Monday, April 13सत्यम खबर
Shadow

मेयर कप रनिङ शिल्डमा खेलाडीलाई ५ लाखको बिमा

खजुरा, २५ फागुन – बाँकेको खजुरा गाउँपालिकाशिक्षाशाखाले आयोजना गर्ने तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउने ५० जना खेलाडीहरुलाई प्रतियोगिता अवधिभर तिनदिन सम्मका लागी ५ लाखको बिमा गाउँपालिकाले गरिदिने भएको छ ।
खेलाडीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले बिमा गरिदिन लागेको गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । २८ गते देखि चैत्र १ गतेसम्म खजुरा गाउँपालिका वडा नम्बर चारमा रहेको श्री जनकल्याण माध्यमिक विद्यालय, बद्रिपुरमा सञ्चालन गर्ने गरि तयारी तिव्र पारेको खजुराले सञ्चालन ३०१ सदस्यीय मुल समिति निर्माण गरि विभिन्न १५ वटा उप समितिहरु समेत बनाएर आफ्नो कामलाई अघि बढाइसकेको छ ।


खजुरा गाउँपालिकाका प्रमुख कक्षपतिले प्रतियोगितालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने बताउनु भएको छ । प्रमुख कक्षपतिले खजुरा खेलकुदको उर्वर भुमि भएकाले पनि यस किसिमको प्रतियोगितालाई महत्वका साथ हेरिएको उल्लेख गर्नुभयो ।
खेलकुदका क्षेत्रबाट पनि खजुरालाई विकास गर्न खोजिएको भन्दै प्रमुख कक्षपतिले प्रतियोगितामा खजुराका कुनै पनि विद्यालयलाई नछुटाइने उल्लेख गर्नुभयो । उहाँले खजुरा गाउँपालिकाको अन्य गतिविधिहरु मध्य खेलकुद पनि एक महत्वपुर्ण रहेको बताउँदै गतवर्ष भन्दा पनि अहिलेको प्रतियोगितालाई परिष्कृत गर्दै लगिएको जानकारी दिनुभएको छ ।


तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२ प्रतियोगिता अन्तर्गत १६ वटा खेलहरु सञ्चालन हुने सचिवालय संयोजक यमनारायण महत्तोले जानकारी दिनुभयो ।
त्यस्तै आधार भुत तहकक्षा ६ देखि ८ सम्म प्रतियोगिता अन्तर्गतका खेलहरु १० वटा हुने, आधारभुत तह १ देखि ५ सम्मको प्रतियोगिता अन्तर्गत जम्मा ५ खेल हुने निर्णय भैसकेको सचिवालय संयोजक महत्तोले जानकारी दिनुभयो ।


प्रतियोगितालाई सफल बनाउन हरेक उप समितिहरुले आफ्नो जिम्मेवारीमा आएको कामहरु सम्पन्न गर्न थालनी गरिसक्नु भएको प्रचार प्रसार उपसमितिका संयोजक तिर्थबहादुर शाहिले बताउनुभयो । यसवर्ष खजुरा गाउँपालिकाले “कोभिड विरुद्धको लडाईमा गुणस्तरिय शिक्षा र स्तरिय खेलकुद आजको आवश्यकता” भनेर प्रतियोगिताको नारा तय गरेको प्रचार प्रसार उपसमितिका संयोजक शाहिले जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनको तयारी सुरु भएसँगै विद्यालय परिसर सरसफाई गर्ने, ठाँउठाउँमा स्वागत गेट बनाउने लगायतका कामहरु पनि सुरु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *