Monday, May 4सत्यम खबर
Shadow

प्रदेश २

एमाले र जसपाबीच द्वन्द्वः पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो

एमाले र जसपाबीच द्वन्द्वः पार्टी प्रवेश गराएपछि पर्सामा भुइँचालो

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
वीरगञ्ज, ६ कार्तिक – पूर्व मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एमाले कार्यकर्ता ग्यासुद्दीन मियाँलाई आइतबार जसपामा प्रवेश गराएपछि नेकपा एमाले पर्सामा भुइँचालो गएको छ । नेकपा पर्साका इन्चार्ज प्रभु हजराले गठबन्धन छँदाछँदै एकले अर्काको कार्यकर्ता चोर्ने काम राम्रो होइन भन्दै यसले निर्वाचन परिणाममा असर गर्न सक्ने बताए । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीसँग बुझ्दा जब चुनावसम्म एक अर्काको सहयोगी बनेर चुनाव लड़िरहेका छौँ भने हाम्रो पार्टीको कार्यकर्तालाई जसपाले आफ्नो पार्टीमा प्रवेश गराएर राम्रो काम नगरेको बताए । कुर्मीले जसपाका थुप्रै नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्न आतुर भएको भए तापनि निर्वाचन नहुन्जेलसम्म भित्र्याउने कामलाई थाँती राखेको बताए । जसपाका पर्सा क्षेत्र नं १ र २ मा बागी उम्मेदवारहरूको लर्को छ। पर्सा क्षेत्र नं। १ को...
स्वतन्त्र उम्मेदवारी सरिता गिरीले दर्ता गरिन्

स्वतन्त्र उम्मेदवारी सरिता गिरीले दर्ता गरिन्

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
सिराहा, २४ असोज – सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् । लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।...
दुर्व्यवहारका कारण भारतीय टैंकर चालकले भारतमा राेके ४० टैंकर

दुर्व्यवहारका कारण भारतीय टैंकर चालकले भारतमा राेके ४० टैंकर

आर्थिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काँकडभिट्टा, असोज १ – सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ गर्नुका साथै चालकलाई दुर्व्यवहार गरेको भन्दै भारतीय चालकहरुले पानीटंकी क्षेत्रमा इन्धनका ट्यांकरमाथि अवरोध गरेका हुन् । बिहीबार राति राजस्व अनुसन्धानले अवैधरुपमा नेपाल भित्र्याइएको आरोपमा फलफूल र तरकारी बोकेका चार वटा गाडी मोरङको भाउन्नेबाट नियन्त्रणमा लिएको थियो । गाडी चालकलाई सशस्त्र प्रहरीले दुर्व्यवहार पनि गरेको आरोप भारतीय चालकहरुको छ । मेची भन्सार प्रमुख केशव ओलीले तेल बोकेर नेपाल छिर्न लागेका करिब ४० वटा ट्यांकरलाई प्रवेशमा रोकिएको जनाए । उनका अनुसार ट्यांकर घेरेर भारतीय चालकहरुले विरोध गरिरहेका छन् । पानीटंकीका एक व्यापारीले करिव दुई घण्टादेखि ट्यांकरलाई अवरोध गरिएको र जलाउने धम्की पनि दिइएक...
धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

आर्थिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
वीरगञ्ज, २८ भाद्र –भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगन्जका उद्योगी व्यवसायीले विरोध गरेका छन् । भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो । पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो । भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको...
भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

भारतीय धार्मिक पर्यटक जनकपुरमा बढ्दै

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० भाद्र –जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् । दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र...
जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

जनकपुरधाममा भारतीय रेल फेरि आउने भयो

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ९ भाद्र – ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ। असार ९ गते उक्त रेल चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो। सो रेलमा १४ डिब्बा थिए। त्यति बेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए। रेलको दुई डिब्बामा योगसम्बन्धी तस्बिर कोरिएका थिए। रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरूप झल्किने गरी चित्र सामग्री पनि राखिएको थियो। सोही रेल त्यसरी नै यही भदौ ११ गते साँझ ६:३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेप...
जयनगर रेल सञ्चालनसंगै बढे भारतीय धार्मिक पर्यटक

जयनगर रेल सञ्चालनसंगै बढे भारतीय धार्मिक पर्यटक

आर्थिक, आस्था, प्रदेश २, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काडमाण्डौ, ७ भाद्र – जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि आवतजावतका लागि सहज बनेको हो । वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति गर्ने हेतुले भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरुलाई सहज भएको छ । रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरुका लागि यातायातको सेवा व्यवस्थित बनेको यात्रुहरु बताउँछन् । दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र...
मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता

अपराध, आर्थिक, आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
विरगञ्ज, ५ भाद्र –मधेस प्रदेशमा साईकल खरिदमा अनियमितता भएको आशंकामा अख्तियारले अनुशन्धान थालेपछि महत्वपुर्ण कागज नै वेपत्ता पारिएको छ। आयोगले अनुसन्धान सुरु गरेपछि साइकल खरिद प्रक्रियामा मुख्यमन्त्री र प्रदेश सचिवले हस्ताक्षर गरेको कागज नै वेपत्ता पारिएको हो। मधेस प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढ्ने छात्रालाई वितरण गर्न पहिलो र दोस्रो चरणमा भएको साइकल खरिद प्रक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। आयोगले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा गरिएको साईकल खरिद प्रक्रियामाथि छानबिन गरिरहेकाले निर्णय फाइल मागेको थियो। गत साउन २० गते अख्तियारको केन्द्रीय कार्यालय, टंगालले कागजात पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेको थियो। पत्रमा सम्पूर्ण कागजात साउन ३० भित्रै पठाउन भनिएको छ। तर, १४ हजार साइकल खरिद प्रक्रियाका ...
नेपाल हुँदै भारत जान लागेकी एक पाकिस्तानी युवती बोर्डरबाटै पक्राउ

नेपाल हुँदै भारत जान लागेकी एक पाकिस्तानी युवती बोर्डरबाटै पक्राउ

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जनकपुरधाम, २८ सावन – महोत्तरीको जलेश्वर हुँदै भारततर्फ प्रवेश गरि रहेको अवस्थमा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई सीमामा तैनाथ सिमामा सुरक्षाका लागि खटिएका भारतीय (एसएसबी)ले नियन्त्रणमा लिएको छ । प्रहरी श्रोतका अनुसार दावत-ए-इश्लामी संगठन सँग साँठगाँठ रहेको पाकिस्तानी युवती खुला सीमाना भएका कारण महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सितामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा सिमानामा एसएसबीले नियन्त्रणमा लिई सोध पुछ गर्दा पाकिस्तानी नागरिक रहेको खुलेको छ । फैसलाबाद पाकिस्तान बस्ने २५ वर्षीया खाजिदा नुर पाकिस्तानबाट साउन २१ गते दुबई एयरलाइन्सको फ्लाइट नम्वर ३४४ बाट दुबई आएको र सोही दिन उनी फ्लाई दुबई एयरलाइन्सको ५३९ नम्वरको फ्लाई दुबईबाट काठमाडौं आइपुगिन् । उनले बोकेको पासपोर्ट नम्वर जिसि ००००८८१ रहेको छ । साउन २१ गते शनिबार राति काठमाडौबाट रात्रिबस चढेर मधेश प्रदेश...
सिके राउत उपेन्द्र यादवलाई टक्कर दिन उनकै क्षेत्रबाट लड्ने

सिके राउत उपेन्द्र यादवलाई टक्कर दिन उनकै क्षेत्रबाट लड्ने

आस्था, प्रदेश २, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ साउन –आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको पार्टीका एक नेताले जानकारी दिएका हुन् । २०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेकाे छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । २०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । उनलाई धनुषा क्षेत्र नम्बर २ ...