँ मालवाहक प्रोटोकलअनुरुप थोरै कन्टेनर मात्रै भित्रिँदा दसैं लक्षित सामग्री समयमा बजारमा पुर्याउन नसक्ने त्रासमा व्यापारी थिए । 'त्यो समस्या मुख्य रुपमा उठायौं, यसप्रति चीन सकरात्मक देखिएको छ, च...









