Sunday, April 12सत्यम खबर
Shadow

आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता शुभारम्भ

नेपालगन्ज, २८ माघ – बाँके जानकी गाउँपालिका वडा नं १ पचपाेखरामा वडा स्तरीय क्रिकेट प्रतियोगिताकाे आज बुधबारदेखि शुभारम्भ भएको छ ।

जानकी गाउँपालिका वडा नं १, पचपाेखरामा रहेकाे एकता शिक्षा समाज कल्याण संस्थाको आयोजना तथा जानकी गाउँपालिका वडा नं. १ काे आर्थिक सहयाेगमा उक्त प्रतियोगिता शुभारम्भ गरिएकाे छ ।

जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवको प्रमुख अथितिमा उदघाटन गरिएकाे वडा स्तरीय क्रिकेट प्रतियोगितामा पालिका कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकताहरू, खेलप्रेमी, प्रदेश क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, सहभागी टीमका खेलाडीहरू, आयाेजक संस्थाका पदाधिकारीहरू, सल्लाहकारलगायतकाे सहभागिता रहेकाे थियाे ।

जानकी गाउँपालिका वडा नं. १, पाँचपोखरा र नदई गाउँकाे बिच भागमा रहेकाे खेलमैदानमा सञ्चालन हुन लागेको उक्त क्रिकेट प्रतियोगितामा दर्जन बढि टिमहरूले सहभागिता जनाउने आयाेजक संस्थाका सल्लाहकार उमेशनाथ मिश्राले जानकारी गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *