मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खजुरा, २ चैत - खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावी तर्फ जनता नमूना मावि ले शिल्ड उचालेको छ । निमावितर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् । निमावि तर्फ मनकामना आधारभूत दोस्रो र सिटिजन तेस्रो भएका छन् ।
आधारभूत १ देखि कक्षा ५ सम्म मर्निङ स्टार एकेडेमी प्रथम, आदर्श दोस्रो र ज्ञानोदय तेस्रो भएका छन् । विजेता खेलाडी तथा विद्यालयलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं. ४ का वडा अध्यक्ष तिलकवीर सुनार, आयोजक विद्यालयका जनकल्याण माविका प्र अ भीम बहादुर थापा, विद्यालय व्यवस्थापन...









