
नेपालगन्ज, २९ पुस – पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसर पारेर निकालिएको मोटरसाइकल र्याली त्रिभुवन चोकमा कोणसभा गरेेको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार नेपालगन्जमा बागेश्वरी पार्कमा भेला भई निकालिएको मोटरसाइकल र्याली बागेश्वरी पार्क न्युरोड, पुस्पलाल चोक, कारकादो चोक, पुन पुस्पलाल चोक, धम्बोजी चोक, बिपि चोक हुँदै त्रिभुवन चोक पुगेर कोणसभा तथा जन्मजयन्ती सभामा परिणत भएको थियोे ।
नेपाल शिवसेनाको आयोजनामा भएको वृहत् मोटरसाइकल र्यालीमा सामाजिक तथा धार्मिक संघ संस्थाका व्यक्तित्व, राजनैतिक पार्टीमा रही आफुलाई नेपाली भन्न रुचाउने व्यक्तित्वहरु, देशभक्ति युवाहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
उता कोणसभामा बोल्ने अधिकांश वक्ताहरूले अब युवा पुस्ता र नेपालीहरु जाग्ने बेला आएको छ । यस्तै अवस्था रहे बंगलादेश, सिरिया जस्तै नेपाल पनि नहोला भन्न सकिदैन त्यसैले अब सम्पुर्ण देशभक्ति युवाहरु एकजुट भएर पुरानै राजसत्ता फर्काउन यी भर्ष्ट्र नेताहरुलाई फाल्ने समय आएको बताएका थिए ।