आजदेखी सुरु हुँदै प्रथम अशोक स्मृतिकप फुटबल
खजुरा, २७ वैशाख – प्रथम अशोक स्मृतिकप फुटबल प्रतियोगिता आज आइतबारदेखि खजुरामा शुरु हुँदैछ । स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिएर आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेले जनाएको छ ।
सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लब र कालिका युवा क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
बाँके खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक ग...









