जापान : निर्वाचन गर्ने तयारीमा एलडीपी नेता इसिबा
काठमाण्डौ, १४ असोज – जापानका नव निर्वाचित लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) नेता शिगेरु इसिबाले आगामी आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर २७ का लागि आकस्मिक निर्वाचन गराउने तयारी रहेको बताएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
उनी अक्टोबर १ अर्थात् मंगलबार औपचारिक रूपमा जापानको प्रधानमन्त्रीको रूपमा नियुक्त हुनेछन् । संसद्मा बहुमत रहेको एलडिपीबाट शुक्रबार पार्टी नेता चुनिएपछि उनी प्रधानमन्त्रीको लागि निर्विकल्प उम्मेदवार बनेका हुन्।
इसिबाले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि अक्टोबर ९ मा संसद् विघटन गर्ने योजनालाई अन्तिम रूप दिइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले एलडीपी नेतृत्वको दौडमा भाग लिने मन्त्रिमण्डलका पूर्व मुख्यमन्त्री कत्सुनोबु कातोलाई अर्थमन्त्रीको रूपमा नियुक्त गर्ने सम्भावना प्रबल रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ मन्त्रीमण्डलम...









