Sunday, November 24सत्यम खबर
Shadow

खेल

नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ पाैष - नेपालगन्जमा संचालित नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिवारदेखि संचालित प्रतियोगिताको आईतबार सम्पन्न खेलमा पुरुष युगलतर्फ अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडी प्रथम हुन सफल भए । दुबैले शिव सुनार र कृष्ण सलामीलाई २–१ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो ।सोही ईभेन्टमा प्रकाश के सी र सुभाष सुवेदी तथा देव बहादुर बोहोरा र प्रकाश के सीको जोडी तृतीय भएको छ । प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार, ६ हजार र ३ हजारसहित कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । पुरुष एकलतर्फ सचिन चौधरी प्रथम शिव सुनार दोश्रो तथा सद्दाम शेष र राजेश वि सी तेस्रो हुनुभयो । महिला एकलतर्फ विपना थापा प्रथम, सुनिता शर्मा द्वितिय तथा निशा यादव र प्राची पौडेल तेस्रो हुनुभयो । त्यसैगरी पुरुष एकल लिग खेलतर्फ सहरोज अन्सारी प्रथम, शिव थापा द्वितिय तथ...
पहिलो चरणको खेलमा चार टिमको विजय सुरुवात

पहिलो चरणको खेलमा चार टिमको विजय सुरुवात

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा पहिलो चरणको खेलमा चार टिमले विजय सुरुवात गरेका छन् ।आईतबार भएको भलिबल प्रतियोगिताको दोस्रो दिनमा आठ वटा टिम विच प्रतिस्प्र्धा भएको थियो । आइतबार भएको प्रतियोगितामा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए), च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ र महेन्द्र बहुमुखी क्याम्पस गरी चार वटा टिमले पहिलो चरणको खेलमा विजयको सुरुवात गरेका छन् । खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) भर्सेस सुर्खेत चोल्पा, ढकेरी यूवा क्लब भर्सेस च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ भर्सेस च्यम्पियन स्पोर्ट क्लब(बि) र महेन्द्र बहुमुखी क्याम्पस भर्सेस बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो ।दोस्रो दिनको पहिलो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले वेस्ट अफ थ्रि खेल्दै खेलको विजय सुरुवात गरेको थियो । अखिल ट्रेड यूनियन म...
सातौं डाँफे कपको बिजेता जय किशन

सातौं डाँफे कपको बिजेता जय किशन

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, २६ पौष – बाँके जिल्लाको खजुरा ४ मा न्यु डाँफे स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको “सातौं डाँफे कप” शनिबार सम्पन्न भएको छ ।उक्त कपका लागी बाँके जिल्ला भित्रका कुल १४ समूहले सहभागिता जनाएका थिए जसमध्ये फाईनलमा जय किसन युवा क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच भएको अन्तिम प्रतिस्पर्धामा जय किशन युवा क्लब का दिपक राज सिंहले खेल शुरु भएको ५ मिनेटमा १ गोल ११ मिनेटमा दोस्रो गोल १९ मिनेटमा तेस्रो गोल ३८ मिनेटमा चौथो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने सोहि क्लबका अर्का खेलाडी निरज चौधरी ले २७ मिनेटमा १ गोल ३७ मिनेटमा दोस्रो गोल प्रहार गरेर कुल ६–० ले चन्द्रज्योती स्पोर्ट्स क्लब लाई पछि पार्दै जय किशन युवा क्लब सैनिकले प्रथम स्थान हासिल गरेर शिल्ड मेडल प्रमाणपत्र सहित नगत ७० हजार सहित सातौं डाँफे कप को बिजेता बनेको छ । भने चन्द्रज्योती स्पोर्ट्स क्लबले प्रमाणपत्र मेड...
त्रिभुवन र ब्राइटलाइटको विजयी सुरुवात

त्रिभुवन र ब्राइटलाइटको विजयी सुरुवात

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा सुरु भएको छ । शनिबार ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै रावतले खेलकुद क्षेत्रमा कोहलपुरलाई देशभरी चिनाउनुपर्नेमा जोड दिएका थिए । विगतमा पनि कोहलपुरले खेलकुद क्षेत्रमा निकै राम्रो नतिजा ल्याएको छ, अहिले पनि राष्ट्रिय तहमा पनि राम्रो गर्ने लक्ष्यका साथ प्रतियोगिता बनाउन समेत नगर प्रमुख रावतले आग्रह गरेका थिए । भलिबल प्रतियोगिता कोहलपुर नगरपालिकामा रहेको निजी विद्यालयहरुले पनि वार्षिक रुपमा प्रतियोगिता गर्ने गरेका हुन्छन् । तर सामुदायिक विद्यालयका बालबालिकाहरु भने प्रतियोगितामा त्यति चासो नदिएको जस्तो ठानेको उनको भनाई थियो ।यस्तै च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले ...
खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २५ पाैष - नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको वडाध्यक्ष बिरेन्द्रबहादुर शाह र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्तकुमार श्रेष्ठ तथा प्राबिधिक बाबुराम साहुलाई खेल सामाग्री हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो ।शनिवार चार वटा ईभेन्टका विभिन्न खेल सकिंदा पुरुष युगल इभेन्ट्स तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ । क्वाटर फाईनलमा अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २–० को सोझो सेटले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका छन् ।त्यसैगरी प्रकाश के सी र सुभाष सुबेदीको जोडीले राम...
कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स नेपालगन्जलाई

कोहलपुर ओपन क्रिकेटको उपाधि बिबी वारियर्स नेपालगन्जलाई

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २५ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ ।बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिताको शनिबार कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा बिबी वारियर्सले आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीलाई ४ विकेटले पराजित गर्यो । खेलमा पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ९४ रनको लक्ष्य बिबी वारियर्सले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । वारियर्सको लागि अमर सिंह रौटेलाले सर्वाधिक २९ रन, सुनिल भण्डारीले २६ रन तथा विजय चौधरीले १३ रन बनाए । कोहलपुर एकेडेमीको बलिंगमा रुपेश कुर्मीले २ विकेट तथा अजय शहानी, रोशन शाह, लभकुश यादव र सुरज दासले समान १ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको कोहलपुर क्रिकेट एकेडेमीले न...
आज फाईनलमा चन्द्रज्योती र जयकिशनको प्रतिस्पर्धा हुने

आज फाईनलमा चन्द्रज्योती र जयकिशनको प्रतिस्पर्धा हुने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, २५ पौष – बाँकेको खजुरामा आज : न्यु डाफे स्पोर्ट्स क्लब खजुरा ४ को आयोजनामा गरिएको ७ औं अन्तर जिल्ला नकआउट खुल्ला फुटबल प्रतियोगिताको आज फाईनल खेलमा जय किसन स्पोर्ट्स क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच दिउँसो १ बजे प्रथम पुरस्कारका लागी प्रतिस्पर्धा हुने आयोजक न्यु डा“फे स्पोर्ट्स क्लबका सचिव मदनरत्न के.सी. ले जानकारी दिनुभएको छ । बिगतदेखी नै जिल्ला मै ठुलो धन राशिको फुटबल खेलको आयोजना गर्दै आएको क्लबले यसपटक भने जिल्ला भित्रका खेलाडीहरुको प्रोत्साहन र स्थानीय खेलाडी उत्पादनको मुख्य उदेश्यका साथ जिल्ला भित्रका क्लबहरुलाई मात्र सहभागी गराएर जिल्ला भित्रका मात्र खेलाडी उत्पादनमा जोड दिएको हो । जिल्लाभिका क्लबहरुमध्ये खेलाडी उत्पादन र प्रोत्साहन गर्न न्यु डाँफे स्पोर्ट्स क्लबको उदेश्य रहेकोमा आफ्नै खेलमैदानलाई मिनि रंगशालामा परिणत गरि उत्कृष्ट खेल मैदान ...
नेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

खेल, प्रदेश ५, समाचार
नेपालगन्ज, २४ पाैष - नेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद बिकास समिती लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा प्रतियोगिता हुने भएको हो । सोमबार आयोजकले प्रेस बिज्ञप्तीमार्फत सो जानकारी दिएको छ । नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा संचालन हुने प्रतियोगिता आगामी पौष २५ गतेदेखि शुरु हुने प्रतियोगिता संचालन समितिका संयोजक जयन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । श्रेष्ठका अनुसार प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल्स, गल्र्स सिंगल्स लगायतका ईभेन्ट समावेश गरिएको छ । मेन्स डबल्समा नगद पुरस्कार राखिएको छ भने अन्यमा पदक, कप र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । डबल्समा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजारसहित पदक र प्रमाणप...
एकेडेमी र बिबि वारियर्स फाइनलमा

एकेडेमी र बिबि वारियर्स फाइनलमा

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २४ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स फाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधिको लागि शनिवार दिउसो ११ बजे प्रतिस्पर्धा हुनेछ ।बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमीफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बिबी वारियर्सले बिबीसीसी किर्तिपुरलाई पराजित गर्यो । फाईल फोटो कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो। न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पुरा गर्यो ।कोहलपुरको लागि विनायक गिरिले सर्वाधिक १७ रन, अजय शहानीले १३ र...
केसीए सहित न्यु दर्पण र बिबि वारियर्स सेमीफाइनलमा

केसीए सहित न्यु दर्पण र बिबि वारियर्स सेमीफाइनलमा

खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २३ पौष – शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन् ।बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत आयोजक कोहलपुर क्रिकेट एकेडेमी, न्यु दर्पण युथ क्लब र बिबि वारियर्स सेमीफाइनल प्रवेश गरेका छन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा न्यु दर्पण युथ क्लब युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो । न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।कारकाँदोको लागि संगम कंडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यु दर...