Sunday, August 16सत्यम खबर
Shadow

खेल

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः आधुनिक–११ गीतानगर विजयी

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः आधुनिक–११ गीतानगर विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
चितवन, २८ माघ – चितवन क्रिकेट संघको आयोजनामा जारी १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ अन्तरगत आज बुधबार बार भएको खेलमा आधूनिक ११ गीतानगर विजयी भएको छ ।धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको खेलमा आधूनिक–११ गीतानगरले भरतपुर क्रिकेट क्लवलाई ३ विकेटले पराजित गरेको हो । गीतानगरले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको भरतपुर १७.४ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । भरतपुरका लागि सुर्वन भट्टले ११, सोनु तामाङले १० र संघर्ष पौडेलले ९ रन मात्रै जोड्न सक्यो । भरतपुरलाई सस्तैमा समेट्न आधुनिक ११ गीतानगरका विपिन खत्रीले ८.३ ओभरमा १८ रन खर्चिदै ६ विकेट लिए भने कप्तान किशोर महतोले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए ।५४ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आधूनिक ११ पनि संघर्षपूर्ण ...
प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः मुनस्टोन विजयी

प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफीः मुनस्टोन विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
चितवन, २७ माघ – चितवन क्रिकेट संघको आयोजनामा आज मंगलबारदेखि १७ औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ सुरु भएको छ ।धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेश ट्राफिक प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बलिङ र फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुमुर्स’ले व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतियोगिताको मुख्य प्रायोजक प्रेम सुपर मार्केट नारायणगढका प्रमुख एवं समाजसेवी प्रेमकुमार श्रेष्ठले प्रायोजन बापतको नगद २ लाख रुपैयाँ संघका अध्यक्ष कैलाश प्रधान र उपाध्यक्ष सुदिप पियालाई हस्तान्तरण गरेका थिए ।सो क्रममा बोल्दै फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले प्रतियोगिताको ...
योगिनीको उपाधि एफसिलाई

योगिनीको उपाधि एफसिलाई

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २४ माघ – खजुरा गाउँपालिका–२, गौघाट बाँकेमा जारी प्रथम योगिनी खुला पुरुष अन्तर भलिबल प्रतियोगिताको उपाधि एफसिस्टारले जितेको छ । फाइनलमा धु्रवतारा बोडिङ स्कुललाई हराउँदै एफसिले उपाधि उचालेको हो । फाइनलमा एफसिले धु्रवतरालाई २५–१५, २५–१९ र २५–२३ सेटले हराएको हो । एफसि र ध्रुवतराबीच फाइनलको दुई राउण्ड बराबरी रहेको थियो । अन्तिम राउण्डको पहिलो चरणमा ध्रुवताराले एफसिविरुद्ध ६–१ सेटको अन्तर बनाउन सफल भएतापनि खेलाडीको तालमेल नमिल्नाले ध्रुवतारा उपाधिबाट वञ्चित बन्यो ।विजेता बनेको एफसिले नगद २१ हजारसहित ट्रफी प्राप्त ग¥यो । उपविजेताले नगद १० हजार रुपैयाँमै चित्त बुझाउनु प¥यो । खेलमा सर्वोत्कृष्ट खेलाडी ध्रुवताराका सुवाष हमाल भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।साथै खेलमा बेष्ट ब्लकर एफसिका मनिराम चौधरी, वेष्ट स्पाइकर एफसिका ललित विक, बेष्ट डिफेण्डर ध्रुवताराका कृष्ण गिरी, ...
मुस्कान, ध्रुवतारा र भानु मावि विजयी

मुस्कान, ध्रुवतारा र भानु मावि विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २४ माघ – प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन ।खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा क्लबलाई २५–१६, २३–२५, २५–२२ र २५–२० ले पराजित गरेको छ । भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई २०–२५, २५–१४, २५–१६ र २५–१८ ले हरायो । यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाई २५–२२, २२–२५, २५–१६, २९–३१ र १५–९ले पराजित गरेको छ । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन । बिहिबार एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतिय...
माघ २८ गतेदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

माघ २८ गतेदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ माघ – जानकी गाउँपालिका वडा नं. १ पचपोखरा र नदाई गाउँ बीच रहेको खेल मैदानमा माघ २८ गतेदेखि जानकी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।जानकी गाउँपालिकाको आर्थिक सहयोग तथा एकता शिक्षा समाज कल्याण र बास क्लबको सह–आयोजनामा जानकी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईले बताउनुभयो । आयोजक संस्थाद्वारा गठित प्रतियोगिता सञ्चालन खेलकुद समितिका अध्यक्ष रोहितकुमार मिश्रद्वारा जारी प्रेस विज्ञप्तीमार्फत पचपोखरा र नदई गाउँको बीच रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता अगामी माघ २८ गतेदेखि शुरु गरिने जनाइएको छ ।जानकी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको प्रमुख अतिथिमा जानकी गाउँपालिका प्रमुख रामनिवास यादव, विशिष्ठ अतिथिमा उपप्रमुख भूमिसरा धिताल, मुख्यमन्त्री ग्रामीण कार्यक्रमका सचिव केशव चलासे, लुम्बिनी प्रदेश सदस्य डिल्...
उद्घाटनमा मुस्कान, ध्रुवतारा र भानु विजयी

उद्घाटनमा मुस्कान, ध्रुवतारा र भानु विजयी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ माघ – प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन ।खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा क्लबलाई २५–१६, २३–२५, २५–२२ र २५–२० ले पराजित गरेको छ । भानु मावि उढरापुरले ज्ञानोदय मावि खजुरालाई २०–२५, २५–१४, २५–१६ र २५–१८ ले हरायो । यसैगरी अर्को खेलमा धु्रवताराले जनता नमुना माविलाई २५–२२, २२–२५, २५–१६, २९–३१ र १५–९ले पराजित गरेको छ ।रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा बाँकेका ११ वटा टिमले प्रतिस्पर्धा गरिरहेको छन । बिहिबार एक समारोहका बिच खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नम्बर २ अध्यक्ष देवीलाल खनाल, बाँके जिल्ला भलिबल संघका सचिव यामनारायण महतोले प्रतियो...
लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन

लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन

खेल, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २२ माघ - काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट संघलाई पुनर्गठन गरिएको हो । पुनर्गठित कार्यसमितिमा अध्यक्षमा पुरानै अध्यक्ष देवेन्द्र शेरचन कायम रहेका छन् भने उपाध्यक्षमा यस अघिका केन्द्रीय सदस्य बृजेन्द्रबहादुर हमाल चयन भएका छन् । त्यसैगरि यस अघिका सचिव सुवोध प्रधानलाई महासचिव बनाईएको छ भने सचिवमा बीरबहादुर खड्का, बखतबहादुर शाही र मनिष जोसी चयन भएका छन् । कोषाध्यक्षमा दशरथ रिसाललाई चयन गरिएको छ । त्यसैगरि संघको ७ वटै प्रदेशका लागि प्रदेश संयोजक समेत तोकिएका छन् । जस अनुसार प्रदेश १ संयोजकमा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, गण्डकी प्रदेशमा हरिश्वर पोखरेल, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णाली प्रदेशमा हरिबहादुर विष्ट...
योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन

योगिनी कपलाई रक्षक सेक्युरिटिजको प्रायोजन

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १६ माघ – प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रक्षक सेक्युरिटिज प्रालिले प्रायोजन गर्ने भएको छ । योगिनी युवा क्लबको आयोजनामा आगामी माघ २२ गतेदेखी सुरु हुन लागेको प्रतियोगिताको लागि रक्षक सेक्युरिटिजले सर्वोत्कृष्ट खेलाडीलाई प्रायोजन गर्ने भएको हो । बिहिबार एक कार्यक्रमका बिच आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्रबहादुर थापा र रक्षक सेक्युरिटिज प्रालिका अधिकृत गणेशबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।सम्झौता हस्ताक्षर कार्यक्रममा अधिकृत राईले ग्रामिण स्थानमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘योगिनी कप भलिबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा हामी उत्साही छौं । हाम्रो सहयोगले प्रतियोगिताको स्तर बृद्धि हुनेमा हामी विश्वस्त छौं । यसले नेपाली भलिबलको स्तर बृद्धिमा सहयोग गर्ने हाम्...
योगिनी कपको सह–प्रायोजन न्यु एभरेष्ट डिस्लरी

योगिनी कपको सह–प्रायोजन न्यु एभरेष्ट डिस्लरी

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
नेपालगन्ज, १२ माघ – खजुरा गाउँपालिकामा हुन लागेको योगिनी कप अन्तर क्लब पुरुष भलिबल प्रतियोगितालाई न्यु एभरेष्ट डिस्लरी प्रालीले सह–प्रायोजन गर्ने भएको छ ।आईतबार आयोजक योगिनी युवा क्लबका अध्यक्ष र न्यु एभरेष्ट डिस्लरी प्रालिका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । रंगशाला नेपाल मिडिया प्रालि र योगिनी युवा क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा स्थानीय क्लबको सहभागिता रहने आयोजकले बताएको छ । खजुराको गौघाटमा आगामी माघको २२ गते देखी २४ गते सम्म प्रतियोगिता गर्ने तयारी भैरहेको छ । प्रतियोगितामा १२ क्लबले प्रतिस्सपर्धा गर्ने आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले बताउनु भयो ।आईतबार भएको पत्रकार सम्मेलनमा न्यु एभरेष्ट डिस्लरीका अध्यक्ष श्रेष्ठले स्थानीय स्तरमा हुन लागेको प्रतियोगितालाई सहयोग गर्ने उद्देश्यले प्रायोजन गर्न लागेको बताउनु ...
स्लो वाइक प्रतियोगितामा श्रेष्ठ विजय

स्लो वाइक प्रतियोगितामा श्रेष्ठ विजय

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० माघ - तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न शुक्रबार नेपालगन्जमा आयोजना गरिएको स्लो मोटरसाईकल प्रतियोगितामा आशिष श्रेष्ठ पहिलो भएका छन् । यस्तै रितेश मल्ल दोस्रो भए भने सन्दीप यादव तेस्रो भए । राजु नागले सान्त्वना उपाधी हात पार्न सफल हुँदाअम्बिका काफ्ले उत्कृष्ट महिला सहभागी घोषित भइन् । प्रतियोगिताको विजेताले १०,१०० द्धित्तिय हुनेले ५,१०० तृतिय हुनेले ३,१०० र सान्त्वना हुनेले २,१०० नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले उद्घाटन गर्नुभएको थियो । त्यसअवसरमा बोल्दै उहाँले यो प्रतियोगीताले तीब्र गतिबाट हुने सवारी दुुर्घटनालाई न्यूनिकरण गर्न ठूलो सहयोग गर्ने बताउनुभयो । ट्राफिक नियममा रहेर सवारी साधान चलाउने शन्देश प्रवाह गर्न स्लो मोटरसाईकल प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र स...