Friday, May 15सत्यम खबर
Shadow

खेल

लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल

लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० कार्तिक – खेलाडी र खेलकर्मीको उपलब्धी र सफलताको सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्डको छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ । आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पुर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ । नेपालगन्जमा आगामी मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्ड हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ । छनोट समिति संयोजकमा मनोनित हुनु भएका मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय भएर काम गरिरहनु भएको छ । मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, ‘लुम्...
लुम्बिनी स्पोर्टस अवार्ड प्रचार–प्रसार संयोजकमा थापा मनोनित

लुम्बिनी स्पोर्टस अवार्ड प्रचार–प्रसार संयोजकमा थापा मनोनित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ कात्तिक – लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी.थापा) मनोनित हुनु भएको छ । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उहाँहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मंसिर १८ गते हुँदैछ । लुम्बिनी प्रदेशमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसारलाई तिव्रता दिनको लागि थापालाई संयोजकमा मनोनित गरिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक कमल खत्रीले बताउनु भयो । संयोजकमा मनोनित थापा खेल पत्रकारितामा एक दशकदेखि सक्रिय हुनुहुन्छ । नागरिक दैनिकबाट पत्रकारिता सुरु गर्नु भएका थापा हाल कालपृष्ठ दैनिकको खेल विधा संयोजक हुनु हुन्छ भने रंगशाला न्युज डटकमको सम्पादक रुपमा खेल पत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारितामा सक्रिय रहनु भएका थापा नेपाली फुटबलको चर्चित टिम मनाङ मस्र्याङदी...
लुम्बिनी स्पोर्टस अवार्ड संयोजक शाह बहराइन जांदै

लुम्बिनी स्पोर्टस अवार्ड संयोजक शाह बहराइन जांदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ कात्तिक – लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह चाहना शाह तेस्रो एसियन युथ गेम्समा सहभागि हुन बहराइन जानु हुने भएको छ । उहाँलाई लुम्बिनी स्पोर्टस अवार्ड आयोजक रंगशाला नेपाल मिडिया प्रालीले विदाई गरेको छ । शाहलाई नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा, रंगशाला नेपाल मिडिया प्रालीका प्रबन्ध निर्देशक एवम् कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री, गायक एवम् संगीतकार सुनिल सिंह क्षेत्री र खेल पत्रकार गजे थापा (जी.थापा) ले विदाई गर्नु भयो । युथ ओम्पिक एम्वेसडर शाह ट्राइथोलनका अन्तर्राष्ट्रिय अफिसियल हुनुहुन्छ । बहराइनमा अक्टोवर २२ देखि ३१ सम्म हुन लागेको तेस्रो एसियन युथ गेम्समा शाहले अन्तर्राष्ट्रिय टेक्निकल अफिसियलको रुपमा जिम्मेवारी निर्वाह गर्नु हुनेछ । उक्त प्रतियोगितामा १२ अन्तर्राष्ट्रिय अफिसियल सहभागि हुदैछ । त्यसमा चार महिला रहेका छन् । शाह भने नेपालबाट प्र...
लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असोज – नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ । आगामी मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीले सहप्रायोजन गर्ने भएको हो । बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्ड संयोजक चाहना शाह र केल्मी नेपालको प्रतिनिधित्व गर्ने केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान–प्रदान गर्नु भयो । खेलाडी र खेलकर्मी उपलब्धीलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बताउनु भयो । उहाँले भन्नु भयो,‘नेपालगन्जमा हुन लागेको यो कार्यक्रम निकै राम्रो छ । खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्र...
राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै

राष्ट्रिय पौडी प्रतियोगिता नेपालगन्जमा हुँदै

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
नेपालगन्ज, ३० असोज – नेपालगन्ज स्वीमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए । विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुनेछ अध्यक्ष न्यौपानेले बताए । कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४...
जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

जिगाउँ चिनाउन भलिबल प्रतियोगिता शुरु, बिजेता टीमलाई ६१ हजार १०० पुरस्कार

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ असोज – देश जेन–जी आन्दोलन पछिको त्रासलाई मेटाउने आम नागरिकहरुले विभिन्न उपायहरु अपनाईरहेको अवस्थामा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं. ५ का युवाहरुले पनि त्यसमा सक्रियता देखाउँदै भलिबल प्रतियोगिताको शुभारम्भ गरेका छन् । आज सोमबारबाट उद्घाटन गरिएको खेलमा १६ वटा टीमहरुले सहभागिता जनाएका छन् । उक्त खेल ३ दिनसम्म चल्नेछ भने प्रथम हुने टीमलाई नगद ६१ हजार १ सय रुपैयाका साथै ट्राफी, मेडल, प्रमाणपत्रबाट सम्मानित गरिने आयोजक टीमका अध्यक्ष बिक्रम ओलीले बताएका छन् । क्लबका अध्यक्ष ओलीका अनुसार दोस्रो हुने टिमका लागि ३१ हजार ३१ रुपैया नगद, प्रमाणपत्र, ट्राफी, मेडलबाट सम्मानित गर्नुका साथै युवाहरुमा लागू औषध बारे सचेतना फैलियोस भन्ने उद्देश्यका साथ भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले खेल जीवनमा स्वास्थ्य रहने प्रमुख माध्यम समेत रहेको बताउँदै खेलको आर्थ...
नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

नेपालगन्जमा लुम्बिनी स्पोर्टस् अवार्ड हुने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ असोज – खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धी र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताउनु भयो । उहाँले भन्नु भयो, ‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना...
जेनजी सहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

जेनजी सहिदको सम्झनामा फुटबलको श्रद्धाञ्जली सभा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ असोज – जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुको सम्झनामा बाँके जिल्ला फुटबल संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जको धम्बोझी स्थित विरेन्द्र चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभामा जेन आन्दोलनको क्रममा मृत्युवरण गर्नु भएका नेपालगन्ज उपमहानगरपालिका–१ निवासी आयुष थापा र शुलभ श्रेष्ठसँगै आन्दोलनमा सहादत प्राप्त गर्नु भएका युवाहरुको सम्झनामा दिप प्रज्वलन समेत गरिएको थियो । श्रद्धाञ्जली सभामा फुटबल संघका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा विभिन्न संघका पदाधिकारी, प्रशिक्षक तथा आम नागरिकहरुको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका निर्वतमान उपप्रमुख उमा थापामगर, बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द, पुर्व फुटबल खेलाडी शान्ति सिंह, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज श...
यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुआत

यु–१४ छात्र–छात्रा फुटबलमा खजुराको इन्टिग्रेटेड एकेडेमीको विजयी सुरुआत

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ भदौं – खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु–१४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गर्नु भयो । कप्तान निशानले २१औं र २४औं मिनेटमा गोल गर्नु भएको थियो भने समरले ५ मिनेट र निश्चलले २०औं मिनेटमा गोल गरेर आफनो टिमलाई सहज जित दिलाउनु भयो । यसैगरी छात्र तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बिचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएको थियो । पहिलो हाफमा सिद्धार्थले १–० ले अग्रता लिएको छ । सिद्धार्थ र नेपालगन्ज मोडेल एकेडेमीबिचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ । बाँके जिल्ला फुटबल संघले ...
शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ भदौं – शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ । दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ । प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रुपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । बाँके जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्र...