ज्वाला सिंह समूहका राढ पक्राउ
नेपालगन्ज, २० श्रावण–सशस्त्र भुमिगत समुह तराई जनतान्त्रीक मुक्ती मोर्चा (ज्वाला सिंह) मा आवद्ध रहँदा राढ हत्या, अपहरण, फिरौती माग तथा बम बिस्फोट गर्ने जस्ता विभिन्न अपराधमा संलग्न हुँदै आएका । मालपोत र भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको अभियोगमा अदालतबाट जेल सजाय सुनाईएको ब्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०६८ सालको मंसिर १४ गते डुडुवा गाँउपालिका ६ का केशव राढले भुमीसुधार र मालपोत कार्यालय तथा ०६८ चैत्र ६ गते गनापुरको अधिकारी फ्याक्ट्रीमा बम बिस्फोट गराएका थिए । भुमीसुधार कार्यालय बाँकेमा बम बिस्फोट गराएको मुद्दामा जिल्ला अदालत बाँकेले राढलाई ६ महिना जेल तथा ५ हजार जरिवानाको फैसला गरेको थियो । त्यसैगरी मालपोत कार्यालयमा बम बिस्फोट गराएको घटनामा समेत जिल्ला अदालत बाँकेले सोही प्रकृतीको सजाय सुनाएको थियो । गनापुरको अधिकारी फ्याक्ट्रीमा बम हानेको मुद्द...









