Tuesday, November 4सत्यम खबर
Shadow

बिचार

स्थानीय सरकारसँग जनताकाे अपेक्षा

स्थानीय सरकारसँग जनताकाे अपेक्षा

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
-प्रेमचन्द्र झा मितिः २०८२ भदौ ९ गते, सोमबार नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणाली: संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तहलाई "सरकार" को रुपमा परिभाषा गरेको छ, जुन विगतको "स्थानीय निकाय" सँगको संरचनागत भिन्नता मात्र होइन, जिम्मेवारी र अधिकारको दृष्टिकोणले पनि एक क्रान्तिकारी परिवर्तन हो। नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सरकारको रुपमा स्पष्ट रुपमा परिभाषित गरेको छ। यसअघि स्थानीय निकायका रुपमा रहेका नगरपालिकाहरू, गाउँ विकास समिति (गाविस) हरूलाई नयाँ संरचनागत आधारमा स्थानीय सरकारको रुपमा पुनर्गठित गरिएको हो। संविधानको अनुसूची ८ ले स्थानीय तहका एकल अधिकारहरू तोकेको छ भने अनुसूची ९ ले संघ, प्रदेश र स्थानीय तहबीच सा...
मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
रमेश कुमार बोहोरा मितिः २०८२ भदौ ९ गते, सोमबार नेपालमा मिडियामा मदिराको विज्ञापन बन्द गर्ने सरकारी निर्णयले लामो समयदेखि बहस निम्त्याउँदै आएको छ । एकातिर यो स्वास्थ्य र सामाजिक दृष्टिले अपरिहार्य निर्णय हो भन्ने पक्षधरहरू छन् भने अर्कातिर यसले मिडियाको आम्दानीका स्रोतलाई थिचेर अभिव्यक्ति स्वतन्त्रता र व्यवसायिक टिकाउपनामा चुनौती खडा गरेको छ भन्ने मिडिया क्षेत्रका प्रतिनिधिहरूको दृष्टिकोण छ । खासगरी विज्ञापनमा निर्भर हुने निजी सञ्चार माध्यमहरूको दृष्टिकोणले यो विषयलाई गम्भीर ढंगले बुझ्नु जरुरी छ । नेपालमा सञ्चार माध्यमहरू प्रायः विज्ञापनबाट चल्ने भएकाले यस्तो निषेधले उनीहरूको अस्तित्व र दिगोपनामा प्रत्यक्ष प्रहार गरेको छ भन्ने तथ्यलाई बेवास्ता गर्न सकिँदैन । विज्ञापनको संरचनात्मक स्वरूपमा हेर्ने हो भने सरकारी निकाय, ठूला कम्पनी र बहुराष्ट्रिय उत्पादनकर्ताहरू मुख्य स्रोत हुन्छन् । यिनैम...
कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
-क्षितिज विक्रम खनाल मितिः२०८२ भदौ ७ गते, शनिबार मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरु र साक्षात् देवताको रूपमा पूजा गरिन्छ। पिताको अतुलनीय महत्त्वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृ ऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरूको व्यवस्था गरिएको छ। तीमध्ये कुशे औंसी, जसलाई गोकर्ण औंसी वा पितृ औंसी पनि भनिन्छ,अतः योएक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ। कुशे औंसीलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण पर्वका रूपमा हेरिन्छ। सनातन...
कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

कुशे औंसी : धार्मिक अनुष्ठान मात्र होइन, पीढीगत सम्बन्धको जीवित सेतु

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः२०८२ भदौ ७ गते, शनिबार हाम्रो देश नेपालको सांस्कृतिक चेतनामा जरा गाडेर बसेका पर्वहरूलाई नजिकबाट नियाल्दा प्रष्ट बुझ्न सकिन्छ कि तिनीहरू केवल धार्मिक अनुष्ठान वा कर्मकाण्डमा सीमित छैनन् । तिनीहरूले परिवार, समाज, मूल्य, अनुशासन, परम्परा र सामूहिक चेतनाको अदृश्य धागोलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा हरेक पर्वले फरक–फरक अर्थ बोकेका हुन्छन् । तर कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन जसलाई पितृ औंसी पनि भनिन्छ यस समाजका गहिरा भावनात्मक र सांस्कृतिक तहमा प्रभाव पार्ने विशेष पर्व हो । भाद्र कृष्ण औंसीका दिन मनाइने यो पर्व हिन्दू धर्मशास्त्रमा पितृ श्राद्ध र बुबाप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा चित्रण गरिएको छ । यो दिन अमावस्याको रात अर्थात चन्द्रमाको पूर्ण अभावको क्षणसँग गाँसिएको छ जसलाई अध्...
नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

नयाँ पुस्ताले राजनीति कसरी बदल्न सक्छ ?

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
-क्षितिज बिक्रम खनाल मितिः २०८२ भदौ ३ गते, मंगलबार "नेपालको राजनीति युवाको योगदान बिना अधुरो छ। सचेत मतदाता, दलभित्र सुधारकर्ता र वैकल्पिक नेतृत्वकर्ताले भ्रष्टाचार र अस्थिरतालाई चुनौती दिएर साहस, अनुशासन र दीर्घ दृष्टिकोणसहित नयाँ राजनीतिक युगको मार्ग प्रशस्त गर्न सक्छन्।" नेपालको राजनीतिक यात्रामा हरेक ठूलो परिवर्तनमा युवाको योगदान सधैं अग्रपंक्तिमा रह्यो। राणा शासनविरुद्धको विद्रोह होस् वा २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको जनआन्दोलन होस् वा गणतन्त्रको स्थापना, हरेक मोडमा युवाहरूले आफ्ना सपना, ऊर्जा र बलिदान दिएका छन्। तर विडम्बना के छ भने, आन्दोलनको नेतृत्वमा प्रायः पुराना नेताहरू नै कायम रहिरहेका छन। युवाले क्रान्ति जिते, तर निर्णय प्रक्रियामा पुरानै पुस्ता बसिरहे। यसरी नयाँ पुस्ता आन्दोलनमा प्रयोग हुने तर नेतृत्वमा पहुँच नपाउने चक्र निरन्तर दोहोरिँदै आएको छ। यो क्रमले युवाको ऊर्...
श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

श्रीकृष्णको जीवन दर्शन : आधुनिक समाजका लागि मार्गदर्शक शिक्षा

आस्था, धार्मिक, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
क्षितिज विक्रम खनाल मितिः २०८२/०४/३१ गते, शनिबार श्रीकृष्ण जन्माष्टमी हिन्दू सभ्यतामा विशेष महत्व राख्ने पर्व हो। यो पर्वले केवल धार्मिक भावनालाई मात्र जागृत गर्दैन, यसले ऐतिहासिक, सामाजिक र दार्शनिक दृष्टिले पनि गहिरो सन्देश दिन्छ। द्वापर युगमा कंशको बन्दीगृहमा जन्मिएका कृष्णको जीवन यात्रा असाधारण रह्यो। मथुराको अत्याचारी राजा कंश आफ्नै बहिनी र उनको सन्तानको शत्रु बनेको अवस्थामा वसुदेव र देवकीका छोरा कृष्ण जन्मिए। जन्मेको क्षणदेखि नै उनको जीवन जोखिमपूर्ण र संघर्षमय थियो। कंशले देवकीका सबै सन्तानलाई मारिरहेको समयमा कृष्णलाई सुरक्षित राख्न वसुदेवले यमुना नदी पार गरेर गोकुल पुर्याए। त्यहाँ यशोदा र नन्दको स्नेह र माया पाएर कृष्ण हुर्किए। यसरी उनको बाल्यकाल आम ग्वालबालसँग बित्यो। गोकुलमा हुर्किँदै गर्दा कृष्णको जीवन कथामा रमाइलोपन र गम्भीरता दुवै पाइन्छ। बाल्यकालमा उनले माखन चोरी गरेक...
नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

नेपालका मुल संकटहरु – भ्रष्टाचार, बेरोजगारी, अस्थिरता, सेवामा कमजोरी, र शिक्षामा गिरावट – सबैको मूल जड नै नैतिकताको अभाव

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
प्रेमचन्द्र झा मिति २०८२ श्रावण २९ गते, विहिबार नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो। यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो। हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ। नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ। जब व्यक्ति, परिवार, समाज, संस्था, र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ। तर अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ। मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन्। राजनीत...
अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

अर्थतन्त्रको मेरुदण्ड: उद्योगबिना सम्भव छैन

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
रमेश कुमार बोहोरा मितिः २०८२ श्रावण १६ गते, शुक्रबार आज नेपालले भोगिरहेको प्रमुख चुनौतीमध्ये रोजगारी अभाव सबैभन्दा गहिरो समस्या बनिसकेको छ । प्रत्येक वर्ष हजारौं युवाशक्ति विदेशिने क्रम बढ्दो छ तर त्यसको मूल कारणमा सरकारको योजनाविहीन नीति, उद्योगविहीन आर्थिक ढाँचा र स्थानीय रोजगारी सिर्जनाको प्रति उदासीनता स्पष्ट देखिन्छ । नेपालजस्तो कृषिप्रधान देशमा समेत उत्पादनमूलक उद्योगहरू स्थापनामा राज्यको कमजोरी देखिएको छ । विगत दुई दशकको तथ्यांक हेर्दा स्पष्ट हुन्छ सरकारले उद्योगलाई प्राथमिकता दिएको छैन र यही कारणले देशको समग्र विकास र आर्थिक आत्मनिर्भरता सपनाजस्तै बनेको छ । वास्तविकता के हो भने हाम्रो देश नेपालमा रोजगारीको पर्याय बनेको छ वैदेशिक श्रम बेरोजगारीको यस्तो भयानक अवस्थाबाट देश गुज्रिरहेका बेला सरकारले यसको समाधान खोज्ने गम्भीर प्रयास गरेको देखिँदैन । सन् २०२५ को प्रारम्भसम्म आ...
मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ श्रावण ३ गते, शनिबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन थालिसकेको छ । यो सन्दर्भमा सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग लक्षित कर्जा, वित्तीय विवरण प्रकाशनको समयसीमा पुनर्तालिकीकरण सुविधा जस्ता थुप्रै क्षेत्रमा गम्भीर कार्यगत सुधारको संकेत गरिएको छ । राष्ट्र बैंकले साउन १ गतेदेखि सेयर धितोमा राखेर पाउने कर्जाको सीमा बढाएको छ । अबदेखि सेयर धितोमा राखी लिने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको सीमा अधिकतम २५ करोड रुपैयाँ तोकिएको छ । यसअघि यो सीमा १५ करोड रुपैयाँ थियो । यसले पूँजी बजारमा सकारात्मक प्रभाव पारेको छ । जसका प्रमाण स्वरूप सेयर बजारमा तीन दिनसम्म उच्च अंकको वृद्धिको देखिएको छ । यद्यपि यो सीमा...
साना उद्यममाथि मृत्युदण्डको छायाँ

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ असार २२ गते नेपालको आर्थिक समृद्धि, रोजगारीको सृजना र आयात प्रतिस्थापनको मेरुदण्ड मानिने लघु साना तथा मझौला उद्यम आज नीति–निर्देशनको प्राथमिकता भित्र पर्दा पर्दै पनि कर्जाको अभावमा सङ्घर्षरत छन् । राष्ट्र बैंकले यो क्षेत्रमा लगानी वृद्धि गर्न बारम्बार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देश दिँदै आए पनि व्यवहारमा लक्ष्यअनुसारको कार्यान्वयन हुन सकेको छैन । परिणामतः उत्पादन क्षमताको विस्तार रोकिएको छ स्वरोजगारको अवसर घटेको छ र आर्थिक प्रणाली झन् आयातमुखी हुँदै गएको छ । २०८१ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूले कुल कर्जाको मात्र १०.९२ प्रतिशत मात्र लघु साना तथा मझौला क्षेत्रमा लगानी गरेका छन् । जबकि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्म यो अनुपात १२ प्रतिशत र २०८४ सम्म १५ प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ । हालको कर्जा प्रवाह दर हेर्दा आगामी लक्ष्य प्राप्ति अस...